
लमजुङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्याब्सन लमजुङसँग आबद्ध विद्यालयहरूले १६ लाख ३१ हजार ४५ रुपैयाँ सहयोग गरेका छन्। प्याब्सन लमजुङले सार्वजनिक गरेको विवरणअनुसार विद्यालयहरूबाट संकलित १२ लाख ४७ हजार ६ सय ५५ रुपैयाँ प्याब्सन राहत कोषमा जम्मा भएको छ भने ३ लाख ८३ हजार ३ सय ९० रुपैयाँ सम्बन्धित राहत कोषमा सिधै जम्मा गरिएको छ।
प्याब्सनको राहत कोषमा सबैभन्दा बढी युनिभर्सल एकेडेमी, बेसीशहर–७ ले ३ लाख ५० हजार ४ सय ६८ रुपैयाँ सहयोग गरेको छ। त्यस्तै अर्थली प्याराडाइज सेकेन्डरी स्कुल, बेसीशहर–८ ले १ लाख ३४ हजार ६ सय ६०, ग्लोबल भिजन इङ्लिस सेकेन्डरी स्कुल, सुन्दरबजार–९ ले १ लाख ३८ हजार ५ सय २०, भू।पू। सैनिक आवासीय माध्यमिक विद्यालय, बेसीशहर–७ ले १ लाख २० हजार ७० रुपैयाँ सहयोग गरेका छन्।
यसैगरी ल्यान्डस्टार इङ्लिस स्कुल, बेसीशहर–८ ले १ लाख १२ हजार २ सय १२, विद्या विकास सेकेन्डरी स्कुल, बेसीशहर–७ ले १ लाख १ हजार ७ सय ४०, भू।पू। लोटस मोन्टेसरी, सुन्दरबजार–९ ले ८३ हजार ५ सय ३६, हिमाली आवासीय माध्यमिक विद्यालय, मध्यनेपाल–६ ले ६६ हजार ९ सय ४०, भू।पू। सैनिक माध्यमिक विद्यालय, सुन्दरबजार–९ ले ६२ हजार १ सय ९५, रानीपानी ग्रीन भ्याली एकेडेमी, मध्यनेपाल–६ ले ४७ हजार २ सय ९९ र मनकामना इङ्लिस सेकेन्डरी बोर्डिङ स्कुल, बेसीशहर–२ ले ३० हजार १५ रुपैयाँ राहत कोषमा जम्मा गरेका छन्।
त्यस्तै हिमचुली सेकेन्डरी स्कुल, मर्स्याङ्दी–३, खुदी ले ७५ हजार १ सय ९५, न्यु एरा इङ्लिस बोर्डिङ स्कुल, बेसीशहर–८ ले ७४ हजार १ सय ६०, बुद्ध मेमोरियल इङ्लिस बोर्डिङ स्कुल, बेसीशहर–८ ले ६५ हजार र राइनास एन’ ग्लोबल इङ्लिस स्कुल, राइनास–४ ले ५३ हजार २ सय ३५ रुपैयाँ सिधै सहयोग गरेका छन्।
प्याब्सन लमजुङले विपद्को कठिन परिस्थितिमा भोटेकोशी बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले विद्यालय तथा शैक्षिक क्षेत्रबाट सहयोग संकलन गरेको जनाएको छ। बाढीपहिरोबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्याब्सनले प्रभावित परिवारको राहतमा हातेमालो गर्ने सबै विद्यालय तथा सहयोगदाताप्रति आभार व्यक्त गरेको छ।










