पर्यटन

चिती साहित्य समाजको १४ औ बार्षिकोत्सव सम्पन्न

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ मा रहेको चिति साहित्य समाजले आफ्नो १४ औं बार्षिकोत्सव तथा स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । लोकराज आदर्श मा. वि. कार्किडाँडामा भएको कार्यक्रममा रचना वाचन, विद्यार्थीहरुको विचमा मुक्तक प्रतियोगिता, साहित्यिक स्रष्टा सम्मान, भजन प्रस्तुती लगायतका कार्यक्रम गरी स्थापना दिवश मनाएको हो। साहित्य समाजले राखेको मुक्तक प्रतियोगितामा जनजागृती मा.वि.बाट कृष्मा पन्त प्रथम, वालविकास मा.वि. की कौसिला सेढाई द्धितीय, जनजागृतिकै अरुण परियार तृतीय र लोकराज आदर्श मा.वि. की सर्मिला तामाङ, रोजिना विक, उपेश… पुरा पढौ

प्रथम लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सव हुने

लमजुङ जिल्लमा पहिलो पटक लमजुङ खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ । शनिबार सदरमुकाम बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आगामी फागुन ६ गते देखि १८ गतेसम्म खेलकुद तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको जानकारी गराइएको हो । बेसीशहरको सहजी खेल मैदानमा हुने कार्यक्रममाा छेलो, स्नुकर, कराँते, महिला र पुरुषको छुट्टा छुट्टै भलिवल प्रतियोगिता, तथा आमा समूहको सामुहिक नृत्य प्रतियोगिता तथा विविध साँस्कृति कार्यक्रमको आयोजना गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो । महोत्सवमा १ करोड ४२… पुरा पढौ

सम्झौता मिति भन्दा ६ महिना अघि नै मर्स्याङ्दी गाउँपालिकाको भवन निमार्ण सम्पन्न, सञ्चार मन्त्री गुरुङद्धारा उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा संविधान संशोधनको विकल्प नरहेको बताउनुभएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको नवनिर्मित भवनको भुलभुलेमा उद्घाटन पश्चात मन्तव्य राख्दै गुरुङ संविधान कार्यान्वयन गर्दा कहाँ समस्या प¥यो, हामी पहिचान गर्छौं र आवश्यक परे संविधान संशोधन गछौं भन्नुभएको हो । १० वर्षभित्र संविधान संशोधन गर्न सकिने संवैधानिक व्यवस्था रहेको भन्दै मन्त्री गुरुङले २०८२ भित्र संविधान संशोधनको गरिसक्ने बताउनुभएको छ । उहाँले प्रतिपक्षसगँ पनि छलफल गरेर राष्ट्रिय सहमतिले नै संविधान संशोधन गरिने बताउनुभयो । लमजुङको मर्स्याङ्दी गाउँपालिका… पुरा पढौ

दशौं सुन्दरबजार महोत्सव सुरुः आगामी २१ गते सम्म हुने

लमजुङको सुन्दरबजार नगरपालिकामा दशौं सुन्दरबजार महोत्सवको सुरु भयको छ । दशौं सुन्दरबजार महोत्सव अबधिभर ६० हजार दर्शक भित्रने र २ करोड कारोबारको अपेक्षा गरिएको छ । महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामान, दैनिक उपभोग्य एवं खाद्यान्न सामान, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणको साथै पर्यटन क्षेत्रका गतिबिधिहरु, फुड फेस्टिवल, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी समेत समेटिएको आयोजक लमजुङ उद्दोक बाणिज्य सङ्घ सुन्दरबजार ईकाइले जनाएको… पुरा पढौ

लमजुङ जेसिसको १५ औं पदस्थापन कार्यक्रम सम्पन्न

लमजुङ जेसिसले १५ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बेसीशहरमा भएको कार्यक्रमको प्रमुख अतिथि वन तथा बातावरण मन्त्री भेषबहादुर पौडेल रहनुभएको थियो ।लमजुङ जेसिस वर्ष २०२४ का अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ विषेश अतिथिको रुपमा उपस्थित हुनुभएको थियो । लमजुङ जेसिस बर्ष २०२५ का नवनिर्वाचित टिम कार्यक्रममा जेसिस वर्ष २०२४ अध्यक्ष श्रेष्ठले २०२५ का कार्यकारिणी समिति अध्यक्ष लगायतलाई सफत खुवाई पद हस्तान्तरण गर्नुभएको थियो । २०२५ का नवनिर्वाचित अध्यक्षमा… पुरा पढौ

