कृषि

तेस्रो मर्स्याङ्दी महोत्सव हुने

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव–२०८३ आगामी पुस ८ देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। गाउँपालिका–७, ङादीस्थित ङादी खेलमैदानमा आयोजना हुने महोत्सवमा कला, संस्कृति, कृषि, पर्यटन र खेलकुदसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिने भएको हो। मर्स्याङ्दी गाउँपालिकाको कला, संस्कृति, पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा १२५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। पाँच… पुरा पढौ

अरूलाई चाडपर्वको रमझम, लमजुङका अलैँची किसानलाई बाली भित्र्याउने चटारो

लमजुङ। गाउँघरदेखि सहरबजारसम्म दसैँ–तिहारको चहलपहल बढिरहेका बेला लमजुङका अलैँची किसानलाई भने बाली भित्र्याउने चटारो छ। असोज लागेसँगै अलैँची टिप्ने समय सुरु भएपछि गाउँ छाडेर पढाइ, रोजगारी तथा बालबालिकाको शिक्षाका लागि सहर पुगेका परिवारका सदस्यसमेत खेतीपातीमा सघाउन गाउँ फर्किएका छन्। जिल्लाका विभिन्न क्षेत्रमा अहिले अलैँची टिप्ने, सुकाउने र बिक्रीका लागि तयार पार्ने काम तीव्र बनेको छ। लमजुङमा समुद्री सतहबाट करिब सात सयदेखि १२ सय मिटर उचाइका क्षेत्रमा अलैँची खेती हुँदै आएको छ। जिल्लाको छिनखोला, बाहुनडाँडा, ताराचोक, सेरा, उप्लिङ र दुराडाँडालगायतका क्षेत्रमा… पुरा पढौ

मर्स्याङ्दीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु, ५६ किसानलाई प्रोत्साहन

लमजुङ। मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु भएको छ। हाटबजारको शुभारम्भसँगै गाउँपालिकाले ५६ जना गोरुपालक किसानलाई जनही ५ हजार रुपैयाँका दरले कुल २ लाख ८० हजार रुपैयाँ नगद प्रोत्साहन प्रदान गरेको छ। कृषि तथा पशु हाटबजार सञ्चालक समितिले गाउँपालिकाको प्रवर्द्धनमा आयोजना गरेको हाटबजार असोज २७ देखि २९ गतेसम्म कृषि तथा पशु सेवा केन्द्र परिसरमा सञ्चालन हुनेछ। स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको बजारीकरण, उचित मूल्य सुनिश्चितता र उपभोक्तालाई स्थानीय उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले… पुरा पढौ

“ए मर्स्याङ्दी नदी”

हिजोसम्म तिमी सङ्लो थियौ,आज धमिलो भएर आयौ,लड्दै–बढ्दै, ड्याङडुङ गर्दै,कुन वेग लिएर ओर्लिएर आयौ ? यसरी उर्लिएर आउँदातिमीलाई पनि कतै दुख्छ होला,तर तिम्रो यो उग्र रूप देख्दामानव बस्तीको मुटु झन् कति दुख्छ होला ! तिमीलाई त आफ्नै बाटो थाहा छ,आफ्नै सुर छ, आफ्नै ताल छ,जतिसुकै रूप फेरिएर आए पनिहामीलाई त तिम्रो मायामै विश्वास छ ! तर ए मर्स्याङ्दी‘भोटेकोसीझैँ बौलाएर नआइदेऊ,किनारका सपना,घरका आँगन,मान्छेका खुसीहरूआफूसँगै बगाएर नलैजाऊ ! तिमी आफ्नै सुरमा बगिरहनू,आफ्नै तालमा गीत गाइरहनू,पहाडका काख हुँदैसमुद्रतिरको यात्रामा लागिरहनू ! तर बिन्ती छ।।।मानव… पुरा पढौ

चितुवा फुत्किएर वनरक्षकलाई आक्रमण, नियन्त्रणका लागि डार्ट टोली पोखराबाट आउँदै

लमजुङमा घाइते अवस्थामा उद्धार गरी डिभिजन वन कार्यालय परिसरमा ल्याइएको चितुवा पिँजडाबाट फुत्किएर आक्रमण गर्दा एक वनरक्षक घाइते भएका छन्। चितुवा कार्यालय परिसरमै रहेपछि बेंसीसहर बजार क्षेत्रमा समेत त्रास बढेको छ। चितुवाको आक्रमणबाट डिभिजन वन कार्यालय लमजुङमा कार्यरत ५७ वर्षीय वनरक्षक बुद्धिजङ गुरुङ घाइते भएका हुन्। चितुवाको आक्रमणबाट उनको देब्रे हात र अनुहारमा चोट लागेको छ। उनको प्रदेश अस्पताल बेंसीसहरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बेंसीसहर नगरपालिका–११ चितीस्थित तिलाहार–कार्कीडाँडा सडकअन्तर्गत धङ खोलामा बिहीबार दिउँसो स्थानीयले अशक्त अवस्थामा चितुवा देखेपछि वडाध्यक्ष… पुरा पढौ

