राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा सगरमाथा वृक्षरोपण महाअभियान अन्तर्गत लमजुङको मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। डिभिजन वन कार्यालय लमजुङ को आयोजनामा चिसापानी सामुदायिक वनअन्तर्गत निर्माणाधीन हरित उद्यानमा धुपी, जामुन, लालीगुराँस, लालुपातेलगायत पार्कलाई थप आकर्षक बनाउने विभिन्न प्रजातिका बिरुवा रोपिएका हुन्। कार्यक्रमका प्रमुख अतिथि तथा डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपकप्रसाद पण्डितले वृक्ष मानव जीवनको आधार भएकाले वातावरण संरक्षण र भावी पुस्ताको भविष्य सुरक्षित गर्न वृक्षरोपण अपरिहार्य रहेको बताउनुभयो। उहाँले वनजंगलले प्रदूषण नियन्त्रण, जलवायु परिवर्तनका असर न्यूनीकरण, भूक्षय रोकथाम,…
पुरा पढौ