अर्थतन्त्र

लमजुङमा एउटा प्वालबाटै एपेन्डिक्सको सफल शल्यक्रिया

प्रदेश अस्पताल लमजुङमा अब पेटमा एउटा मात्र प्वाल बनाएर एपेन्डिक्सको शल्यक्रिया गर्न सकिने भएको छ। अस्पतालले SILS (Single-Incision Laparoscopic Surgery) प्रविधिबाट एपेन्डिक्सका दुई वटा सफल शल्यक्रिया सम्पन्न गरेको हो। यसअघि सामान्य दूरबिन प्रविधिबाट एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटमा तीन ठाउँमा साना प्वाल बनाउनुपर्ने भए पनि SILS प्रविधिमा एउटै प्वालबाट शल्यक्रिया गर्न सकिन्छ। यसले शल्यक्रियापछि पेटमा देखिने दाग कम हुने तथा बिरामीलाई तुलनात्मक रूपमा छिटो निको हुन सहयोग पुग्ने चिकित्सकहरू बताउँछन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाका अनुसार नेपालका सरकारी अस्पतालमध्ये सम्भवतः… पुरा पढौ

बाढीपीडितका लागि गुरुङ समुदायको १४ लाख ४५ हजार सहयोग

लमजुङको बेंसीसहर क्षेत्रमा बसोबास गर्ने गुरुङ समुदायले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु। १४ लाख ४५ हजार ५ सय ७२ सहयोग गरेका छन्। तमु हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बेंसीसहर इकाइको संयोजनमा १७ वटा तमु समाज र ८ सय ५७ जना दाताबाट रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको परिषद्का सचिव कृष्णबहादुर घलेले जानकारी दिए। शुक्रबार बेंसीसहर नगरपालिका–७ त्रिवेणी टोलस्थित शान्तिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा सहयोगबारे जानकारी गराइएको थियो। कार्यक्रममा परिषद्का अध्यक्ष कुमबहादुर… पुरा पढौ

आज कुशेऔँसी: कुशको धार्मिक महत्वसँगै बाबुप्रति सम्मान गर्ने दिन

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन्। भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा धार्मिक कार्यमा अत्यन्त महत्वपूर्ण मानिने कुश विधिपूर्वक घरमा भित्र्याउने गरिन्छ। यही दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइने भएकाले कुशेऔँसी धार्मिक आस्था र पारिवारिक सम्मानसँग जोडिएको पर्व हो। सनातन परम्परामा कुशलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ। वर्षभरि गरिने देवकार्य, पितृकार्य, श्राद्ध, तर्पण तथा विभिन्न धार्मिक कर्मकाण्डमा कुशको प्रयोग गरिन्छ। धार्मिक मान्यताअनुसार कुशेऔँसीका दिन विधिपूर्वक उखेलिएको कुश वर्षभरि प्रयोग गर्न योग्य मानिन्छ। त्यसैले यस दिन घरघरमा कुश… पुरा पढौ

आज युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ। नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएका भट्टको जन्म वि।सं। १९२३ भदौ कृष्ण कुशे औँसीमा भएको थियो। ३० वर्षको उमेरमा वि।सं। १९५३ भदौ कृष्ण कुशे औँसीकै दिन उनको निधन भएको थियो। भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसैसँगै नेपाली पत्रकारिताको विकासको आधारसमेत तयार भएको मानिन्छ। जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत साहित्यिक संस्थाले विभिन्न कार्यक्रम… पुरा पढौ

ब्राह्मण समाज लमजुङको अध्यक्षमा विश्वनाथ सुवेदी चयन

ब्राह्मण समाज लमजुङको जिल्ला अधिवेशन तथा भेलाले विश्वनाथ सुवेदीको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ। भदौ २५ गते बिहीबार ब्राह्मण समाज लमजुङका अध्यक्ष शालिग्राम अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशन तथा भेलाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। नवनिर्वाचित कार्यसमितिको सचिवमा भरतबाबु घिमिरे र कोषाध्यक्षमा करुणानिधि धनाई चयन हुनुभएको छ। सदस्यहरूमा विष्णुप्रसाद अधिकारी, शिवराज देवकोटा, श्रीकान्त पौडेल, दुर्गाप्रसाद घिमिरे, दीपकराज पाण्डे र बालकृष्ण बराल रहनुभएको छ। यसैगरी भेलाले सल्लाहकार समिति समेत गठन गरेको छ। सल्लाहकारमा घनश्याम सुवेदी, शालिग्राम अधिकारी, रामराज… पुरा पढौ

