ब्राह्मण समाज लमजुङको अध्यक्षमा विश्वनाथ सुवेदी चयन

-


     नयाँ दीप    
     भाद्र २५ गते २०८३ मा प्रकाशित


ब्राह्मण समाज लमजुङको जिल्ला अधिवेशन तथा भेलाले विश्वनाथ सुवेदीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ।

भदौ २५ गते बिहीबार ब्राह्मण समाज लमजुङका अध्यक्ष शालिग्राम अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशन तथा भेलाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको सचिवमा भरतबाबु घिमिरे र कोषाध्यक्षमा करुणानिधि धनाई चयन हुनुभएको छ। सदस्यहरूमा विष्णुप्रसाद अधिकारी, शिवराज देवकोटा, श्रीकान्त पौडेल, दुर्गाप्रसाद घिमिरे, दीपकराज पाण्डे र बालकृष्ण बराल रहनुभएको छ।

यसैगरी भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकारमा घनश्याम सुवेदी, शालिग्राम अधिकारी, रामराज खनियाँ, तेजनारायण अधिकारी र देविदास बराल चयन हुनुभएको छ।

भेलाले जिल्लाभर रहेका समाजका सदस्यहरूसँग आवश्यक छलफल तथा समन्वय गरी बाँकी पदमा पदपूर्ति गर्ने निर्णयसमेत गरेको छ। साथै, समाजको विधानले तोकेबमोजिम आवश्यक सदस्यहरू मनोनयन गर्ने अधिकार नयाँ कार्यसमितिलाई प्रदान गरिएको छ।

नवनिर्वाचित कार्यसमितिले ब्राह्मण समाज लमजुङलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै जिल्लाभरका सदस्यबीच समन्वय, सहकार्य र एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।