अर्थतन्त्र

तेस्रो मर्स्याङ्दी महोत्सव हुने

लमजुङको मर्स्याङ्दी गाउँपालिकामा तेस्रो मर्स्याङ्दी महोत्सव–२०८३ आगामी पुस ८ देखि १२ गतेसम्म सञ्चालन हुने भएको छ। गाउँपालिका–७, ङादीस्थित ङादी खेलमैदानमा आयोजना हुने महोत्सवमा कला, संस्कृति, कृषि, पर्यटन र खेलकुदसँग सम्बन्धित विविध कार्यक्रम सञ्चालन गरिने भएको हो। मर्स्याङ्दी गाउँपालिकाको कला, संस्कृति, पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। महोत्सवलाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको संयोजकत्वमा १२५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। पाँच… पुरा पढौ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १८ अर्ब १३ करोड जम्मा

काठमाडौं । त्रिशूली बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा कार्तिक १० गते बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मौज्दात १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड पाँच लाख… पुरा पढौ

अरूलाई चाडपर्वको रमझम, लमजुङका अलैँची किसानलाई बाली भित्र्याउने चटारो

लमजुङ। गाउँघरदेखि सहरबजारसम्म दसैँ–तिहारको चहलपहल बढिरहेका बेला लमजुङका अलैँची किसानलाई भने बाली भित्र्याउने चटारो छ। असोज लागेसँगै अलैँची टिप्ने समय सुरु भएपछि गाउँ छाडेर पढाइ, रोजगारी तथा बालबालिकाको शिक्षाका लागि सहर पुगेका परिवारका सदस्यसमेत खेतीपातीमा सघाउन गाउँ फर्किएका छन्। जिल्लाका विभिन्न क्षेत्रमा अहिले अलैँची टिप्ने, सुकाउने र बिक्रीका लागि तयार पार्ने काम तीव्र बनेको छ। लमजुङमा समुद्री सतहबाट करिब सात सयदेखि १२ सय मिटर उचाइका क्षेत्रमा अलैँची खेती हुँदै आएको छ। जिल्लाको छिनखोला, बाहुनडाँडा, ताराचोक, सेरा, उप्लिङ र दुराडाँडालगायतका क्षेत्रमा… पुरा पढौ

आज विजयादशमी, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

लमजुङ । आज बडादशैँ अर्थात् विजयादशमी पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। दुर्गापक्षको मुख्य दिन विजयादशमीमा मान्यजनको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। साइत खोजेर टीका लगाउनेका लागि पश्चिम फर्केर टीका थाप्न समितिले जनाएको छ। घटस्थापनाका दिन स्थापना गरिएको घडामा आह्वान गरिएका देवीको विसर्जन गर्ने साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ। विजयादशमीलाई असत्यमाथि सत्य र आसुरी… पुरा पढौ

अन्नपूर्ण युवा क्लब छापा पुरुष र महिला दुवैतर्फ च्याम्पियन

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रामा आयोजित २०औँ कन्यादेवी कप–२०८३ अन्तर्गत पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि अन्नपूर्ण युवा क्लब, छापाले जितेको छ। कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा दुवैतर्फ उपाधि जित्दै छापाले दोहोरो सफलता हात पारेको हो। मर्स्याङ्दी गाउँपालिकाको प्रवर्द्धन तथा वडा नं। ४ को कार्यालयको सह–प्रवर्द्धनमा आयोजित प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ चार टोली सहभागी थिए। पुरुषतर्फको फाइनलमा छापाले चन्द्रमा युवा क्लब, थाकनलाई ५–० गोलले पराजित गर्दै उपाधि जित्यो। महिलातर्फ छापाले आयोजक कन्यादेवी क्लबलाई ३–० गोलले हराउँदै च्याम्पियन बन्यो।… पुरा पढौ

चाडपर्वको मुखैमा घरमा चोरी हुँदा दशैं भयो खल्लो

लमजुङको बेसीशहर नगरपालिका–७, चण्डीडाँडा तल्लोगाउँमा घरको ताल्चा फोडेर करिब २२ देखि २३ तोला सुन र नगद चोरी भएको एक महिना बितिसक्दा पनि चोर पत्ता लाग्न सकेका छैनन्। जीवनभर दुःख गरेर कमाएको सम्पत्ति चोरी भएपछि घिमिरे परिवारमा दसैँ नजिकिँदा समेत खुसी र रौनक हराएको छ। गत भदौ ३१ गते बिहान करिब ९:४५ बजे घरमा ताल्चा लगाएर नजिकैको खेतमा घाँस काट्न गएकी गोमा घिमिरे बिहान १० देखि ११ बजेको बीचमा घर फर्किंदा मुख्य ढोकाको ताल्चा गायब र ढोका खुला अवस्थामा भेटिएको थियो।… पुरा पढौ