पर्यटन

आज कुशेऔँसी: कुशको धार्मिक महत्वसँगै बाबुप्रति सम्मान गर्ने दिन

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन्। भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा धार्मिक कार्यमा अत्यन्त महत्वपूर्ण मानिने कुश विधिपूर्वक घरमा भित्र्याउने गरिन्छ। यही दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइने भएकाले कुशेऔँसी धार्मिक आस्था र पारिवारिक सम्मानसँग जोडिएको पर्व हो। सनातन परम्परामा कुशलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ। वर्षभरि गरिने देवकार्य, पितृकार्य, श्राद्ध, तर्पण तथा विभिन्न धार्मिक कर्मकाण्डमा कुशको प्रयोग गरिन्छ। धार्मिक मान्यताअनुसार कुशेऔँसीका दिन विधिपूर्वक उखेलिएको कुश वर्षभरि प्रयोग गर्न योग्य मानिन्छ। त्यसैले यस दिन घरघरमा कुश… पुरा पढौ

आज युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ। नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएका भट्टको जन्म वि।सं। १९२३ भदौ कृष्ण कुशे औँसीमा भएको थियो। ३० वर्षको उमेरमा वि।सं। १९५३ भदौ कृष्ण कुशे औँसीकै दिन उनको निधन भएको थियो। भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसैसँगै नेपाली पत्रकारिताको विकासको आधारसमेत तयार भएको मानिन्छ। जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत साहित्यिक संस्थाले विभिन्न कार्यक्रम… पुरा पढौ

विकासको दाबीबीच सडकमा जन्मिएको बच्चा…… हामी साँच्चै कति अगाडि बढ्यौँ?

राजविराजमा एउटी महिलाले अस्पतालको गेटनजिकै बच्चा जन्माएको खबर बाहिर आएपछि अहिले सामाजिक सञ्जाल तातेको छ र धेरैको मनमा एउटै प्रश्न उठेको छ– नेपालमा हामीले गरेको विकास आखिर कसका लागि हो ? सार्वजनिक भएका विवरणअनुसार प्रसूति गराउन अस्पताल पुगेकी ती महिलासँग आवश्यक जाँचका लागि पैसा नभएको र उपचारका क्रममा समस्या भएपछि अस्पतालबाट बाहिरिनुपरेको बताइएको छ। त्यसपछि अस्पतालकै आसपासमा उनले बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको हो। घटनाको वास्तविकता के हो, अस्पतालको गल्ती थियो वा थिएन, कसको कमजोरी थियो भन्ने कुरा छानबिनबाट स्पष्ट… पुरा पढौ

बाढीपीडितको सहयोगमा फ्युचर स्टार विद्यालय परिवार, २ लाख ८९ हजार राहत कोषमा

पीडित नागरिकको साथमा उभिँदै लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालय परिवारले २ लाख ८९ हजार १९५ रुपैयाँ सहयोग गरेको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयका संस्थापक, शिक्षक–कर्मचारी र विद्यार्थीको संयुक्त पहलमा रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक रामकृष्ण घलेले जानकारी दिनुभयो। विद्यालयका संस्थापकद्वय बाबुराम पौडेल र साबित्रा दवाडी पौडेलले १ लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै,… पुरा पढौ

लापसे नियन्त्रणमा यातायात व्यवसायीको पहल, ट्राफिक प्रहरीलाई १० मेडिकल किट

सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्रभावकारी बनाउन लमजुङ कालिका यातायात सञ्चालक प्रालिले ट्राफिक प्रहरीलाई लागुऔषध सेवन परीक्षण ९लापसे० का १० थान मेडिकल किट उपलब्ध गराएको छ। सवारी चालकले लागुऔषध सेवन गरेर सवारी चलाउने अवस्था नियन्त्रण गर्न परीक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रालिले उक्त किट सहयोग गरेको हो। बिहीबार आयोजित कार्यक्रममा प्रालिका अध्यक्ष पूर्णलाल श्रेष्ठले आफ्नै कार्यकक्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्रीलाई १० थान मेडिकल किट हस्तान्तरण गर्नुभयो। प्राप्त किटमार्फत सवारी चालकले लागुऔषध सेवन गरी… पुरा पढौ