प्याब्सन लमजुङको अध्यक्षमा ईश्वर पौडेल विजयी

निजी तथा आवासिय विद्यलालय अर्जनाईजेसन (प्याब्सन) लमजुङको अध्यक्षमा ल्याण्डस्टार बोर्डिङ स्कुल बेसीशहरका प्रिन्सिपल ईश्वर पौडेल विजयी हुनु भएको छ । विहिबार बेसीशहरमा भएको प्याब्सनको १२ औं अधिवेसनले पौडेलको संयोजकत्वमा ११ सदस्यिय कार्य समिति सर्वसम्वत रुपमा चयन गरेको हो । अध्यक्ष ईश्वर पौडेल नवगठित कार्य समितिको उपाध्यक्षमा यूनिभर्सल बोडिङ स्कुलका प्रिन्सिपल बिमल अधिकारी, सचिवमा भूपू सैनिक बोर्डिङका प्रिन्सिपल बिनोद गुरुङ, कोषाध्यक्षमा हिमचुली बोर्डिङका रामचन्द्र भण्डारी चयन हुनुभएको छ । त्यस्तैगरी सदस्यहरुमा अर्थली प्याराडाइज बोर्डिङका प्रिन्सिपल उद्दब घिमिरे, प्रमोद अधिकारी, सागर चुडाल,… पुरा पढौ

प्रथम मध्यनेपाल महोत्सव सुरु, नेपालकै मध्यबिन्दु भानुभक्त घाँसी सम्वाद स्थल पर्यटनसँग जोडिने

उत्पादन पर्यटन प्रबद्र्धन स्थानीय कला संस्कृतिको उत्थान भन्ने नाराका साथ मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपिप्ले लमजुङमा प्रथम मध्यनेपाल महोत्सव २०८१ सुरुभएको छ । उक्त महोत्सव पौष २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुने भएको छ । महोत्सव सुरु हुनुअघि मध्यनेपालका विभिन्न स्थानबाट विभिन्न सांस्कृतिक झाँकी, बाजागाजा सहितको ¥याली निकालिएको थियो । उद्योग वाणिज्य संघ दुईपिप्ले इकाईको आयोजना र मध्यनेपाल नगरपालिका संरक्षक रहेको उक्त महोत्सव मध्यनेपाल नगर प्रमुख रमेश पाण्डेले उदघाटन गर्नुभयो । नेपालकै मध्यबिन्दुमा रहेको दुईपिप्लेको ऐतिहासिकतालाई प्रचार प्रसार… पुरा पढौ

ए.पि.एफ फुटबल क्लव र बुद्ध युथ क्लव भोटेओडार त्रिवेणी कपको फाइनलमा प्रवेश, शनिबार फाइनलमा भिड्ने

ए.पि.एफ फुटबल क्लव काठमाडौं र बुद्ध युथ क्लव (वि.वाई.सी ) भोटेओडार लमजुङ त्रिवेणी कपको फाइनलमा प्रवेश गरेका छन् । लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आज भएको सेमिफाइनल खेलमा आयोजक त्रिवेणी युवाक्लवलाई १ का विरुद्ध २ गोलले हराउँदै ए.पि.एफ फुटबल क्लव काठमाडौं फाइनलमा पुगेको छ । खेल सुरुवातको २१ औं मिनेटमा ए.पि.एफ फुटबल क्लवका हरी कार्कीले १ गोल गर्दै अग्रता दिलाएका थिए भने आयोजक त्रिवेणी क्लवका विदेशी खेलाडि व्याङगरले ६७ औं मिनेटमा १ गोल फर्काएर खेल बराबरीमा पुराए… पुरा पढौ

आयोजक क्लव त्रिवेणी युवाक्लव र बि.वाई.सी भोटेओडार त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश

विहिबार भएको त्रिवेणी कपमा आयोजक त्रिवेणी युवाक्लव बेसीशहर र बुद्ध युथ क्लव (वि.वाई.सि) भोटेओडार लमजुङ त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आजको खेलमा अभिषेक चर्च रजहरलाई शुन्यका विरुद्ध ६ गोलको फराकिलो गोल अन्तरले हराउँदै आयोजक त्रिवेणी युवाक्लवले सेमिफाइनलको यात्रा तय गरेको हो । घरेलु मैदानमा निकै उत्साहक साथ उत्रिएको त्रिवेणी युवाक्लवका मिलन राईले खेलको ४२ औं मिनेटमा गोल हान्न सुरु गरेका थिए । त्यसपछि सुनिल खड्का र रामचन्द्र माझीले लगातार २⁄२… पुरा पढौ

ए.पि.एफ फुटवल क्लव र टोखा भगवती क्लव त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश

ए.पि.एफ फुटवल क्लव काठमाडौं र टोखा भगवती क्लव काठमाडौं त्रिवेणी कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । लमजुङको सदरमुकाम बेसिशहरमा जारी ३२ औ त्रिवेणी कपको आज ए.पि.एफ र मछिन्द्र क्लव विच भएको खेलमा शुन्यका विरुद्ध ४ गोलको फराकिलो गोल अन्तर मछिन्द्र क्लवलाई हराउँदै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो । खेल सुरुवातको २२ औं मिनेटमा हरी कार्कीले, ४३ र ५१ औं मिनेटमा लगातार प्रदिप लामाले २ गोल गरे भने त्यसमा फेरी ५७ औं मिनेटमा युवराज खड्काले एक गोल गरेपछि ए.पि.एफ फुटवल… पुरा पढौ