विचार/ब्लग

पाँच वर्षदेखि अलपत्र लमजुङ दरबार पुनर्निर्माण, प्लास्टिकको छाप्रोमा कालिका मूर्ति

लमजुङको बेँसीसहर नगरपालिका–३ गाउँशहरमा रहेको ऐतिहासिक लमजुङ दरबार र कालिका मन्दिरको पुनर्निर्माण कार्य पाँच वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन। बजेट अभाव र निर्माणमा भएको ढिलाइका कारण दरबार तथा मन्दिरको काम अलपत्र पर्दा स्थानीय चिन्तित बनेका छन्। लमजुङ दरबार र कालिका मन्दिर ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका सम्पदा हुन्। तर, पुनर्निर्माणले पूर्णता नपाउँदा कालिका मन्दिरमा रहेका मूर्तिलाई पाँच वर्षदेखि प्लास्टिकको छाप्रो बनाएर राख्नुपर्ने अवस्था छ। यही छाप्रोमा मूर्ति राखेर पूजाआजा हुँदै आएको छ। विशेषगरी वडा दसैँ र चैते दसैँमा… पुरा पढौ

बेसीसहर क्षेत्र सहकारी समन्वय समितिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

लमजुङ। बेसीसहर क्षेत्र सहकारी समन्वय समिति लमजुङले बुधबार बेसीसहरमा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। समितिकी अध्यक्ष सावित्री तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सचिव अशोक योञ्जनले सहजिकरण गर्नुभएको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा बेसीसहर क्षेत्रभित्रका विभिन्न सहकारी संस्थाका अध्यक्ष, प्रबन्धक तथा सञ्चालकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बेसीसहर क्षेत्र विकास सहकारी संस्थाका निर्वतमान अध्यक्ष पुर्णलाल श्रेष्ठ, पूर्व अध्यक्ष नारायणप्रसाद घिमिरे, योगेश घिमिरे, जनकल्याण साकोसका चित्रबहादुर गुरुङ,लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले बेसीसहरभित्रका सहकारी संस्थाबीच आपसी समन्वय र… पुरा पढौ

जनसम्पर्क समितिबाट कांग्रेसका ७ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचित हुनेमा दुई महिला र विभिन्न क्षेत्रबाट पाँच जना रहेका छन्। महिला समूहबाट सीता सापकोटा घिमिरे र चन्दा अधिकारी निर्वाचित भएका छन्। घिमिरेले ३ हजार ११३ मत प्राप्त गर्दा अधिकारीले २ हजार ८९६ मत प्राप्त गरिन्। महिला समूहका दुई पदका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धामा थिए। युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाही केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले १ हजार ४१२ मत प्राप्त गरेका… पुरा पढौ

अनुगमनको सुइँको पाएपछि भकुण्डेबेँसीका केही व्यवसायी सटर बन्द गरेर भागे

लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेबेँसी र वडा नं। ३ रानीकुवामा गरिएको बजार अनुगमनका क्रममा अनुगमन टोली आएको सुइँको पाएपछि भकुण्डेबेँसीका केही व्यवसायीले सटर बन्द गरेर भागेका छन्। शनिबार गरिएको अनुगमनका क्रममा दुवै स्थानका १३ वटा व्यवसायको निरीक्षण गरिएको थियो। रानीकुवाका ५ वटा र भकुण्डेबेँसीका ८ वटा व्यवसायमा अनुगमन गरिएको हो। अनुगमन टोली आएको जानकारी पाएपछि भकुण्डेबेँसीका केही व्यवसायीले पसल बन्द गरेको जनाइएको छ। अनुगमन गरिएका व्यवसायमध्ये किराना तथा स्टोर्स ८, होटल तथा खाजाघर २, कस्मेटिक पसल १, राइस मिल १ र… पुरा पढौ

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित हुनुभएको छ । शनिबार बिहान सम्पन्न मतगणनाअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्नुभएको छ । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिका अनुसार ५४ मत बदर भएका छन् । सभापतिसहित केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनमा ९६.२ प्रतिशत मत खसेको थियो । पार्टीका विभिन्न २३१ पदका लागि ८११ जनाले उम्मेदवारी दिएका थिए । यसैबीच, वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल… पुरा पढौ

बाढीपीडितलाई विद्युत् महसुलमै जरिवाना र भ्याट

फोटो एआइबाट निर्मित काठमाडौं । भोटेकोशी बाढीबाट घरबार गुमाएर विस्थापित भएका पीडितमाथि नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुलको जरिवाना र भ्याटसमेत थपेर बिल पठाएको पाइएको छ। भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट र धादिङका नदी किनारका बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो। कैयौँ घर बगेका छन् भने कतिपय घर पुरिएका छन्। केही स्थानमा विद्युत्का मिटरसमेत बाढीले बगाएको छ। घर नै नरहेपछि विद्युत् प्रयोग गर्न नपाएका पीडितका नाममा समेत महसुल र जरिवाना थपिएपछि उनीहरू थप समस्यामा परेका छन्। कतिपय पीडितले मिटरको लगत कट्टा… पुरा पढौ

अबको बेसीशहर : सम्भावनाबाट समृद्धितर्फ !!

