धर्म/ सस्कृती

आज कुशेऔँसी: कुशको धार्मिक महत्वसँगै बाबुप्रति सम्मान गर्ने दिन

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन्। भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा धार्मिक कार्यमा अत्यन्त महत्वपूर्ण मानिने कुश विधिपूर्वक घरमा भित्र्याउने गरिन्छ। यही दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइने भएकाले कुशेऔँसी धार्मिक आस्था र पारिवारिक सम्मानसँग जोडिएको पर्व हो। सनातन परम्परामा कुशलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ। वर्षभरि गरिने देवकार्य, पितृकार्य, श्राद्ध, तर्पण तथा विभिन्न धार्मिक कर्मकाण्डमा कुशको प्रयोग गरिन्छ। धार्मिक मान्यताअनुसार कुशेऔँसीका दिन विधिपूर्वक उखेलिएको कुश वर्षभरि प्रयोग गर्न योग्य मानिन्छ। त्यसैले यस दिन घरघरमा कुश… पुरा पढौ

आज युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ। नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएका भट्टको जन्म वि।सं। १९२३ भदौ कृष्ण कुशे औँसीमा भएको थियो। ३० वर्षको उमेरमा वि।सं। १९५३ भदौ कृष्ण कुशे औँसीकै दिन उनको निधन भएको थियो। भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसैसँगै नेपाली पत्रकारिताको विकासको आधारसमेत तयार भएको मानिन्छ। जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत साहित्यिक संस्थाले विभिन्न कार्यक्रम… पुरा पढौ

आज कृष्ण जन्माष्टमी पूजाआराधना गरिदै, बाढीका कारण रोपाइँ जात्रा स्थगित

भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक मान्यताअनुसार आज राति कृष्ण जन्मको विशेष पूजा तथा आराधना गरिन्छ। देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि पूजा, भजनकीर्तन तथा दर्शनका लागि भक्तजन पुगेका छन्। लमजुङमा पनि विभिन्न कृष्ण मन्दिरमा विशेष पूजाआराधनाका कार्यक्रम भइरहेका छन्। भक्तजनले व्रत बसेर भगवान् कृष्णको पूजा गर्ने तथा राति जन्मोत्सव मनाउने तयारी गरेका छन्। यसैबीच, लमजुङका नेवार समुदायले कृष्ण जन्माष्टमीसँग जोडेर परम्परागत रूपमा मनाउँदै आएको… पुरा पढौ

वर्षे बिदा र बाल्यकाल

उबेला वर्षे बिदाको महत्व छुट्टै हुन्थ्यो, जुन आज पनि स्मृतिमा ताजै रहेको छ। जेठको अन्तिमतिर परीक्षा सकिएलगत्तै असारदेखि साउनको अन्त्यसम्म गरी करिब दुई महिना लामो वर्षे बिदा हुन्थ्यो। भदौ १ गतेबाट मात्र विद्यालय खुल्थ्यो। बिदा सुरु भएलगत्तै सुरु हुन्थ्यो हाम्रो दुई महिनाको वर्षे बिदाको दिनचर्या। ग्रामीण परिवेश र कृषि नै मुख्य आयस्रोत भएकाले असार र साउनलाई विशेष महत्व दिइन्थ्यो। माना रोपेर मुरी उब्जाउने बेला भएकाले बालकदेखि वृद्धसम्म सबैका आ–आफ्नै कार्य विभाजन हुन्थे। घरभन्दा पल्लो गाउँमा रहेको सरस्वती मिलन प्राथमिक विद्यालयमा… पुरा पढौ

आज साउने सङ्क्रान्ति: परम्परा, प्रकृति र संस्कृतिको संगम

नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको साउने सङ्क्रान्ति आज देशभर विभिन्न परम्पराअनुसार मनाइँदै छ। सौरमासअनुसार साउन महिनाको पहिलो दिनलाई साउने वा कर्कट सङ्क्रान्ति भनिन्छ। यस दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने र दक्षिणायन सुरु हुने धार्मिक मान्यता रहेको छ। साउने सङ्क्रान्तिसँगै नेपाली समाजमा साउन महिनाभर मनाइने धार्मिक तथा सांस्कृतिक गतिविधिको सुरुआत हुन्छ। विशेषगरी शिवभक्तहरूले सोमबार व्रत बस्ने, शिवालयमा पूजा गर्ने, महिलाहरूले हरिया चुरा, पोते र मेहेन्दी लगाउने परम्परा यसै महिनादेखि सुरु हुन्छ। कृषिप्रधान नेपालमा असारभर धान रोपाइँमा व्यस्त… पुरा पढौ

राष्ट्रिय झण्डाका परिकल्पनाकार श्री ३ कुश्माखर उपाध्याय घिमिरेको पूर्णकदको शालिक स्थापना

