आजबाट सोह्र श्राद्ध सुरु

-


     नयाँ दीप    
     असाेज १३ गते २०८० मा प्रकाशित


यसपालिको सोह्र श्राद्ध सुरु भएको छ । पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध शनिबारबाट सुरु भएको छ ।
पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ ।

एकोद्दिष्ट श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, पुष्टि श्राद्ध, यात्रा श्राद्ध, काम्य श्राद्धसँगै सोह्र श्राद्ध या पार्वण श्राद्ध नेपाली समाजमा प्रचलित छ । पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् । साथै ज्वाइँ, भानिज, नाति, नातिना र ब्राह्मण वर्गलाई भोजन गराई दक्षिणा दिने गर्छन् ।

चन्द्रमान अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ । एक पक्षमा १५ तिथि हुने भए पनि कृष्ण प्रतिपदादेखि औंसी (जमरे औंसी) सम्म विभिन्न १६ तिथिका श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो ।

हिन्दु धर्मअनुसार चाडपर्व, यज्ञ जस्ता ठूला कर्म गर्नुपूर्व पितृको पूजा गर्ने परम्पराअनुरूप यस अवधिमा हरेकले आफ्ना पितृरुलाई दसंै–तिहारका नाममा भाग दिने चलन छ । जसरी दसैैंमा मिठामिठा खानेकुरा खाइन्छ, त्यसैगरी दसैंको अवसर पारी पितृका लागि पनि सिदा दिने गरिन्छ ।

अघिपछिको श्राद्धमा एउटा मात्र जौ अथवा खीरको पिण्ड दिने गरीन्छ भने सोह्र श्राद्धमा आफ्ना पितृ सबैका लागि छुट्टाछुट्टै पिण्ड दिने गरिन्छ । यसरी बनाइएको पिण्ड चिल्लो र गोलो पार्दा आफ्ना सन्तती राम्रा र सुखी हुने विश्वास छ ।

श्राद्ध गर्दा सब्यमा विश्वदेव ब्राम्हण र अपसब्यामा पितृ ब्राह्मणलाई पूजा गरिने चलन छ । यो १५ दिनको समयमा प्रायः सबैको घरघरमा श्राद्ध पर्छ । यो अवधिमा पार्वण श्राद्ध गर्ने गरिन्छ । कसैले आफ्ना बुबा त कसैले हजुरबुबा मरेको तिथीमा श्राद्ध गर्ने गरेका छन् ।

जसरी प्रत्येकको घर घरमा श्राद्ध गरिन्छ, त्यसैगरी श्राद्ध गराउने ब्राह्मण पनि घरघरमा पुग्ने गर्छन् । पार्वण श्राद्ध आप्mनै घरमा बसेर वा आप्mनो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ । तर, घरमैं भए पनि श्राद्ध गर्दा भूमिमैं गर्नुपर्ने धार्मीक नियम छ । श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रमा उल्लेख छ ।