बाढीपीडितका लागि चाँद जामे मस्जिदको ५८ हजार ७८६ रुपैयाँ सहयोग

-


     नयाँ दीप    
     भाद्र २५ गते २०८३ मा प्रकाशित


लमजुङको बेंसीशहरमा रहेको चाँद जामे मस्जिद (लमजुङ मियाँ परिवार) ले रसुवा भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि रु। ५८ हजार ७८६ आर्थिक सहयोग गरेको छ।

विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको र सयौँ परिवार प्रभावित बनेको अवस्थामा पीडितको दुःखमा साथ दिने उद्देश्यले मस्जिद तथा मियाँ परिवारको पहलमा उक्त रकम संकलन गरिएको हो।

संकलित रकम प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ। विपद्को समयमा समुदाय, धर्म र जातीय सीमाभन्दा माथि उठेर पीडितको सहयोगमा हातेमालो गर्ने उद्देश्यले सहयोग गरिएको चाँद जामे मस्जिद परिवारले जनाएको छ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको यस सहयोगले मानवीय एकता, सामाजिक सद्भाव र विपद्मा साझा सहकार्यको सकारात्मक सन्देश दिएको छ।