बाढीपीडितको लागि लमजुङ उद्योग वाणिज्य संघको १ लाख ७० हजार सहयोग

रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि लमजुङ उद्योग वाणिज्य संघले १ लाख ७० हजार १ सय ७० रुपैयाँ सहयोग गरेको छ। विपद्को घडीमा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले संघले आफ्नो विपद् राहत कोषबाट १ लाख रुपैयाँ उपलब्ध गराएको हो। त्यसैगरी संघका पदाधिकारी, कार्यसमिति सदस्य, व्यवसायी तथा एक आमा समूहबाट संकलित ७० हजार १ सय ७० रुपैयाँ थप गरी कुल रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको संघले जनाएको छ। बिहीबार कोषमा रकम जम्मा गरेपछि… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि प्याबसन लमजुङद्धारा १६ लाख ३१ हजार सहयोग

लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्याब्सन लमजुङसँग आबद्ध विद्यालयहरूले १६ लाख ३१ हजार ४५ रुपैयाँ सहयोग गरेका छन्। प्याब्सन लमजुङले सार्वजनिक गरेको विवरणअनुसार विद्यालयहरूबाट संकलित १२ लाख ४७ हजार ६ सय ५५ रुपैयाँ प्याब्सन राहत कोषमा जम्मा भएको छ भने ३ लाख ८३ हजार ३ सय ९० रुपैयाँ सम्बन्धित राहत कोषमा सिधै जम्मा गरिएको छ। प्याब्सनको राहत कोषमा सबैभन्दा बढी युनिभर्सल एकेडेमी, बेसीशहर–७ ले ३ लाख ५० हजार ४ सय ६८… पुरा पढौ

भोटेकोशी बाढीपीडितका लागि बमबहादुर विश्वकर्मा परिवारको १ लाख १० हजार सहयोग

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहतका लागि लमजुङका सुनचाँदी व्यवसायी बमबहादुर विश्वकर्मा परिवारले १ लाख १० हजार ५ सय रुपैयाँ सहयोग गरेका छन्। जय लक्ष्मी सुनचाँदी पसलका सञ्चालक विश्वकर्मा, उनकी श्रीमती गंगादेवी विश्वकर्मा तथा परिवारका तर्फबाट राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो। सहयोग रकम जम्मा गरेको बैंक भौचर परिवारका तर्फबाट प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई हस्तान्तरण गरिएको विश्वकर्माले जानकारी दिए। देश नै शोकमा डुबेको विपद्को अवस्थामा बाढी तथा पहिरोपीडितलाई केही… पुरा पढौ

जेनजी शहीद दिवसमा गाउँसहर दरबारमा दीप प्रज्वलन

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा घोषणा गरेको छ। सोही अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेंसीशहर नगरपालिका–३ वडा कार्यसमितिले लमजुङको ऐतिहासिक गाउँसहर दरबार परिसरमा दीप प्रज्वलन गरेको छ। दीप प्रज्वलनमार्फत जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो। कार्यक्रममा गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा बेपत्ता भएकाहरूको खोजी कार्यलाई थप तीव्रता दिन सम्बन्धित निकायसँग आग्रहसमेत गरिएको छ। बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा सकुशल… पुरा पढौ

जेन–जी आन्दोलनको एक वर्ष: पुनर्निर्माणसँगै फेरिँदै संरचना, सुशासनको सवाल उस्तै

गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको छ। आन्दोलनले नेपालको राजनीतिक तथा सामाजिक परिदृश्यमा ठूलो परिवर्तन ल्याउनुका साथै सरकारी, सार्वजनिक तथा निजी संरचनामा समेत ठूलो क्षति पुर्‍याएको थियो। दुई दिनको घटनामा ७६ जनाले ज्यान गुमाएका थिए। एक वर्षपछि आन्दोलनका क्रममा भत्किएका, तोडफोड भएका र आगजनीबाट क्षतिग्रस्त संरचनाहरू क्रमशः पुनर्निर्माण र मर्मत भइरहेका छन्। कतिपय सरकारी कार्यालय पुनः सञ्चालनमा आइसकेका छन् भने केही महत्वपूर्ण संरचनाको पुनर्निर्माण अझै जारी छ। सरकारी अध्ययनअनुसार आन्दोलनका क्रममा देशभर… पुरा पढौ