बेसीशहरको फोहरको उचित व्यवस्थापन हुन सकेन

- २ वर्षसम्मको लागि भनेर ९ वर्ष अघिदखि मस्र्याङ्दी नदी किनारालाई डम्पीङ् साइड बनाइदै, मस्र्याङ्दी नदी र कर्पुरेश्वर महादेव मन्दिर दिनप्रतिदिन दुर्गन्धित बन्दै,

-


     नयाँ दीप    
     भाद्र ५ गते २०८० मा प्रकाशित


लमजुङको सदरमुकाम बेसीशहरमा फोहरको उचित व्यवस्थापन हुन सकेको छैन । विगत ९ वर्ष अघिदेखि लमजुङको सदरमुकाम बेसिशहरको फोहर मस्र्याङ्दी नदी किनारमा फालिदै आयको छ ।

बेसिशहर नगरपालिका ८ मा रहेको कर्पुरेश्वर पार्कको बायाँ पट्टी मस्र्याङ्घदी नदीको किनारलाई फोहर फाल्ने डम्पिङ साईड बनाईएको हो ।

त्यस अघि बजार क्षेत्रको गौथलि डाडाबाट नै तल फोहर फालिने गरियकोमा त्यस क्षेत्रका नागरिकले बिरोध गरेपछि मस्र्याङ्दी नदीको किनारमा फोहर फाल्न सुरु गरियको थियो । अन्य कतै फोहर फाल्ने ठाउँ नपाएपछि बढिमा २ वर्ष सम्म मात्रै भनेर फोहर फाल्न सुरु गरिए पनि करिव १ दशक हुनै लाग्दा समेत फोहरको व्यवस्थापन अन्त हुन सकेको छैन ।

हिम श्रृङ्खलाबाट आएको पवित्र मस्र्याङ्घदी नदीको किनारामा फोहर फाल्दा नदी दुर्गन्धित त भएको छ नै त्यसमा रहेका माछा लगायतका जलचर पनि संकटमा परेका छन् । धार्मिक महत्व बोकेको मस्र्याङ्दी नदीमा ठूला एकादशी, महाशिवरात्री, बाल चर्तुदशीमा, औशी, एकादशीमा नुहाइ नजिकै रहको कर्पूरेश्वर मन्दिरमा पुजाआजा गर्ने गर्दछन् ।

कर्पुरेश्वर महादेव मन्दिर

यी चाडपर्वमा कर्पुरेश्वर महादेव मन्दिरमाम ठूलो मेला समेत लाग्ने गर्दछ । १६ औं शताब्वीमा तत्कालिन राजा यशोब्रह्म शाहाले स्थापना गरेको कर्पूरेश्वर महादेव मन्दिर भग्नावशेषको रुपमा रहदैँ आएकोमा २०५४ सालतिर पुन निर्माण गरिएको थियो । निकै धाार्मिक र ऐतिहासिक महत्व बोकेको कर्पूरेश्वर मन्दिर र कर्मदा नदीले चिनिने मर्स्याङ्दी नदीको नजिकै बनाइएको डम्पीङ् साइडले त्यसको महत्व नै घटाएको छ ।

सो मन्दिर रहेको ठाउँमा सत्य युगमा सतिदेवीको करङ्घ पतन भएको थियो भन्ने धार्मिक मान्यता समेत रहेको छ । सोहि क्षेत्रमा बेसीशहर वडा नं ३, ८ र ९ को मरणघाट समेत भएकाले मृत्यु पश्चात पनि दुर्गन्धमा अन्तिम कृया गर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।
बेसीशहरमा दिनप्रतिदिन सहरीकरण बढ्दै जानु र जनसंख्या बृद्धि हुर्दै जाँदा दैनिक निस्कने फोहर पनि बृद्धि हुदै गएका कारण छिटो भन्दा छिटो फोहर व्यवस्थापन गर्न बेसीशहरबासीले माग गरेका छन्

यता बेसीशहर नगरपालिकाकका प्रमुख गुमान सिंह अर्यालले फोहर व्यवस्थापनको लागि ठाउँ खोजी भै रहे पनि प्राप्त गर्न नसकेको बताउनुभएको छ । बेसीशहरको फोहर व्यवस्थापन गर्नका लागि ०७५ सालमा नै वल्ड बैकंले सहयोग गर्ने र फोहरबाट मल बनाउने भनेर टेन्डर गरेपनि फोहरको मात्रा कम भएर ठेकदारले बनाउन नमानेको अर्यालको भनाई छ ।
यो वर्ष डेढ करोड बजेट पारेकाले कसरी र के का माध्यमबाट फोहर नस्ट गर्ने भन्ने बारे बैकल्पीक उर्जासगँ छलफल गरेर काम अघि बढेको नगरप्रमुख अर्यालले बताउनुभयो ।

धार्मिक आस्थाका केन्द्रहरु त्यस क्षेत्र वरपर बस्ने मानिसहरू दुर्गन्धको सामना गर्नु परेको छ । फोहर नस्ट गर्नको लागि डम्पिङ साइटमा बेला बेलामा लगाईने आगोेको धुवाको दुर्गन्धले त्यस क्षेत्रका बासिन्दाले हैरानीको सामाना भोग्नु परेको स्थानीय कल्पना दनाइले बताउनुभयो । २०७४ सालको पहिलो स्थानीय चुनाबमा फोहरलाई मोहरमा परिणत गर्ने नारा ल्याएका बेसीशहरका प्रमुख अर्यालले दोस्रो कार्यकालका लागि समेत पुन निर्वाचित भएको पनि १ वर्ष भैसक्दा समेत फोहर व्यवस्थापनमा चासो नदिएको बेसीशहरबासीको आरोप रहेको छ ।

स्थानीय स्तरबाट आवाज उठाएपनि राजनितिक दल लगायत उपल्लो निकायका कसैले सुनुवाई नगरेको भन्दै फोहर व्यवस्थापनका दिगो योजना बनाई यथासक्य बैकल्पीक उपयाको खोजी गर्न स्थानीयको माग छ ।