
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ।
नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएका भट्टको जन्म वि।सं। १९२३ भदौ कृष्ण कुशे औँसीमा भएको थियो। ३० वर्षको उमेरमा वि।सं। १९५३ भदौ कृष्ण कुशे औँसीकै दिन उनको निधन भएको थियो।
भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसैसँगै नेपाली पत्रकारिताको विकासको आधारसमेत तयार भएको मानिन्छ। जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत साहित्यिक संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन्।