विपदमा ज्यान गुमाएकाको सम्झनामा वृक्षरोपण, जन्मदिनलाई बनाइयो प्रकृति संरक्षणको अवसर

बेँसीसहर रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लमजुङको बेँसीसहर–७ चण्डीडाँडा चौतारा परिसरमा बुधबार वृक्षरोपण गरिएको छ। ज्यान गुमाएकाहरूको आत्मशान्ति तथा वैकुण्ठवासको कामना गर्दै ‘जन्मदिनमा वृक्षरोपण अभियान नेपाल’ र रोटरी क्लब अफ लमजुङको सहभागितामा वृक्षरोपण कार्यक्रम गरिएको हो। रोटरी क्लब अफ लमजुङका सचिव रेशम घिमिरे र रोटरी सदस्य प्रमोदकुमार श्रेष्ठको भदौ १७ गते नै जन्मदिन परेको हुनाले उहाँहरुले पनि सोही ठाउँमा बृक्षरोपण गर्नुभएको थियो । कार्यक्रममा शान्तिको प्रतीक बौद्ध… पुरा पढौ

जन्मदिनमा वृक्षारोपण गर्दै क्व्होलासोथार गाउँपालिका अध्यक्ष गुरुङ

क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले आफ्नो जन्मदिनको अवसर पारेर वृक्षारोपण गरेका छन्। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा गाउँपालिकाको सौन्दर्य बढाउने उद्देश्यले बिहीबार गाउँपालिका–२ मालिङस्थित कार्यालय परिसरमा वृक्षारोपण गरिएको हो। कार्यक्रममा बेलपत्र र रुद्राक्ष एक–एक तथा पारिजात र असारे फूलका दुई–दुई गरी विभिन्न प्रजातिका ६ वटा बिरुवा रोपिएको गाउँपालिकाले जनाएको छ। वृक्षारोपण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद वाग्ले तथा कर्मचारीहरूको सहभागिता थियो। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी प्रकृति संरक्षणसँग जोड्ने अभ्यास पछिल्लो समय बढ्दै गएको… पुरा पढौ

बेंसीशहरमा आधुनिक तरकारी खेतीसम्बन्धी निःशुल्क प्रशिक्षण

लमजुङको बेंसीशहरमा आधुनिक प्रविधिबाट तरकारी उत्पादन, व्यवस्थापन तथा बजारीकरणसम्बन्धी एकदिने निःशुल्क प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहका अगुवा कृषकलाई लक्षित गरी वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सले आयोजना गरेको प्रशिक्षणमा आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन लागत न्यूनीकरण, उत्पादन वृद्धि र बजारीकरणका विषयमा जानकारी दिइएको हो। पछिल्लो समय परम्परागत कृषि प्रणालीबाट मात्रै अपेक्षित आम्दानी लिन कठिन भइरहेको अवस्थामा कृषकलाई आधुनिक प्रविधि तथा व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको आयोजकले जनाएको छ। प्रशिक्षणमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ… पुरा पढौ

वृक्षरोपण अभियानलाई रोटरी क्लबको साथ

जन्मदिनमा वृक्षरोपण अभियान नेपाललाई रोटरी क्लब लमजुङले साथ दिने भएको छ। २०८३ साउन ७ गते रोटरी क्लब लमजुङका संस्थापक सदस्य, लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठको शुभ जन्मदिनको अवसरमा आदिवासी जनजाति महासंघ लमजुङको भवन परिसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो। सोही अवसरमा क्लबले अब आफ्ना प्रत्येक सदस्यको जन्मदिन वृक्षरोपण गरेर मनाउने निर्णय गरेको छ। आफ्नो जन्मदिनमा वृक्षरोपण गर्दै संस्थापक सदस्य श्रेष्ठले अबदेखि प्रत्येक जन्मदिन फजुल खर्च र तडकभडक नगरी प्रकृति तथा वातावरण संरक्षणमा… पुरा पढौ

दोर्दी गाउँपालिकाद्वारा अनुदानमा कृषकलाई कृषि उपकरण वितरण

लमजुङको दोर्दी गाउँपालिकाले कृषि यान्त्रीकरण तथा नगदेबालीमा प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई विभिन्न कृषि उपकरण वितरण गरेको छ। गाउँपालिकाका अनुसार कार्यक्रममार्फत ६१ वटा मिनी टिलर, ४ वटा कफी पल्पर मेसिन, ५ वटा ग्रास कटर मेसिन, १७ वटा मकै छोडाउने मेसिन तथा ३ वटा इलेक्ट्रिक ड्रायर कृषकलाई हस्तान्तरण गरिएको हो। उपकरण वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष युवराज अधिकारी ले आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादन लागत घटाउने, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने र कृषिलाई व्यवसायमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले… पुरा पढौ