बेसीशहर केवल एउटा नगरपालिका मात्रै होइन, लमजुङको आर्थिक, प्रशासनिक, शैक्षिक, पर्यटन र व्यावसायिक केन्द्र बन्ने ठूलो सम्भावना बोकेको शहर हो। यहाँको प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, कृषि, पर्यटन, व्यापार, शिक्षा, युवा जनशक्ति र सांस्कृतिक सम्पदा हाम्रो ठूलो पूँजी हो। तर सम्भावना आफैँ विकासमा रूपान्तरण हुँदैन। त्यसका लागि दूरदृष्टि, स्पष्ट योजना, सक्षम नेतृत्व, इमानदार कार्यान्वयन र निरन्तर जनसहभागिता आवश्यक हुन्छ। अबको बेसीशहर कस्तो बनाउने भन्ने प्रश्न केवल राजनीतिक दल वा जनप्रतिनिधिको मात्र होइन, बेसीशहरका प्रत्येक नागरिकको साझा प्रश्न हो। १. योजनाबद्ध र… पुरा पढौ

निशुल्क शिक्षादेखि स्वर्ण पदकसम्म: ग्रामीण स्वास्थ्य रूपान्तरणका नायक डा. शिशिर देवकोटा

आफ्नो सम्पूर्ण अध्ययन यात्रामा परिवारको एक रुपैयाँ पनि खर्च हुन नदिनुभएका डा.देवकोटा नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा निष्ठा, कार्यकुशलता र सेवाभावको पर्यायवाची बन्नुभएको छ र आजका युवा चिकित्सकहरूका लागि एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। बुबा नेत्रप्रसाद देवकोटा र आमा राजकुमारी देवकोटाको कोखबाट तीनजना सन्तान मध्ये कान्छो छोराको रुपमा गोरखाको ऐतिहासिक भूमि अजिरकोट-५ मा जन्मिनुभएका ३४ वर्षीय डा.देवकोटाको जीवन यात्रा सङ्घर्ष, समर्पण र अतुलनीय सफलताको एउटा प्रेरक कथा हो। प्रारम्भिक सङ्घर्ष र शैक्षिक फड्को डा. देवकोटाको प्रारम्भिक शिक्षा भने गाउँकै स्थानीय श्री चतुर्माला… पुरा पढौ

मुख्यमन्त्री पाण्डेद्वारा मनाङमा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार मनाङको चामेमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। पोखराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत चामे पुगेका मुख्यमन्त्री पाण्डेले सदरमुकाम चामेबाट माथिल्लो मनाङ जोड्ने मोटरेबल पुल तथा आसपासका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले मर्स्याङ्दी नदीमा बाढीपहिरोसँगै थुप्रिएको लेदो, बालुवा, गिटी, ढुंगा तथा गेग्र्यान हटाउने कामबारे जानकारी लिएका थिए। बाढीपहिरोका कारण सडक तथा पुलमा क्षति पुगेको र आवागमन प्रभावित भएको अवस्थामा तत्काल आवश्यक काम अघि बढाउने मुख्यमन्त्री पाण्डेले बताए। प्रभावित नागरिकका… पुरा पढौ

उत्पादन, रोजगारी र उद्यमलाई केन्द्रमा राख्ने कांग्रेसको अवधारणा अघि सार्दै जितेन्द्र विक्रम शाहीको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्य पदका लागि जितेन्द्र विक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन्। नर्वेमा लामो समयदेखि व्यवसाय, सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न शाहीले आफ्नो उम्मेदवारीसँगै ‘अबको कांग्रेस स् उत्पादन, रोजगारी र समृद्धिको कांग्रेस’ भन्ने अवधारणा अघि सारेका छन्। शाही नेपाली जनसम्पर्क समिति नर्वेको तीन कार्यकाल सभापति भइसकेका छन्। २०२५ मा सम्पन्न समितिको पाँचौँ अधिवेशनले उनलाई निवर्तमान सभापतिको रूपमा बिदाइ गर्दै पारस मणि मिश्रलाई नयाँ सभापति चयन गरेको थियो। सोही अधिवेशनबाट शाही १५औँ महाधिवेशनका लागि महासमिति सदस्यमा समेत… पुरा पढौ