शिक्षा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १८ अर्ब १३ करोड जम्मा

काठमाडौं । त्रिशूली बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा कार्तिक १० गते बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ वटा वाणिज्य बैंकमा मौज्दात १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा तीन करोड पाँच लाख… पुरा पढौ

आज विजयादशमी, टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

लमजुङ । आज बडादशैँ अर्थात् विजयादशमी पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। दुर्गापक्षको मुख्य दिन विजयादशमीमा मान्यजनको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमीको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। साइत खोजेर टीका लगाउनेका लागि पश्चिम फर्केर टीका थाप्न समितिले जनाएको छ। घटस्थापनाका दिन स्थापना गरिएको घडामा आह्वान गरिएका देवीको विसर्जन गर्ने साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ। विजयादशमीलाई असत्यमाथि सत्य र आसुरी… पुरा पढौ

अन्नपूर्ण युवा क्लब छापा पुरुष र महिला दुवैतर्फ च्याम्पियन

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रामा आयोजित २०औँ कन्यादेवी कप–२०८३ अन्तर्गत पुरुष तथा महिला फुटबल प्रतियोगिताको उपाधि अन्नपूर्ण युवा क्लब, छापाले जितेको छ। कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा दुवैतर्फ उपाधि जित्दै छापाले दोहोरो सफलता हात पारेको हो। मर्स्याङ्दी गाउँपालिकाको प्रवर्द्धन तथा वडा नं। ४ को कार्यालयको सह–प्रवर्द्धनमा आयोजित प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ चार टोली सहभागी थिए। पुरुषतर्फको फाइनलमा छापाले चन्द्रमा युवा क्लब, थाकनलाई ५–० गोलले पराजित गर्दै उपाधि जित्यो। महिलातर्फ छापाले आयोजक कन्यादेवी क्लबलाई ३–० गोलले हराउँदै च्याम्पियन बन्यो।… पुरा पढौ

बाजाजागा सहित गाउँशहरमा भित्र्याइयो फूलपाती

लमजुङको ऐतिहासिक गाउँसहर दरबारस्थित कालिका मन्दिरमा बाजागाजा र फूलमालासहित फूलपाती भित्र्याइएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको सहभागितामा फूलपाती भित्र्याइएको हो। बेसीशहरस्थित चण्डीबाट फूलपातीको डोली ल्याएर गाउँसहर दरबार तथा कालिका मन्दिर परिसरमा भित्र्याइएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी बलका प्रमुख विकास अधिकारी, नेपाली सेनाका प्रमुख सेनानी विक्रम देव थापा , प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी सहभागी थिए। शाहवंशको उद्गमस्थलका रूपमा परिचित गाउँसहरमा… पुरा पढौ

पाँच वर्षदेखि अलपत्र लमजुङ दरबार पुनर्निर्माण, प्लास्टिकको छाप्रोमा कालिका मूर्ति

लमजुङको बेँसीसहर नगरपालिका–३ गाउँशहरमा रहेको ऐतिहासिक लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माण कार्य पाँच वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन। बजेट अभाव र निर्माणमा भएको ढिलाइका कारण दरबार तथा मन्दिरको काम अलपत्र पर्दा स्थानीय चिन्तित बनेका छन्। लमजुङ दरबार र कालिका मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका सम्पदा हुन्। तर, पुनर्निर्माणले पूर्णता नपाउँदा कालिका मन्दिरमा रहेका मूर्तिलाई पाँच वर्षदेखि प्लास्टिकको छाप्रो बनाएर राख्नुपर्ने अवस्था छ। यही छाप्रोमा मूर्ति राखेर पूजाआजा हुँदै आएको छ। विशेषगरी वडा दसैँ र चैते दसैँमा… पुरा पढौ

चाडपर्वमा कालोबजारी र गैरकानुनी गतिविधि नगर्न लमजुङ प्रशासनको आग्रह

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले कालोबजारी, ठगी, जुवातास र शान्ति सुरक्षामा असर पार्ने गतिविधि नगर्न जिल्लावासीलाई आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै चाडपर्वका समयमा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखी जिल्ला सुरक्षा समितिले जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ। प्रशासनले सामाजिक सद्भाव कायम राख्दै सुरक्षित र शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरेको छ। प्रशासनका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने, वस्तु तथा सेवाको मूल्य बढाउने, म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री… पुरा पढौ

यस वर्ष ११ दिनको दशैँ, कात्तिक ४ गते विजयादशमी

यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले नवरात्र १० दिनको भएको छ भने घटस्थापनाको ११औँ दिन अर्थात् कात्तिक ४ गते विजयादशमी मनाइँदैछ। घटस्थापना असोज २५ गते गरिएको थियो। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार अष्टमी तिथि दुई दिनसम्म रहेकाले दशैँ लम्बिएको हो। समितिले विजयादशमीको टीकाको साइत बिहान १०स्२६ बजे निर्धारण गरेको छ। टीका लगाउँदा लगाइदिने व्यक्ति पूर्व र लगाइमाग्ने व्यक्ति पश्चिम फर्किनुपर्ने बताइएको छ। नवरात्र देवी दुर्गाका नौ स्वरूपको पूजा–आराधना गर्ने पर्व हो। यस अवधिमा महाकाली, महालक्ष्मी र महासरस्वतीको उपासना गरिन्छ।… पुरा पढौ

मिप्रामा २०औँ कन्यादेवी कप सुरु, पुरुषतर्फ २४ टोली सहभागी

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, मिप्रामा बुधबारदेखि २०औँ कन्यादेवी कप–२०८३ सुरु भएको छ। कन्यादेवी क्लबको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा पुरुष तथा महिला फुटबल खेल सञ्चालन हुने आयोजकले जनाएको छ। क्लबका अध्यक्ष सुब्बा गुरुङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले गरेका हुन्। प्रतियोगितामा पुरुषतर्फ २४ टोली सहभागी भएका छन्। उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङले खेलकुदले युवालाई सकारात्मक गतिविधिमा जोड्नुका साथै अनुशासन, आपसी सद्भाव र सहकार्यको भावना विकास गर्न सहयोग पुर्‍याउने बताए। उनले यस्ता प्रतियोगिताले खेलकुदको विकाससँगै स्थानीय कला, संस्कृति… पुरा पढौ