
लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ मा यशोब्रह्म माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालयको पोषाक वितरण गरिएको छ । बेसीशहर २ निवासी सुुनिल कडेँलले १० जना विद्यार्थीहरुलाई निशुल्क विद्यालय पोषाक वितरण गर्नुभएको हो ।
विद्यालयमा रहेका न्यून अवस्थाका बालबालिकालाई केही सहज होस् भन्ने उद्धेश्यले विद्यालय पोषाक वितरण गरेको कडेँलले बताउनुभयो । उहाँ पुर्व नेपाल आर्मी हाल समाजसेवा तथा व्यवासय गर्दै हुनुहुन्छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक दुलालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद बरालले सहयोगी कडेललाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार नवराज पहाडी, विद्यालय व्यवस्थापन समितिका सदस्य विमला हिमाली, लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम विद्यालयका सहायक प्रअ अरुण बरालले सञ्चालन गर्नुभएको थियो ।









