साहित्य

आज कुशेऔँसी: कुशको धार्मिक महत्वसँगै बाबुप्रति सम्मान गर्ने दिन

वैदिक सनातन धर्मावलम्बीले आज कुशेऔँसी पर्व मनाउँदैछन्। भदौ कृष्ण औँसीका दिन मनाइने यस पर्वमा धार्मिक कार्यमा अत्यन्त महत्वपूर्ण मानिने कुश विधिपूर्वक घरमा भित्र्याउने गरिन्छ। यही दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइने भएकाले कुशेऔँसी धार्मिक आस्था र पारिवारिक सम्मानसँग जोडिएको पर्व हो। सनातन परम्परामा कुशलाई पवित्र वनस्पतिका रूपमा लिइन्छ। वर्षभरि गरिने देवकार्य, पितृकार्य, श्राद्ध, तर्पण तथा विभिन्न धार्मिक कर्मकाण्डमा कुशको प्रयोग गरिन्छ। धार्मिक मान्यताअनुसार कुशेऔँसीका दिन विधिपूर्वक उखेलिएको कुश वर्षभरि प्रयोग गर्न योग्य मानिन्छ। त्यसैले यस दिन घरघरमा कुश… पुरा पढौ

रसुवा बाढी: ज्यान गुमाउनेको सङ्ख्या एक हजार २५२ पुग्यो, चार हजारभन्दा धेरै सम्पर्क विहीन

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १८ गते राति ९ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परी १ हजार २५२ जनाको मृत्यु भएको छ भने ४ हजार १२६ जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९९३ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले हवाई माध्यमबाट मात्रै ४ हजार ३६४ जनाको उद्धार गरेको छ, जसमा २७३ जना… पुरा पढौ

‘जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको छ’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो । उहाँले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद‍्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो । प्रधानमन्त्री शाहको सम्बोधनको पूर्णपाठ – सम्माननीय सभामुखज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय… पुरा पढौ

‘हाम्रो मर्स्याङ्दीः हाम्रो गौरव’ जीवनी पुस्तक प्रकाशन गरिने

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले गाउँपालिकासँग सम्बन्धित राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको योगदान समेटेर जीवनी पुस्तक प्रकाशन गर्ने भएको छ। गाउँपालिकाको चालु आर्थिक वर्ष २०८३ र ०८४ को स्वीकृत कार्यक्रमअन्तर्गत ‘राष्ट्रिय व्यक्तित्व तथा सामाजिक अभियन्ताहरूको जीवनी प्रकाशन’ कार्यक्रम कार्यान्वयन गर्ने सम्बन्धमा मगंलबार सामाजिक विकास समितिका संयोजक तिलबहादुर गुरुङको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेललगायतको उपस्थितिमा सम्पन्न बैठकले मर्स्याङ्दीको इतिहास, कला, साहित्य, संगीत, राजनीति, समाजसेवा तथा विकासका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूको योगदान र प्रेरणादायी… पुरा पढौ

हङकङबाट लमजुङका दुई पीडित परिवारलाई साढे ८ लाख सहयोग

हङकङमा रहेका लमजुङवासीले जिल्लाका दुई पीडित परिवारलाई कुल ८ लाख ५७ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन्। लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङले सोमबार बेसीशहरस्थित रेडियो मर्स्याङ्दीको कार्यालयमा आयोजित कार्यक्रममा बेसीशहर नगरपालिका–५ नाल्मा गैरी गाउँका मुखको क्यान्सरबाट पीडित ७० वर्षीय सुरेन्द्रकुमार गुरुङ र बेसीशहर नगरपालिका–१० बाँझाखेत रातमाटाका पहिरोमा ज्यान गुमाएका लगनध्वज गुरुङको परिवारलाई जनही ४ लाख २८ हजार ५ सय रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरेको हो। समितिका अनुसार सुरेन्द्रकुमार गुरुङको उपचारका लागि तथा मृतक लगनध्वज गुरुङको परिवारलाई… पुरा पढौ