नेपालको राष्ट्रिय झण्डाका परिकल्पनाकार तथा लमजुङको इतिहासमा विशिष्ट योगदान पु¥याएका राष्ट्रिय व्यक्तित्व श्री ३ कुश्माखर उपाध्याय घिमिरेको पूर्णकदको शालिक स्थापना गरिएको छ । लमजुङको बेसीशहर नगरपालिका–३ रानीकुवामा शुक्रबार विधीपूर्वक पुजाआजा गरी स्थापना गरिएको होे । श्री ३ कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठान, लमजुङको पहलमा निर्माण गरिएको शालिक साउन १ गते स्थापना गरिएको हो। शालिक निर्माण तथा स्थापनाका लागि गण्डकी प्रदेश सरकारबाट १५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्रीकान्त घिमिरेले शालिक स्थापना गर्नुको उद्देश्य इतिहासमा… पुरा पढौ

एक महिनाभित्र फोहर व्यवस्थापन नगरे गाडी रोक्ने चेतावनी

लमजुङको बेँसीसहरस्थित कर्पुरेश्वर टोल विकास समितिले फोहोर व्यवस्थापनमा बेँसीसहर नगरपालिकाले ठोस पहल नगरे साउन २१ गतेपछि फोहोर बोकेका गाडी सञ्चालनमा रोक लगाउने चेतावनी दिएको छ। समितिका संयोजक लोकबहादुर गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले साउन २१ गतेभित्र फोहोरको उचित व्यवस्थापन गर्न नगरपालिकालाई आग्रह गर्दै सो अवधिसम्म पनि समस्या समाधान नभए कर्पुरेश्वर–दनैफाँट क्षेत्रबाट तल नगरपालिका क्षेत्रको फोहोर बोकेका सवारीसाधनलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो। समितिका अनुसार बेँसीसहर नगरपालिका–८ अन्तर्गत मर्स्याङ्दी नदी किनारमा लामो समयदेखि अव्यवस्थित रूपमा फोहोर फालिँदै आएको छ। यसले… पुरा पढौ

बेसीशहरमा नेवाः सार्वजनिक घाट निर्माण

लमजुङ बेसीशहरमा दाहसंस्कारका लागि उपयुक्त सार्वजनिक घाटको अभाव अन्त्य गर्ने उद्देश्यले निर्माण गरिएको नेवास् सार्वजनिक घाट निर्माण कार्य सम्पन्न भएको छ। बेसीशहर नेवार समाजको पहलमा निर्माण गरिएको उक्त घाट बेसीशहर नगरपालिका–७, भोटेफाँट जाने पुल नजिक अवस्थित रहेको छ। घाट नेवार समुदायको अग्रसरतामा निर्माण गरिए पनि सम्पूर्ण समुदायले प्रयोग गर्न सक्ने सार्वजनिक संरचनाका रूपमा सञ्चालन गरिने समाजले जनाएको छ। निर्माण समितिका अनुसार घाट निर्माणका लागि समुदायबाट २४ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको थियो। निर्माण कार्यमा करिब १९ लाख रुपैयाँ… पुरा पढौ

तिलहरमा ज्येष्ठ नागरिकको सक्रियता बढ्दो, भजन–कीर्तन कार्यक्रममा सयभन्दा बढीको सहभागिता

लमजुङको बेसीसहर नगरपालिका–११ तिलाहार ुमा रहेको ज्येष्ठ नागरिक सङ्घ समिति दिवा सेवा केन्द्रले नियमित रूपमा सञ्चालन गर्दै आएको भजन–कीर्तन कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सहभागिता दिनप्रतिदिन बढ्दै गएको छ। प्रत्येक महिनाको १ र १५ गते आयोजना हुने उक्त कार्यक्रममा त्यस क्षेत्रका एक सयभन्दा बढी ज्येष्ठ नागरिकहरू सहभागी हुने गरेका छन्। रामचोक गाउँ, बस्नेतडाँडा, बानियापधेरा, गैराथोक, तिनपिप्ले, तिलाहार, स्याउत, कार्कीडाँडा तथा पण्डितथोक लगायतका विभिन्न बस्तीबाट ज्येष्ठ नागरिकहरू कार्यक्रममा उपस्थित हुने गरेका छन्। दिनभर सञ्चालन हुने भजन–कीर्तन तथा धार्मिक गतिविधिले समयको सदुपयोग हुनुका साथै… पुरा पढौ

मिप्रामा ’भिर मौरी मह सिकार उत्सवमा रमाए पर्यटक

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रामा साहसिक पर्यटन र परम्परागत संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले ’भिर मौरी मह सिकार उत्सव २०८३’ को आयोजना गरिएको छ। मस्र्याङ्दी गाउँपालिकामा हरेक वर्ष नियमित रूपमा आयोजना गरिने यो मह सिकार यहाँको वार्षिक तालिकाकै एउटा अभिन्न हिस्सा र गुरुङ समुदायको ऐतिहासिक एवं गौरवशाली पहिचान हो। सदियौँदेखि चलिआएको यो परम्परागत कला केवल जीविकोपार्जनको माध्यम मात्र नभई गुरुङ गाउँहरूको वीरता र पुख्र्यौली सीपको प्रतीक समेत मानिन्छ। विशेषगरी गुरुङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा मह काड्नुअघि प्रकृति र देवदेवीको पूजा गर्ने… पुरा पढौ