बाढीपीडितको सहयोगमा फ्युचर स्टार विद्यालय परिवार, २ लाख ८९ हजार राहत कोषमा

पीडित नागरिकको साथमा उभिँदै लमजुङको सुन्दरबजार नगरपालिका–९, सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माध्यमिक विद्यालय परिवारले २ लाख ८९ हजार १९५ रुपैयाँ सहयोग गरेको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयका संस्थापक, शिक्षक–कर्मचारी र विद्यार्थीको संयुक्त पहलमा रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक रामकृष्ण घलेले जानकारी दिनुभयो। विद्यालयका संस्थापकद्वय बाबुराम पौडेल र साबित्रा दवाडी पौडेलले १ लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै,… पुरा पढौ

लापसे नियन्त्रणमा यातायात व्यवसायीको पहल, ट्राफिक प्रहरीलाई १० मेडिकल किट

सवारी दुर्घटना न्यूनीकरण र सडक सुरक्षालाई प्रभावकारी बनाउन लमजुङ कालिका यातायात सञ्चालक प्रालिले ट्राफिक प्रहरीलाई लागुऔषध सेवन परीक्षण ९लापसे० का १० थान मेडिकल किट उपलब्ध गराएको छ। सवारी चालकले लागुऔषध सेवन गरेर सवारी चलाउने अवस्था नियन्त्रण गर्न परीक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रालिले उक्त किट सहयोग गरेको हो। बिहीबार आयोजित कार्यक्रममा प्रालिका अध्यक्ष पूर्णलाल श्रेष्ठले आफ्नै कार्यकक्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक गौतमबहादुर खत्रीलाई १० थान मेडिकल किट हस्तान्तरण गर्नुभयो। प्राप्त किटमार्फत सवारी चालकले लागुऔषध सेवन गरी… पुरा पढौ

बाढीपीडितको लागि लमजुङ उद्योग वाणिज्य संघको १ लाख ७० हजार सहयोग

रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि लमजुङ उद्योग वाणिज्य संघले १ लाख ७० हजार १ सय ७० रुपैयाँ सहयोग गरेको छ। विपद्को घडीमा पीडित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले संघले आफ्नो विपद् राहत कोषबाट १ लाख रुपैयाँ उपलब्ध गराएको हो। त्यसैगरी संघका पदाधिकारी, कार्यसमिति सदस्य, व्यवसायी तथा एक आमा समूहबाट संकलित ७० हजार १ सय ७० रुपैयाँ थप गरी कुल रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको संघले जनाएको छ। बिहीबार कोषमा रकम जम्मा गरेपछि… पुरा पढौ

बाढीपीडितका लागि चाँद जामे मस्जिदको ५८ हजार ७८६ रुपैयाँ सहयोग

लमजुङको बेंसीशहरमा रहेको चाँद जामे मस्जिद (लमजुङ मियाँ परिवार) ले रसुवा भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि रु। ५८ हजार ७८६ आर्थिक सहयोग गरेको छ। विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको र सयौँ परिवार प्रभावित बनेको अवस्थामा पीडितको दुःखमा साथ दिने उद्देश्यले मस्जिद तथा मियाँ परिवारको पहलमा उक्त रकम संकलन गरिएको हो। संकलित रकम प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको जनाइएको छ। विपद्को समयमा समुदाय, धर्म र जातीय सीमाभन्दा माथि उठेर… पुरा पढौ

भोटेकोशी बाढी : १ हजार ३६७ शव फेला, ५ हजार १३२ जना अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीको १५ दिन पुग्दा हालसम्म १ हजार ३६७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ५ हजार १३२ जना सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्। उपचारका क्रममा काठमाडौंमा थप दुई जनाको मृत्यु भएको छ। फेला परेका शवमध्ये १०२ जनाको सनाखत गरी आफन्तलाई… पुरा पढौ