स्वास्थ्य

बाढी प्रभावित ताल गाउँमा एचडीसीएसद्वारा स्वास्थ्य सेवा र राहत वितरण

मनाङको ताल गाउँमा बाढीबाट प्रभावित ७० जनाको स्वास्थ्य परीक्षण गरिएको छ। मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) ले स्वास्थ्य परीक्षणसँगै मनोसामाजिक सहयोग र राहत सामग्री वितरण गरेको हो। असोज ११ गते आएको बाढीका कारण ताल गाउँका घरमा पानी पस्दा खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्रीमा क्षति पुगेको थियो। प्रभावित स्थानीयको स्वास्थ्य अवस्था जाँच गर्न र बाढीबाट उत्पन्न मानसिक तनाव कम गर्न एचडीसीएसको टोली गाउँ पुगेको हो। स्वास्थ्य परीक्षण गरिएकामध्ये ३३ जना पुरुष र ३७ जना महिला छन्। यस्तै, बाढीका कारण… पुरा पढौ

लमजुङमा ६३औँ विश्व सेतो छडी सुरक्षा दिवस मनाइयो, दृष्टिविहीनको सुरक्षित आवागमनमा जोड

दृष्टिविहीन व्यक्तिको सुरक्षित आवागमन, अधिकार र आत्मसम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै लमजुङमा ६३औँ विश्व सेतो छडी सुरक्षा दिवस मनाइएको छ। मंगलबार भोटेओडारस्थित भक्ति नमुना माध्यमिक विद्यालयमा ट्राफिक सचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो। कार्यक्रमअघि सुन्दरबजार नगरपालिका–९, सिउँडीबारदेखि डुम्रे–बेँसीसहर सडक हुँदै विद्यालय परिसरसम्म र्‍याली निकालिएको थियो। विभिन्न सन्देश लेखिएका प्लेकार्ड बोकेर दृष्टिविहीनहरूले करिब एक किलोमिटर दूरी पार गरेका थिए। नेपाल नेत्रहीन संघको समावेशी विकासका लागि कार्य परियोजनाको सहयोग तथा बेँसीसहर नगरपालिकासँगको सहकार्यमा लमजुङ नेत्रहीन संघले कार्यक्रम आयोजना गरेको हो। प्रत्येक… पुरा पढौ

बुढीगण्डकीमा भीषण बाढी, ३५ घर बगायो, जगतबाट ६ जनाको हवाई उद्धार

गोरखा — गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि एक्कासि लेदोसहितको ठूलो बाढी आएको छ। बाढीले विभिन्न बस्तीका घर तथा पुल बगाउनुका साथै नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रबाट उद्धारका लागि नेपाली सेनासहित सुरक्षा निकाय परिचालन गरिएको छ। एकाबिहानै ठूलो आवाजसहित बाढी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घर छाडेर अग्लो तथा सुरक्षित स्थानमा पुगेका छन्। स्थानीय बासिन्दा र जनप्रतिनिधिले बाढी भोटेकोशीमा आएको बाढीजस्तै रहेको बताएका छन्। बाढीले चुमनुब्री गाउँपालिकाको पैयू र… पुरा पढौ

बेसीशहरको क्याम्पसरोडमा १८ व्यवसायको अनुगमन, तीन पसललाई दर्ता गर्न निर्देशन

लमजुङ । चाडपर्वलाई लक्षित गर्दै लमजुङको बेसीशहर नगरपालिका–८ क्याम्पसरोड क्षेत्रमा बजार अनुगमन गरिएको छ। बुधबार गरिएको अनुगमनका क्रममा १८ वटा व्यवसायको निरीक्षण गरिएको हो। अनुगमन गरिएका व्यवसायमा १३ वटा किराना पसल, एक होटल, एक फलफूल पसल तथा तीन वटा खाजा तथा चटपटे पसल रहेका छन्। दर्ताबिना सञ्चालनमा रहेका तीन खाजा तथा चटपटे पसललाई सात दिनभित्र सम्बन्धित निकायमा व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ। अनुगमन टोलीले पसलमा मूल्यसूची राखिएको अवस्था, म्याद गुज्रिएका सामग्रीको बिक्री, खाद्यवस्तुको गुणस्तर, सरसफाइ तथा उपभोक्ता हितसँग सम्बन्धित… पुरा पढौ

निशुल्क शिक्षादेखि स्वर्ण पदकसम्म: ग्रामीण स्वास्थ्य रूपान्तरणका नायक डा. शिशिर देवकोटा

