
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिस्ट पार्टीले लमजुङमा हरिजङ् तामाङलाई उम्मेदवार बनाउने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आइतबार उनलाई उम्मेदवारको टिकटको निश्चित गरेका हुन् ।
युवा नेता तामाङ् लमजुङ्ग जिल्ला अस्पतालका निवर्तमान अध्यक्ष, नेपाल तामाङ घेदुङ गण्डकीको पनि निवर्तमान अध्यक्ष पनि हुन । तामाङले कानुन विषयमा स्नातक गरिसकेका छन् भने पिएडीका लागि एम.फिल गरिरहेका छन्
तामाङ नेकपा भित्र जनपक्षिय, बैचारिक एवम विकासप्रेमी नेताको रुपमा परिचित छन् । तामाङ पार्टी भित्र निष्ठावान तवरले अविचलित रुपमा आम नागरिकका पक्षमा अहोरात्र खटीरहने नेताको पहिचान बनाएका छन् ।









