समाचार

आज अक्षय तृतीया, यस्तो छ यसको महत्व

वैशाख शुक्ल तृतीयाका दिन आज स्नान, जप, तप, हवन, दान गरी अक्षय तृतीया पर्व मनाइँदैछ । आजका दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात् कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो । मत्स्य पुराणलगायत ग्रन्थमा आजका दिन गरिएको कर्म फलदायी हुने बताइएको छ । यसै दिन त्रेता युगको शुरुवात भएको मानिन्छ । शिव र पार्वतीका बीच विवाह पनि वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाकै दिन भएको शास्त्रमा उल्लेख छ । आज माटो, तामा… पुरा पढौ

आज माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन

आज बुधबार माता तिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ । मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो । आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो ।माता तिर्थ औंशीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मीठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद… पुरा पढौ

नेपालको जनसङ्ख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल

काठमाण्डौ – नेपालको जनसङ्ख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकहरू अनुसार नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९२ प्रतिशतमा झरेको हो । यो वृद्धिदर जनगणना शुरु भएको ८० वर्षको इतिहासमा सबैभन्दा कम रहेको जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछाने जानकारी दिनुभयो । यस्तै एक जना महिलाले औसतमा बच्चा जन्माउने दर पनि दुई प्रतिशतभन्दा तल झरेको छ । एउटा महिलाले आफ्नो जीवनकालमा औसतमा एक… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदको समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा आज ५७ जना सांसद उपस्थित थिए । मुख्यमन्त्रीको पक्षमा ३० जना सांसदले मतदान गरेका हुन् । बहुमतका लागि ३१ जना सांसद हुनुपर्ने भए पनि सभामुख धितालले सर्वाेच्चको अदालतको आदेशअनुसार भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो । मुख्यमन्त्री अधिकारीले विश्वासको मतको विपक्षमा २७… पुरा पढौ

ठूला होटल, पानी उद्योग तथा फार्मेसीहरु कारबाहीमा

जिल्ला प्रशासन लमजुङले बजार अनुगमनलाई तिब्र बनाएको छ । जिल्लाका मुख्य बजारमा कार्यालयले छड्के अनुगमन गरेको हो । अनुगमनका क्रममा सदरमुकाम बेसीशहरका ठूला होटल, औषधी पसलहरु तथा पानी कम्पनीहरु कारबाहिमा परेका छन् । अनुगमन गरेका बेसीशहरका ९ वटा फार्मेसी मध्ये ४ वटा कारबाहीमा परेका छन् । अनुगमनका क्रममाम अधिकाश मेडिकल तथा फार्मेसिहरुमा म्याद सकिएका औषधीहरु भेटिएको, पर्यटन तथा उधोग कार्यालयमा दर्ता नभएको, बिक्री विल नभएको, साइक्याट्रिक तथा नारकोटिक औषधि बिक्री वितरणको अभिलेख नपाइएको जिल्ला प्रशासनका खरिदार दिननाथ अधिकारीले बताउनुभयो ।… पुरा पढौ

आशुकवित्व र द्रुतलेखनको अनुपम नमुना ‘‘तिम्रो गमला मसित बोल्दैन’’ प्रा.डा. देवी नेपाल

नेपाली कविता र काव्य परम्पराको वर्तमान समयमा कवि श्रीकृष्ण न्यौपाने आशुलेखन तथा द्रुतलेखनका एक अद्भुत दृष्टान्त बनेर देखापर्नुभएको छ । वि.सं. २०७९ र २०८० मा मात्र आठओटा काव्यकृतिहरू प्रकाशन गरिसक्नुभएका कवि न्यौपाने अहिले फेरि ‘तिम्रो गमला मसित बौल्दैन’ खण्डकाव्य लिएर आउनुभएको छ । उहाँको कवितात्मक गण्डकी प्रवाहले कहाँ पुगेर विश्राम लिने हो वा समुद्रसम्मै पुगेर मोती झिकेर फर्कने हो, हेर्न बाँकी छ तर उहाँभित्रको उत्साह, लनशीलता, समर्पण, त्याग र प्रतिभा प्रवाहलाई हेर्दा आगामी दिनमा पनि उहाँबाट नेपाली काव्यजगत्ले अझै धेरै… पुरा पढौ

तातो हावाको लहर अझै बढ्ने, सावधानी अपनाउन विज्ञको सुझाव

केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही ठाउँमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् ।आउँदो केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले… पुरा पढौ

कतारका राजा पहिलो पटक नेपाल आउँदै : राष्ट्रपतिले स्वागत गर्ने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेसम्मभित्र नेपाल आइपुग्ने तालिका छ । उनको सवारीको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ । कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानेछन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे… पुरा पढौ

साहित्यकार श्रीकृष्ण न्यौपानेको एकसाथ तीनवटा कृति विमोचन

लमजुङे साहित्यकार श्रीकृष्ण न्यौपानेको ३ वटा कृतिको एकसाथ सदरमुकाम बेंसीसहरमा शनिबार विमोचन गरिएको छ । सय छन्द (कविता संग्रह), तिम्रो गमला मसित बोल्दैन (खण्डकाव्य) र विषालु धरती (महाकाव्य) को प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, लेखक एवं समालोचक प्रा.डा. देवी नेपाल, प्रहरी नायव उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी नायव उपरीक्षक खेमनाथ शर्मा र श्रष्टा श्रीकृष्ण न्यौपानेले एकसाथ विमोचन गर्नुभएको हो । पिङ्गल छन्द लमजुङको आयोजनामा साहित्यकार न्यौपानेको तीनवटै कृति विमोचन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गुरुङले पश्चिमा… पुरा पढौ

बेसहारा, अनाथ, असक्तको सहारा बन्दै मानव सेवा आश्रम

मानव सेवा आश्रमले सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर) सडक आश्रित मानवहरुको उद्धार, उपचार, परामर्श, पालनपोषण, पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसक्नेहरुको लागि लौरी स्वरूपको सहारा बन्दै आएको छ । असाहय, दुखी र सडकमा रहेका बाबाआमाहरुका लागि नाना, खाना र छानाको सहजता बनाउनु नै आश्रमको मुख्य उद्धेश्य रहेको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो । कुनै पनि व्यक्ति सडकपेटीमा भोकै जीवनयापन गर्न नपरोस् भन्ने उद्धेश्यका साथ नेपाललाई मानवियताको राष्ट्र निर्माण गरी विश्वसामु चिनाउने… पुरा पढौ