विश्व नवनिर्माण र शान्तिका लागि ऐतिहासिक दिन

ऐतिहासिक दिन २०७५ मंसिर २९ (१५ डिसेम्बर २०१८) मा "जन्मदिनमा वृक्षरोपण अभियान नेपाल" को शुभारम्भ भयो। यस अभियानको मूल उद्देश्य मानिसको पृथ्वीमा अवतरण भएको दिन अर्थात् शुभ जन्मदिनलाई प्रकृतिसँग, सत्कर्मसँग र पुण्यकर्मसँग जोड्दै प्रत्येक व्यक्तिले आफ्नो जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोप्ने संस्कार स्थापित गर्नु हो। अभियानले प्रकृतिको दोहनलाई निरुत्साहित गर्दै हराभरा वातावरण, स्वच्छ जल, स्वच्छ जमिन र स्वच्छ वायुमण्डल निर्माण गर्ने लक्ष्य लिएको छ। बढ्दो प्रदूषण न्यूनीकरण, पृथ्वीको तापक्रम घटाउने प्रयास, प्राणीमैत्री वातावरण निर्माण तथा पवित्र विचार, असल कर्म र… पुरा पढौ

राष्ट्रिय झण्डाका परिकल्पनाकार श्री ३ कुश्माखर उपाध्याय घिमिरेको पूर्णकदको शालिक स्थापना

नेपालको राष्ट्रिय झण्डाका परिकल्पनाकार तथा लमजुङको इतिहासमा विशिष्ट योगदान पु¥याएका राष्ट्रिय व्यक्तित्व श्री ३ कुश्माखर उपाध्याय घिमिरेको पूर्णकदको शालिक स्थापना गरिएको छ । लमजुङको बेसीशहर नगरपालिका–३ रानीकुवामा शुक्रबार विधीपूर्वक पुजाआजा गरी स्थापना गरिएको होे । श्री ३ कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठान, लमजुङको पहलमा निर्माण गरिएको शालिक साउन १ गते स्थापना गरिएको हो। शालिक निर्माण तथा स्थापनाका लागि गण्डकी प्रदेश सरकारबाट १५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्रीकान्त घिमिरेले शालिक स्थापना गर्नुको उद्देश्य इतिहासमा… पुरा पढौ

“भानु! फर्केर आऊ, शब्दहरू विलीन हुँदैछन्”

आदरणीय निर्णायकज्यूहरू... आज म कविता लिएर आएको होइन। म एउटा देशको हराउँदै गएको आवाज बोकेर आएको छु। म एउटा आमाको आँखाभरि जमेको प्रतीक्षा बोकेर आएको छु। म एउटा युवाको अधुरो सपना बोकेर आएको छु। र... म एउटा प्रश्न बोकेर आएको छु— भानु! तिमीले लेखेको नेपाल कहाँ हरायो? भानु! फर्केर आऊ। तिम्रो रामायण अझै पुस्तकका पानामा सुरक्षित छ। तर... रामको सत्य मानिसको व्यवहारबाट विलीन हुँदैछ। भरतको त्याग सुविधाको भीडमा हराउँदैछ। हनुमानको निष्ठा लोभको बजारमा बेचिँदैछ। र... सीताको धैर्य हरेक आमाको आँखाबाट… पुरा पढौ

भानु जयन्तीका अवसरमा लक्ष्मीनारायण पुस्तकालयमा कवितावाचन प्रतियोगिता

लमजुङको बेसीशहरस्थित श्री लक्ष्मीनारायण सामुदायिक पुस्तकालयले २१५औँ भानु जयन्तीका अवसरमा खुला कवितावाचन प्रतियोगिता तथा प्रवचन गोष्ठी आयोजना गरेको छ। महिलाहरुका विचमा मात्रै आयोजना गरिएको खुला कवितावाचन प्रतियोगितामा अमृता घिमिरे प्रथम, कमला केसी द्वितीय, कमला दनाई तृतीय तथा सृजना बराल सान्त्वना हुनुभएको थियो। विजेताहरूलाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वका साथै नेपाली भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा उहाँले पुर्‍याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो। यस्ता साहित्यिक कार्यक्रमले नयाँ पुस्तामा साहित्यप्रतिको रुचि… पुरा पढौ

भानु जयन्तीमा बेसीसहरमा प्रभातफेरी र कविता वाचन

आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्तीका अवसरमा लिस्नो साहित्यिक मञ्च नेपाल, बेसीसहर लमजुङले प्रभातफेरी तथा कविता वाचन कार्यक्रम आयोजना गरेको छ। बेसीसहरको मनाङे चौताराबाट सुरु भएको प्रभातफेरी विभिन्न स्थानको परिक्रमा गर्दै जिल्ला समन्वय समिति लमजुङको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो। लिस्नो साहित्यिक मञ्चका अध्यक्ष कमला दनाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुर्णबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल, प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी निरीक्षक झपेन्द्र… पुरा पढौ