खेलकुद

तेस्रो मर्स्याङ्दी महोत्सव हुने

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव–२०८३ आगामी पुस ८ देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। गाउँपालिका–७, ङादीस्थित ङादी खेलमैदानमा आयोजना हुने महोत्सवमा कला, संस्कृति, कृषि, पर्यटन र खेलकुदसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिने भएको हो। मर्स्याङ्दी गाउँपालिकाको कला, संस्कृति, पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा १२५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। पाँच… पुरा पढौ

अन्नपूर्ण युवा क्लब छापा पुरुष र महिला दुवैतर्फ च्याम्पियन

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रामा आयोजित २०औँ कन्यादेवी कप–२०८३ अन्तर्गत पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि अन्नपूर्ण युवा क्लब, छापाले जितेको छ। कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा दुवैतर्फ उपाधि जित्दै छापाले दोहोरो सफलता हात पारेको हो। मर्स्याङ्दी गाउँपालिकाको प्रवर्द्धन तथा वडा नं। ४ को कार्यालयको सह–प्रवर्द्धनमा आयोजित प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ चार टोली सहभागी थिए। पुरुषतर्फको फाइनलमा छापाले चन्द्रमा युवा क्लब, थाकनलाई ५–० गोलले पराजित गर्दै उपाधि जित्यो। महिलातर्फ छापाले आयोजक कन्यादेवी क्लबलाई ३–० गोलले हराउँदै च्याम्पियन बन्यो।… पुरा पढौ

छैटौँ भोटेवडार–तार्कुकोट मिनि म्याराथन दौड प्रतियोगिता सम्पन्न

लमजुङ। ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको तार्कुकोटको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिएको छैटौँ भोटेवडार–तार्कुकोट मिनि म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ। ७ किलोमिटर दूरीको उक्त प्रतियोगितामा तनहुँको आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङ प्रथम हुनुभएको छ। उहाँले निर्धारित दूरी ३४ मिनेट ५८ सेकेन्डमा पूरा गर्नुभयो। त्यसैगरी, खोटाङ गाउँपालिका–६ का धिरन राईले ३६ मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय स्थान हासिल गर्नुभयो भने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ का पृथ्वी राईले ३६ मिनेट ४० सेकेन्डमा दूरी पूरा गर्दै तृतीय स्थान… पुरा पढौ

मिप्रामा २०औँ कन्यादेवी कप सुरु, पुरुषतर्फ २४ टोली सहभागी

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रामा बुधबारदेखि २०औँ कन्यादेवी कप–२०८३ सुरु भएको छ। कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पुरुष तथा महिला फुटबल खेल सञ्चालन हुने आयोजकले जनाएको छ। क्लबका अध्यक्ष सुब्बा गुरुङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरेका हुन्। प्रतियोगितामा पुरुषतर्फ २४ टोली सहभागी भएका छन्। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङले खेलकुदले युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै अनुशासन, आपसी सद्भाव र सहकार्यको भावना विकास गर्न सहयोग पुर्‍याउने बताए। उनले यस्ता प्रतियोगिताले खेलकुदको विकाससँगै स्थानीय कला, संस्कृति… पुरा पढौ

जिल्ला भलिबल संघ लमजुङको अध्यक्षमा दिवाकर बराल सर्वसम्मत

जिल्ला भलिबल संघ लमजुङको तेस्रो अधिवेशनबाट दिवाकर बराल पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। सोमबार बेँसीसहरमा सम्पन्न संघको अधिवेशन तथा भेलाले बेँसीसहर नगरपालिका–७ का बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। अधिवेशनबाट मत्स्याङ्दी गाउँपालिका–६ का मिनप्रसाद खली उपाध्यक्षमा, मर्स्याङ्दी गाउँपालिका–४ का रवि थापा महासचिवमा, बेँसीसहर नगरपालिका–३ का तिलक दुलाल सचिवमा र बेँसीसहर नगरपालिका–७ की संगीता गुरुङ कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यस्तै सदस्यहरूमा बेँसीसहर–६ का इन्द्र अधिकारी र राजकुमार राउत, बेँसीसहर–८ का ईश्वर दर्लामी, क्व्होलासोथार गाउँपालिकाका ओमप्रसाद गुरुङ, दोर्दी गाउँपालिका–५… पुरा पढौ

