समाचार

११ दिन देखि बेपत्ता हरिराम रिमाल मर्स्याङ्दीमा मृत फेला

गत बैशाख २८ गते देखि हराईरहेका लमजुङ बेसीशहर नगरपालिका वडा नं ६ तल्लो मकैडाडाँका २० बर्षिय हरिराम रिमाल मर्स्याङ्दी नदीमा मृत अबस्थामा फेला परेका छन् । सोमबार दिउसो अन्दाजी ४ः३० बजे तिर बेलौती बिसौना नजिकै रहेको मर्स्याङ्दी नदीको बिच भागमा मृत शरीर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए । खबर पाए लगतै जिल्ला प्रहरीको टोली त्यस स्थानमा गएको डुङ्गाको माध्यमबाट शबको उद्दार गरी किनारामा ल्याईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभएको छ । सोही स्थानबाट… पुरा पढौ

आगामी जेठ १३ गतेबाट बालबालिकाहरुलाई पोलियो विरुद्धको खोप दिइने

आगामी जेठ १३ गतेदेखि लमजुङमा पोलियो विरुद्धको आई.पि.भी. खोप अभियान– २०८१ सुरु हुदैछ । आइतबार बेसीशहरमा स्वास्थ्य कार्यालय लमजुङले सरोकारवाला तथा पत्रकारहरुसँग अभिमुखीकरण कार्यक्रम गरी यस्तो जानकारी गराएको हो ।सो अवसरमा स्वास्थ्यका कार्यालयका प्रमुख प्रवीणकुमार खनालले एक कार्यपत्र प्रस्तुत गर्दै खोप अभियान जेठ १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्ने बताउनुभयो । यो खोप सम्पूर्ण बालबालिकालाई नभई २०७३ को बैशाखदेखि २०७५ को असोज महिनासम्म जन्मिएका बालबालिकालाई मात्रै दिइने प्रमुख खनालले बताउनुभयो । सो समयमा जन्मिएका लमजुङका ६ हजार ६ सय ६५… पुरा पढौ

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

लमजुङको दोर्दी गाउँपालिका स्थित किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । दोर्दी गाउँपालिका–४ जीतौरेका २६ बर्षिय बिकास गुरुङको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा मृत्यु भएकोबिकास गुरुङ र उनका साथी राम्रो सँग बोलचाल गर्न नजान्ने २८ बर्षिय पन्चराम गुरुङ मिलेर किसेदी खोलामा माछा मार्न गएका थिए । स्थानीय बिन बहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा राती करिब १ बजेतिर बिकासको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता… पुरा पढौ

मकैडाडाँका हरीराम रिमाल ९ दिन अघि देखि वेपत्ता

लमजुङको बेसिशहर नगरपालिका वडा न ६, तल्लो मकैडाडाका २० बर्षिय हरिराम रिमाल बिगत एक हप्ता अघिदेखि बेपत्ता भएका छन् । गत बैशाख २८ गते शुक्रबार घरबाट बडागाँउमा रहेको साथीको घरमा बस्न जान्छु भनेर हिडेको र त्यो बेलादेखि सम्पर्क विहिन भएका हुन् । रिमाल आफ्नो घर नजिकै रहेका काकाको घरमा राती सुत्न जाने गरेका थिए । काका र उनको छोरा समेत विदेशमा गएकाले घरमा उनको काकी पदमा रिमाल र हजुरबुबा बस्दै आएका छन् । बैशाखको २८ गते राती १० बजेतिर बडागाउँमा… पुरा पढौ

यो मनसुनमा चरम मौसमी घटनाको जोखिम

काठमाडौं । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । वर्षा धेरै हुँदाहुँदै तापक्रम पनि बढ्ने भएकाले मौसमी घटना धेरै हुनसक्ने मौसमविदहरुको चेतावनी छ । दक्षिण एसियाली जलवायु फोरम र अन्तर्राष्ट्रिय विज्ञहरुको विश्लेषणका आधारमा विभागले यस वर्षको मनसुनबारे आफ्नो प्रक्षेपण सार्वजनिक गरेको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर नै वर्षा हुने… पुरा पढौ

