लमजुङ । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै लमजुङमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। यात्राका क्रममा यात्रुले भोग्न सक्ने समस्या, सुरक्षा तथा ट्राफिक व्यवस्थापनसम्बन्धी गुनासा र सुझावलाई तत्काल सम्बोधन गर्ने उद्देश्यले जिल्लाका पाँच स्थानमा सहायता कक्ष स्थापना गरिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार सुन्दरबजार नगरपालिका–७ पाउँदी, सुन्दरबजार–९ सिउँडीबार चोक, मध्यनेपाल नगरपालिका–७ पाखुरीचोक, बेसीशहर नगरपालिका–२ भकुण्डे चालिसेचोक र राइनास नगरपालिका–६ धमिलीकुवा चोकमा यात्रु सहायता कक्ष सञ्चालनमा आएका छन्। यसैबीच बेसीशहर–२ भकुण्डे चालिसेचोकमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले यात्रु सहायता…
पुरा पढौ