खेलकुद

लमजुङका समस्या बुझ्न सांसद केसीको सक्रियता

लमजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धर्म केसीले जिल्लाको सदरमुकाम बेसीशहरमा पुगेर विभिन्न क्षेत्रका समस्या, आवश्यकता र समाधानका उपायबारे सरोकारवालासँग छलफल गरेका छन्। जिल्लाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता तथा खेलकुद पूर्वाधारको सुधारका विषयमा सांसद केसीले प्रत्यक्ष अवलोकन तथा परामर्श गरेका हुन्। यसक्रममा सांसद केसीले प्रदेश अस्पताल लमजुङको अवलोकन गर्दै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। शिशिर देवकोटासँग भेटघाट गरेका थिए। उनले अस्पतालका विभिन्न शाखा तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिँदै प्रशासनिक व्यवस्थापन, पूर्वाधार विकास तथा सेवाको गुणस्तर सुधारका विषयमा चासो व्यक्त गरे। भेटका… पुरा पढौ

दुर्घटनामा परेका मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ थप उपचारका लागि काठमाडौं प्रस्थान

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ जल्केनीमा शनिबार गाउँपालिकाको बोलेरो जिप दुर्घटनामा परी घाइते भएका मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ थप उपचारका लागि काठमाडौं प्रस्थान गरेका छन्। दुर्घटनापछि अध्यक्ष गुरुङलाई तत्काल प्रदेश अस्पताल, लमजुङ लगेर उपचार गरिएको थियो। चिकित्सकीय परीक्षणका क्रममा उनको ढाड र टाउकोमा सामान्य चोट तथा दुखाइ देखिएपछि थप उपचारका लागि शनिबार दिउँसो काठमाडौं प्रस्थान गरेका हुन्। शनिबार बिहान करिब ११ः२५ बजे बेसीशहर–चामे सडकखण्डअन्तर्गत जल्केनीमा गाउँपालिकाको ग १ झ ३३१ नम्बरको बोलेरो जिप सडकबाट करिब ४० मिटर तल मर्स्याङ्दी नदी किनारतर्फ… पुरा पढौ

मर्स्याङ्दी गाउँपालिकाद्वारा खेलाडीलाई सम्मान

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिका भित्रका २५ जना फुटबल तथा भलिबल खेलाडीलाई सम्मान तथा प्रोत्साहन गरेको छ।आर्थिक वर्ष २०८२\०८३ को स्वीकृत नीति, कार्यक्रम तथा बजेटअन्तर्गत बुधबार आयोजित कार्यक्रममा खेलाडीलाई खेल सामग्रीसहित नगद प्रोत्साहन प्रदान गरिएको हो। गाउँपालिका, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका तथा मस्र्याङ्दी कप, वडा स्तरीय अन्डर–१९ फुटबल प्रतियोगिता, भलिबल प्रतियोगितालगायत खेलकुद गतिविधिमार्फत खेल क्षेत्रको विकासमा योगदान पुरााएका खेलाडीको योगदानको कदर गर्दै सम्मान तथा प्रोत्साहन गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उत्कृष्ट प्रदर्शन गरेका पालिकाभित्रका… पुरा पढौ

नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सासले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्दै

टेम्पल, टेक्सास— नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सासले आगामी मे ३, २०२६ मा टेम्पल र वेको क्षेत्रका नेपाली समुदायबीच एक विशेष मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ। “एक खेल, एक समुदाय, सँगै बलियो ” (One Game, One Community, Stronger Together) भन्ने नाराका साथ आयोजना हुन लागेको यो खेलले स्थानीय नेपाली समुदायबीचको एकता र खेलभावनालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। आयोजक नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सास महासचिव डा मुनिष शर्माका अनुसार कार्यक्रम टेम्पलस्थित क्रसरोड्स पार्क मा बिहान १० बजे सुरु… पुरा पढौ

क्व्होलासोंथार अध्यक्ष कपमा पुरुष र महिला दुबै उपाधी पसगाउँलाई

लमजुङको क्व्होलासोथार गाउँपालिका स्तरीय तेस्रो अध्यक्ष कप २०८२ को पुरुष र महिला दुवैतर्फको उपाधि वडा नं ६ पसगाउँले जितेको छ। युवा तथा खेलकुद विकास समिति क्व्होलासोथारको आयोजनामा स्मार्ट भिलेज घलेगाउँस्थित स्वर्गभूमि रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा पुरुषतर्फ वडा नं। ५ सिङ्दीलाई हराउँदै पसगाउँ विजेता बनेको हो। निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। पहिलो चरणमा ३–३ को बराबरी भएपछिको सडनडेथमा सिङ्दी गोल गर्न चुकेपछि पसगाउँ ४–३ गोलले विजयी बनेको हो । महिलातर्फको फाइनलमा वडा नं। १ बाग्लुङपानीलाई ३–०… पुरा पढौ

