धर्म/ सस्कृती

आज विजयादशमी, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

लमजुङ । आज बडादशैँ अर्थात् विजयादशमी पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। दुर्गापक्षको मुख्य दिन विजयादशमीमा मान्यजनको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। साइत खोजेर टीका लगाउनेका लागि पश्चिम फर्केर टीका थाप्न समितिले जनाएको छ। घटस्थापनाका दिन स्थापना गरिएको घडामा आह्वान गरिएका देवीको विसर्जन गर्ने साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ। विजयादशमीलाई असत्यमाथि सत्य र आसुरी… पुरा पढौ

जन्मदिनको खर्च कटाएर विपन्न परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग

लमजुङ। जन्मदिनमा हुने खर्च कटाएर लायन्स क्लब अफ लमजुङ टुगेदर वी क्यानका सदस्यहरूले दसैँको फूलपातीका दिन विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्। क्लबका अध्यक्ष दिव्या मास्के, सचिव रोशनी श्रेष्ठ तथा सदस्य अप्सरा श्रेष्ठ र प्रसन्न श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर बेसीशहर नगरपालिका–३, दनाईगाउँमा बस्दै आएको चन्द्रबहादुर दुलालको परिवारलाई सहयोग गरेका हुन्। क्लबका सदस्यहरूले चन्द्रबहादुरकी श्रीमती धनमाया दुलाल र उनका सात वर्षीय छोरा विवेक तथा तीन वर्षीया छोरी विनिताका लागि आवश्यक चामल, दाल, तेल, मसला, मासुलगायत दसैँमा आवश्यक सामग्री… पुरा पढौ

बाजाजागा सहित गाउँशहरमा भित्र्याइयो फूलपाती

लमजुङको ऐतिहासिक गाउँसहर दरबारस्थित कालिका मन्दिरमा बाजागाजा र फूलमालासहित फूलपाती भित्र्याइएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको सहभागितामा फूलपाती भित्र्याइएको हो। बेसीशहरस्थित चण्डीबाट फूलपातीको डोली ल्याएर गाउँसहर दरबार तथा कालिका मन्दिर परिसरमा भित्र्याइएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी बलका प्रमुख विकास अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी विक्रम देव थापा , प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी सहभागी थिए। शाहवंशको उद्गमस्थलका रूपमा परिचित गाउँसहरमा… पुरा पढौ

चाडपर्वमा कालोबजारी र गैरकानुनी गतिविधि नगर्न लमजुङ प्रशासनको आग्रह

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले कालोबजारी, ठगी, जुवातास र शान्ति सुरक्षामा असर पार्ने गतिविधि नगर्न जिल्लावासीलाई आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै चाडपर्वका समयमा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखी जिल्ला सुरक्षा समितिले जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ। प्रशासनले सामाजिक सद्भाव कायम राख्दै सुरक्षित र शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरेको छ। प्रशासनका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने, वस्तु तथा सेवाको मूल्य बढाउने, म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री… पुरा पढौ

घटस्थापना: शान्ति पूजा गरेर जमरा राख्न सकिने, अन्यथा द्वितीयामा पनि उत्तम

यसवर्षको बडादसैँको पहिलो दिन घटस्थापना भोलि आइतबार मनाइँदैछ। यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले जमरा राख्ने विषयमा विभिन्न चर्चा भइरहेका बेला ज्योतिषीहरूले शास्त्रीय विधिअनुसार पूजा गरेर जमरा राख्न सकिने बताएका छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भोलि बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको छ। चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि सम्बन्धित शान्ति पूजा गरेर विधिपूर्वक जमरा राख्नु राम्रो हुने धार्मिक जानकारहरूको भनाइ छ। तर शान्ति पूजा गर्ने विधिबारे जानकारी नभएका वा… पुरा पढौ

