तीज गीत प्रतियोगितामा सिर्जनशिल महिला समूह प्रथम

-


     भरत बाबु घिमिरे    
     भाद्र २० गते २०८० मा प्रकाशित


हरितालिका तीजको अवसरमा आयोजना गरिएको वडास्तरीय तीज गीत प्रतियोगितामा सिर्जनशिल महिला समूह प्रथम भएको छ । बेसीशहर नगरपालिका वडा नं ३ को महिला संजालले हाम्रो परम्परा र संस्कृति जोगाऔं भन्ने भावमा आधारित रहेर प्रतियोगिताको आयोजना गरेको हो ।

बाहुनबेसीमा रहेको यशोव्रह्म मा.वि मा भएको भएको तीज गित प्रतियोगितामा प्रथम भई सिर्जनशिल महिला समूहले नगद ७ हजार रुपैया र प्रमामणपत्र प्राप्त गरेको छ ।

त्यस्तैगरी तीनधारे आमा समूह गाउँशहरले द्धितीय भइ ५ हजार रुपैया र प्रमाण प्राप्त गरेको छ भने तृतीय हुने रानीकुवा आमा समूहले ३ हजार रुपैया र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तीनवटा समूह सान्त्वना भइ १५/१५ सय रुपैया र प्रमामणपत्र प्राप्त गरेका छन् ।

सान्त्वना हुनेमा ज्योति चौतारा आमा समूह बाहुनबेसी, चन्दनदेवि आमा समूह मिलनटोल र सुभेच्छा कृषक समूह रानीकुवा रहेका छन् ।

कार्यक्रम बेसीशहर नगरपालिकाका उपप्रमुख पदमा गुरुङको प्रमुख आतित्थ्यतामा भएको थियो भने वडा नं ३ का वडाध्यक्ष चित्रबहादुर दनाई, समाजवेसीहरु हरीप्रसाद बराल, श्रीनाथ दुलाल, रेशम खड्का, लमजुङ मा.वि गाउँशहर प्रधानाध्यापक सीता बराल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम वडा नं ३ महिला संजालका अध्यक्ष शान्तिमाया बसौलाको अध्यक्षतामा भएको थियो भने सदस्य कान्तादेवि घिमिरेले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा वडा भित्रका ११ टिम सहभागि भएका थिए ।