त्रिवेणी युवा क्लबद्वारा बाढीपीडितलाई दुई लाख सहयोग

लमजुङको बेसीशहरस्थित त्रिवेणी युवा क्लबले बाढीपीडितको राहत तथा उद्धारका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ। क्लबले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो। बाढीबाट प्रभावितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम सहयोग गरिएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष टेकजङ गुरुङको नेतृत्वमा पदाधिकारी, सदस्य, पूर्वअध्यक्ष तथा सल्लाहकारसहितको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई उहाँकै कार्यकक्षमा भेटेर सहयोगबारे जानकारी गराएको थियो। भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति… पुरा पढौ

त्रिवेणी युवा क्लबको आयव्यय सार्वजनिक, बैंकमा ५९ लाख बढी मौज्दात

लमजुङको बेसीशहर ७ मा रहेको त्रिवेणी युवाले आर्थिक वर्ष २०८२ र ८३ को आयव्यय विवरण सार्वजनिक गरेको छ। बेसीसहरमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष टेकजङ गुरुङले वार्षिक आयव्यय तथा जिल्ला कै सर्वाधिक १२ लाख रुपैँया राशी पुरस्कार भएको ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगितासहित क्लबले सञ्चालन गरेका विभिन्न गतिविधिको आम्दानी र खर्च विवरण प्रस्तुत गर्नुभयो। क्लबको विवरण अनुसार कुल हिसाब १ करोड ६१ लाख १७ हजार ९ सय ३ रुपैयाँ ६३ पैसा रहेको छ। त्यसमध्ये ९६ लाख १९ हजार १ सय… पुरा पढौ

लमजुङका समस्या बुझ्न सांसद केसीको सक्रियता

लमजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धर्म केसीले जिल्लाको सदरमुकाम बेसीशहरमा पुगेर विभिन्न क्षेत्रका समस्या, आवश्यकता र समाधानका उपायबारे सरोकारवालासँग छलफल गरेका छन्। जिल्लाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता तथा खेलकुद पूर्वाधारको सुधारका विषयमा सांसद केसीले प्रत्यक्ष अवलोकन तथा परामर्श गरेका हुन्। यसक्रममा सांसद केसीले प्रदेश अस्पताल लमजुङको अवलोकन गर्दै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। शिशिर देवकोटासँग भेटघाट गरेका थिए। उनले अस्पतालका विभिन्न शाखा तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिँदै प्रशासनिक व्यवस्थापन, पूर्वाधार विकास तथा सेवाको गुणस्तर सुधारका विषयमा चासो व्यक्त गरे। भेटका… पुरा पढौ

दुर्घटनामा परेका मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ थप उपचारका लागि काठमाडौं प्रस्थान

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ जल्केनीमा शनिबार गाउँपालिकाको बोलेरो जिप दुर्घटनामा परी घाइते भएका मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ थप उपचारका लागि काठमाडौं प्रस्थान गरेका छन्। दुर्घटनापछि अध्यक्ष गुरुङलाई तत्काल प्रदेश अस्पताल, लमजुङ लगेर उपचार गरिएको थियो। चिकित्सकीय परीक्षणका क्रममा उनको ढाड र टाउकोमा सामान्य चोट तथा दुखाइ देखिएपछि थप उपचारका लागि शनिबार दिउँसो काठमाडौं प्रस्थान गरेका हुन्। शनिबार बिहान करिब ११ः२५ बजे बेसीशहर–चामे सडकखण्डअन्तर्गत जल्केनीमा गाउँपालिकाको ग १ झ ३३१ नम्बरको बोलेरो जिप सडकबाट करिब ४० मिटर तल मर्स्याङ्दी नदी किनारतर्फ… पुरा पढौ

मर्स्याङ्दी गाउँपालिकाद्वारा खेलाडीलाई सम्मान

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिका भित्रका २५ जना फुटबल तथा भलिबल खेलाडीलाई सम्मान तथा प्रोत्साहन गरेको छ।आर्थिक वर्ष २०८२\०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअन्तर्गत बुधबार आयोजित कार्यक्रममा खेलाडीलाई खेल सामग्रीसहित नगद प्रोत्साहन प्रदान गरिएको हो। गाउँपालिका, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका तथा मस्र्याङ्दी कप, वडा स्तरीय अन्डर–१९ फुटबल प्रतियोगिता, भलिबल प्रतियोगितालगायत खेलकुद गतिविधिमार्फत खेल क्षेत्रको विकासमा योगदान पुरााएका खेलाडीको योगदानको कदर गर्दै सम्मान तथा प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उत्कृष्ट प्रदर्शन गरेका पालिकाभित्रका… पुरा पढौ