चिती कार्किडाँडा सेवा समाजको चाडपर्वलक्षित शुभकामना आदानप्रदान

लमजुङ । श्री चिती कार्किडाँडा सेवा समाज, बेसीशहर लमजुङको चाडपर्वलक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नजिकिदै गरेको वडा दशैं, दिपावली, छठ तथा नेपाल सम्वदको असवरमा बेसीशहर नगरपालिका–८ स्थित हुलाकी भवनमा आयोजित कार्यक्रममा समाजका पदाधिकारी, सदस्य, अतिथि सदस्य तथा पूर्वपदाधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा समाजका अध्यक्ष शिवराम सिलुवालले संस्थाका गतिविधिबारे जानकारी गराउँदै चाडपर्वले हर्षोल्लाससँगै एकता, सद्भाव र सहयोगको भावना अभिवृद्धि गर्ने बताउनुभयो । समाजले अपेक्षाअनुसार सबै काम गर्न नसके पनि संस्थाको सक्रियता र सामाजिक प्रभाव सकारात्मक रहेको उहाँको भनाइ… पुरा पढौ

यस वर्षको तीज: उत्सवभन्दा पीडितको साथमा नेपाली महिला

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज आज देशभर मनाइँदैछ। धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने तीजमा महिलाहरूले भगवान् शिवको पूजा–आराधना गर्दै सुख, शान्ति र पारिवारिक समृद्धिको कामना गर्ने परम्परा छ। विवाहित तथा अविवाहित महिलाहरूले व्रत बस्ने, पूजाआजा गर्ने र माइती तथा साथीभाइसँग भेटघाट गर्ने भएकाले तीजलाई महिलाको भावना, सम्बन्ध र संस्कृतिसँग जोडिएको पर्वका रूपमा पनि लिइन्छ। तीजका अवसरमा महिलाहरू व्रत बसेर भगवान् शिवको पूजा–आराधना गर्ने तथा विभिन्न शिवालयमा पुगेर पूजाआजा गर्ने गर्छन्। यस दिन देशका प्रमुख शिवालयहरूमा महिलाहरूको ठूलो भीड… पुरा पढौ

यस वर्षको तीज, दरभन्दा ठूलो बन्यो दुःखमा साथ

हरितालिका तीज नेपाली महिलाहरूको आफ्नै भावना, संस्कार र आत्मीयतासँग जोडिएको पर्व हो। तीजको अघिल्लो दिन खाने ‘दर’ यस पर्वको महत्वपूर्ण परम्परामध्ये एक हो। तर, यस वर्षको तीजमा दरको अर्थ र उत्सवको स्वरूप केही फरक देखिएको छ। तीजको व्रतका लागि शरीरलाई आड र शक्ति मिलोस् भन्ने उद्देश्यले व्रतको अघिल्लो दिन दर खाने परम्परा बसेको मानिन्छ। दूध, दही, घिउ, खिर, ढकने, सेलरोटी, फलफूललगायत ठाउँ र समुदायअनुसार विभिन्न पौष्टिक तथा मीठा परिकार दरका रूपमा खाने गरिन्छ। परम्पराअनुसार माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने, दिदीबहिनी… पुरा पढौ

आज कुशेऔँसी: कुशको धार्मिक महत्वसँगै बाबुप्रति सम्मान गर्ने दिन

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन्। भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा धार्मिक कार्यमा अत्यन्त महत्वपूर्ण मानिने कुश विधिपूर्वक घरमा भित्र्याउने गरिन्छ। यही दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइने भएकाले कुशेऔँसी धार्मिक आस्था र पारिवारिक सम्मानसँग जोडिएको पर्व हो। सनातन परम्परामा कुशलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ। वर्षभरि गरिने देवकार्य, पितृकार्य, श्राद्ध, तर्पण तथा विभिन्न धार्मिक कर्मकाण्डमा कुशको प्रयोग गरिन्छ। धार्मिक मान्यताअनुसार कुशेऔँसीका दिन विधिपूर्वक उखेलिएको कुश वर्षभरि प्रयोग गर्न योग्य मानिन्छ। त्यसैले यस दिन घरघरमा कुश… पुरा पढौ

आज युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदैछ। नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएका भट्टको जन्म वि।सं। १९२३ भदौ कृष्ण कुशे औँसीमा भएको थियो। ३० वर्षको उमेरमा वि।सं। १९५३ भदौ कृष्ण कुशे औँसीकै दिन उनको निधन भएको थियो। भट्टले आदिकवि भानुभक्त आचार्यको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखाना भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका थिए। यसैसँगै नेपाली पत्रकारिताको विकासको आधारसमेत तयार भएको मानिन्छ। जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत साहित्यिक संस्थाले विभिन्न कार्यक्रम… पुरा पढौ