
आगामी फागुन २१ गते तय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङले प्रतिनिधिसभा निर्वाचनका लागि ई.धर्म के.सी.को नाम सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको बेसीशहरमा भएको बैठकबाट एकल रुपमा के.सीको नाम सर्वसम्मतले पारित गरी सिफारिस गरिएको हो ।
रास्वपा जिल्ला कार्यालय बेसीशहरमा बसेको प्रदेश समिति सदस्यहरु, जिल्ला कार्यसमिति, अधिवेशन सम्पन्न भएका तथा तदर्थ समिति रहेका पालिका तथा वडा समितिहरु र जिल्लामा गठन भएका बिभिन्न तहगत समितिहरुको संयुक्त बैठकले के.सीको नाम सिफारिस गरेको हो ।
निर्वाचनका लागि लमजुङ जिल्लाका संस्थापक सभापति एवं केन्द्रीय संगठन विभाग सदस्य इञ्जिनियर धर्म के.सी.लाई प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको रास्वपाको जिल्ला अध्यक्ष अशोक सापकोटाले बताउनुभयो ।
के.सीले २०७९ मंसिर ४ गते भएको प्रतिनिधी सभाको निर्वाचनमा लमजुङबाट ९ हजार २९ मत प्राप्त गरेका थिए । केसीका प्रतिश्पर्धी एमालेकापृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ र माओवादीका देवप्रसाद गुरुङले ३१ हजार ७ सय ८१ मत प्राप्त गरेका थिए ।