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतबाट सफाइ

काठमाण्डौ – क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष ठहर गर्दै सफाइ दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाण्डौको फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेको हो । यसअघि बलात्कारको कसुरमा दोषी ठहर गर्दै सन्दीपलाई जिल्ला अदालत काठमाण्डौले आठ वर्ष कैद र पाँच लाख जरिबानाको सजाय सुनाएको थियो । यो फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।२०७९ सालको… पुरा पढौ

राइनासमा गाई पालक किसानलाई काउम्याट वितरण

लमजुङको राइनास नगरपालिका कृषि विकास शाखा तथा पशुपन्छी विकास शाखाले बुधबार गाई पालक किसानलाई काउम्याट र चापकटर वितरण गरेको छ । राइनास नगरपालिका भित्र रहेका व्यवसायिक गाई पालक किसानहरु मध्ये छनोट गरि काउम्याट चापकटर ५० प्रतिशत अनुदानमा प्रदान गरेको हो । काउम्याट अर्थात गाईलाई ओछ्याउने म्याटले गाईलाइ गोठमा बस्दा, उठ्दा लाग्ने चोटबाट जोगाउने, चिसोबाट बचाउने साथै दुधाालु गाईको दुध उत्पादन क्षमतामा बृद्धी हुने बताइएको छ । चापकटरले घाँस पराललाई मसिनो बनाएर काट्ने हुदा खेर नजाने र गाईवस्तुले राम्रोसगँ खान सक्ने… पुरा पढौ

बेसीशहरको फ्रेस हाउसमा कुहिएको मासु

लमजुङको बेसीशहरका ३ वटा मासु पसलमा कुहिएका मासु फेला परेका छन् । सोमबार बेसीशहर बजारका फ्रेस हाउसमा अनुगमन गर्दा यस्तो फेला परेको हो । बजार क्षेत्रका ११ वटा मासु पसलको अनुगमन गर्दा त्रिवेणी टोलमा रहेको सगुन संगम इन्टरप्राइजेज, झिङ्गे खोलामा रहेको डि.के सप्लायर्स र मिलापको बङ्गुर फ्रेस हाउसमा फ्रिजमा राखेको मासु लामो समयसम्म राखेकोले सडेको, सरसफाइ नदेखिएको मासु काट्दा एप्रोनको प्रयोग नगरेको भन्दै आवश्यक निर्देशन सहित प्रतिव्यक्ति ५ हजार रुपैया जरिवाना लगाइएको जिल्ला प्रशासनका खरिदार दिननाथ अधिकारीले बताउनुभयो । लमजुङ… पुरा पढौ

जवर्जस्ती करणी गरेको आरोपमा एक जनालाई प्रकाउ

लमजुङको मध्यनेपालमा किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा एक जनालाई प्रकाउ गरिएको छ ।मध्यनेपाल नगरपालिका ७ का ४६ वर्षिय नवराज घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । सुस्त मनस्थितिकी १४ वर्षिया किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले घिमिरेलाई पक्राउ गरेको जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार घिमिरेविरुद्ध जिल्ला अदालतबाट शुक्रबार ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको छ । बिहीबार दिउँसो साढे ३ बजेतिरको समयमा पसलबाट फर्किएर जंगलमा एक्लै हिँडिरहेकी किशोरीलाई पछ्याउँदै जंगलमा पुगेर जवर्जस्ती करणी गरेको आरोप घिमिरेमाथि लागेको छ… पुरा पढौ

रानीकुवामा गाउँशहर प्रवेशद्वार निर्माण कार्य शुरू

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ गाउँशहरको रानीकुवा नजिकै पुरानोकोट र नाल्मा जाने सडकमा प्रवेशद्वार निर्माणको शुभारम्भ गरिएको छ । प्रवेशद्वारको बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले शुक्रबार एक समारोहबीच शिलन्यास गर्नुभएको छ ।डुम्रे बेसीशहर चामे सडक अन्तर्गत बेसीशहर नगरपालिकाकोे रानीकुवाबाट पश्चिमतर्फ मूल सडकबाटै देखिने गरी प्रवेशद्वार निर्माण गर्न लागिएको हो । बेसीशहर नगरपालिकाले ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय स्थल गाउँशहर र पुरानोकोट तथा नाल्मा जाने सडक प्रवेशद्वार निर्माण शुरु गरेको हो । यसको नाम गाउँशहर प्रवेशद्वार राखिएको छ । शिलन्यास… पुरा पढौ