सहयोगको याचना गर्दै साम्बाले भनिन्— नेपालको जर्सी लगाएर पुन: मैदानमा फर्कने छु

नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले आफना उपचारमा सहयोग गर्न सबैलाई अपिल गरेकी छन् । लमजुङमा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको फुटबल प्रतियोगतिामा आफ्नो उत्कृष्ट प्रर्दशन दिँदै आएकी साम्बाले आज सोमबार आफ्नो फेसबुक पेजमा लामो स्टाटस लेख्दै सम्बन्धित निकायले सहयोग नगरेपछि आफूलाई उपचारमा समस्या भएको भन्दै सबैलाई आर्थिक सहयोग गरिदिन अनुरोध गरेकी हुन् ।हेरौं उनको फेसबुक स्टाटस जस्ताको तस्तै, नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरुको साम्बायहाँहरु सबैलाई थाहा नै छ म पछिल्लो ७ हप्तादेखि चोटका कारण मैदान बाहिर… पुरा पढौ

बेसीशहर नगरपालिकाले शिक्षकहरुलाई मासिक रुपमा तलब दिने

लमजुङको बेसीशहर नगरपालिकाले अबदेखि शिक्षकहरुलाई मासिक तलब दिने भएको छ । नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई यहि माघ महिनादेखि मासिक तलब दिन सुरु गरेको हो । विद्यालयमा अध्यापन गरिरहेका शिक्षकलाई आर्थिक संकट नहोस् भन्नका लागि अब देखि मासिक रुपमा नै तलबभक्ता दिने शिक्षा युवा तथा खेलकुद शाखा बेसीशहरका प्रमुख सिर्जना चिलुवाल पाण्डले बताउनुभयो । पाण्डेले आँट र काम गर्ने इच्छाशक्ति भए असम्भव भन्ने कुरा नभएको भन्दै यसअघि त्रैमासिक रुपमा तलब भत्ता… पुरा पढौ

३३ औँ त्रिवेणी कपमा टिकटबाट ३६ लाख बढी आम्दानी

लमजुङ सदरमुकाम बेसीशहरमा हालै सम्पन्न ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगितामा टिकट बिक्रिबाट ३६ लाख बढी आम्दानी भएको छ । पुस १२ देखि २१ गते सम्म सञ्चालन भएको त्रिवेणी कप प्रतियोगितामा टिकट विक्रिबाट मात्रै ३६ लाख १६ हजार तीनसय रुपैया आम्दानी भएको हो । त्रिवेणी युवा क्लवले आयोजना गरेको जिल्लाकै सर्वाधिक पुरस्कार राशीको ३३ औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगितामा यसवर्ष २० हजार ९ सय ३६ टिकट बिक्री भएको क्लवले जनाएको छ । पुस १२ गते प्रतियोगिता उद्घाटनको दिन प्रवेश… पुरा पढौ

लमजुङको साहसिक पर्यटनमा नयाँ अध्याय सुरु हुँदै

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेमा रक क्लाइम्बिङका थप रुट खोज्ने कार्य सुरु गरिएको छ । ऐतिहासिक तथा साहसिक सम्भावना बोकेको च्याम्चेको तारे भीरमा साहसिक खेल रक क्लाइम्बिङका लागि विकास गर्न थप रुट खोज्ने कार्य औपचारिक रूपमा सुरु गरिएको हो । प्राकृतिक बनावट, चुनौतीपूर्ण चट्टान र अद्भुत दृश्यले भरिएको तारे भीरलाई रक क्लाइम्बिङको केन्द्र (Rock Climbing Center) का रूपमा विकास गर्ने लक्ष्य सहित यो अभियान अघि बढाइएको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । अध्यक्ष गुरुङले तारे भीरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय… पुरा पढौ

बालकल्याण माविको स्वर्ण महोत्सवमा संस्थापक, जग्गादाता र चन्दादातालाई सम्मान

लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डेमा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयलको स्वर्ण महोत्सवमा विद्यालयका संस्थापक, जग्गादाता र चन्दादातालाई सम्मान गरिएको छ । तीनदिनदेखी बिशेष कार्यक्रमका साथ मनाईएको स्वर्ण महोत्सवमा शुक्रबार विद्यालयका संस्थापक र चन्दादातालाई सम्मान गरिएको हो । २०३२ सालमा विद्यालय स्थापना गर्दा जग्गा प्रदान गर्ने जग्गादाता, संस्थापक र बिशेष चन्दादातालाई सम्मानपत्र, दोसल्ला ओढाउनुको साथै पञ्चे बाजा बजाएर स्वर्ण महोत्सवमा सम्मान गरिएको हो । विद्यालयका संस्थापक, जग्गादाता र चन्दादातालाई बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना, अध्यक्ष मदनबहादुर राना… पुरा पढौ