आफ्नो सम्पूर्ण अध्ययन यात्रामा परिवारको एक रुपैयाँ पनि खर्च हुन नदिनुभएका डा.देवकोटा नेपालको सार्वजनिक स्वास्थ्य क्षेत्रमा निष्ठा, कार्यकुशलता र सेवाभावको पर्यायवाची बन्नुभएको छ र आजका युवा चिकित्सकहरूका लागि एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। बुबा नेत्रप्रसाद देवकोटा र आमा राजकुमारी देवकोटाको कोखबाट तीनजना सन्तान मध्ये कान्छो छोराको रुपमा गोरखाको ऐतिहासिक भूमि अजिरकोट-५ मा जन्मिनुभएका ३४ वर्षीय डा.देवकोटाको जीवन यात्रा सङ्घर्ष, समर्पण र अतुलनीय सफलताको एउटा प्रेरक कथा हो। प्रारम्भिक सङ्घर्ष र शैक्षिक फड्को डा. देवकोटाको प्रारम्भिक शिक्षा भने गाउँकै स्थानीय श्री चतुर्माला… पुरा पढौ

स्याङ्गेमा बलेरो जिप दुर्घटना, चार जना घाइते

लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्याङ्गेमा बलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बिहीबार साँझ करिब ५ः५५ बजे बेँसीसहरबाट स्याङ्गेतर्फ जाँदै गरेको ग १ ज ७९२६ नम्बरको बलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा जिप चालक मर्स्याङ्दी गाउँपालिका–५ का २४ वर्षीय राजु गुरुङ, सोही स्थानका ५५ वर्षीय देवीजंग गुरुङ, ४३ वर्षीय योगबहादुर गुरुङ र जिपधनी २६ वर्षीय देवन गुरुङ घाइते भएका छन्। प्रहरीका अनुसार राजु र देवीजंगको अवस्था सामान्य रहेको छ भने योगबहादुरको… पुरा पढौ

बाढी–पहिरोले मनाङमा क्षति बढायो, मर्स्याङ्दी थुनिएपछि बन्यो ७५ मिटर लामो ताल

पछिल्ला तीन दिनदेखि परेको भारी वर्षासँगै आएको बाढी र पहिरोले मनाङमा जनजीवन प्रभावित बनाएको छ। बाढी–पहिरोका कारण चामे गाउँपालिकाका घर तथा संरचनामा क्षति पुगेको छ भने नार्फा भूमि गाउँपालिकाको हिमलुङ बेस क्याम्पमा पुगेका केही व्यक्ति बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मनाङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद बोहराका अनुसार चामे गाउँपालिका–५ का नौ घर डुबानमा परेका छन्। त्यस्तै चामे–४ मा चार घर, एउटा चर्च र एउटा गोठ बाढीले बगाएको छ। नार्फा भूमि गाउँपालिका–५ स्थित हिमलुङ बेस क्याम्प पुगेका २८ जनामध्ये… पुरा पढौ

लमजुङमा वर्षाले पुर्‍याएको क्षतिको स्थलगत अनुगमन, पुलदेखि सडकसम्म निरीक्षण

लमजुङ। असोज ९ देखि ११ गतेसम्म परेको भारीदेखि अति भारी वर्षाका कारण लमजुङमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले विभिन्न स्थानको स्थलगत अनुगमन गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको नेतृत्वमा गएको टोलीले बेंसीसहर नगरपालिका–१ उदिपुर र वडा नं। ११ चिती जोड्ने पुलको उदिपुरतर्फ भासिएको जमिनको निरीक्षण गरेको हो। जमिन भासिएपछि उक्त पुलबाट ठूला सवारीसाधनको आवतजावत रोकिएको छ। टोलीले पुलको जीर्ण तथा भत्किएको भाग तत्काल मर्मत गर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएको छ। कार्यालयले मंगलबारदेखि मर्मतको प्रक्रिया… पुरा पढौ

भोटेकोशी बाढी विश्वकै लागि चेतावनी प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशीमा आएको विनाशकारी बाढी नेपालका लागि मात्र नभई विश्व समुदायका लागि समेत चेतावनी भएको बताउनुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो। उहाँले भोटेकोशी बाढीका कारण ठूलो जनधनसँगै पूर्वाधार, जलविद्युत् आयोजना र सर्वसाधारणको जनजीवनमा क्षति पुगेको उल्लेख गर्नुभयो। जलवायु परिवर्तनमा न्यून योगदान गर्ने नेपालजस्ता मुलुकले त्यसको गम्भीर असर भोगिरहेको उहाँको भनाइ थियो। हिमाली क्षेत्रमा बढ्दो तापक्रम, तीव्र गतिमा पग्लिरहेका हिमनदी र… पुरा पढौ