समाचार

वातावरण जोगाउन विविध कार्यक्रम

विश्व वातावरण दिवसको अवसरमा बुधबार लमजुुङ सदरमुकाम बेसीशहरमा सचेतनामुुलक प्रभातफेरी र विद्यालयस्तरीय कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ । जन्मदिनमा वृक्षरोपण अभियान नेपालको आयोजनामा जलवायू परिवर्तनको प्रभाव रोक्न जन्मदिनमा वृक्षरोपण अभियानको भूमिका विद्यालयस्तरीय कविता प्रतियोगिता तथा प्रभातफेरी गरिएको हो । “प्रकृतिको संरक्षण, स्वच्छ वातावरण, असल संस्कारलाई प्रोत्साहन जन्मदिनमा वृक्षारोपण पृथ्वी बचाऔ अभियान” भन्ने नाराका साथ जन्मदिनमा वृक्षरोपण अभियान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले जन्मदिनमा वृक्षरोपण अभियानले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेकोे बताउनुुभयो । वर्तमान… पुरा पढौ

३१ औं त्रिवेणी कपको आयब्यय सार्वजनिक

लमजुङमा फुटबलको क्षेत्रमा अग्रणी क्लबका रुपमा स्थापित त्रिवेणी क्लबले गत वर्षको पुस महिनामा सञ्चालन गरेको ३१ औं त्रिवेणी कपको आन्तरिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शनिबार एक कार्यक्रमका बिच उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । बेसिशहर नगरपालिका प्रमुख गुमानसिह अर्यालको प्रमुख आतित्यथामा भएको कार्यक्रममा क्लबका सहकोषाध्यक्ष सुमन श्रेष्ठले आय ब्यय प्रतिवेदन सार्वजनिक गर्नु भएको हो ।प्रतिवेदनमा गत वर्षको मौज्दात रकम ३३ लाख १७ हजार ८५८ रहेको, यो वर्ष कुल आम्दानी ७५ लाख ९८ हजार ४३७ रहेको बताउनुभयो । उहाँका… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले लिए शपथ

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टबाट बुधबार मुख्यमन्त्री पाण्डेले शपथ लिएका हुन् । अर्थमन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले पनि शपथ लिएका छन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका लमजुङका गुरुङले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गुरुङलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएका हुन् । आजमात्रै प्रदेश प्रमुख भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए । १४ जेठमा सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको… पुरा पढौ

घर भित्रै गाडी पसे पछि तीन जना घाइते

लमजुङको सदरमुकाम बेसीशहरमा घरभित्र गाडी पसेपछि तीन जना घाइते भएका छन् । मगंलबार दिउँसो बेसीशहर ७ क्याम्पस रोडमा स्थित भित्री सडक खण्डमा एभरेष्ट बैंकबाट तमु संग्राहलय तर्फ जादै गरेको ग घ च ५०७१ नं को बोलेरो जिप ब्रेक फेल भई सिर्जना श्रेष्ठको घरमा पसेको हो । होटल संचालनमा रहेको सो घरमा गाडी ठोकिन पुग्दा त्यहाँ बसिहरेका तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेसीशहर नपा वडा नं ९ पाखाथोककी ८० वर्षिय कुमारी राउत, क्याम्पस रोडमा बस्ने ६३ बर्षिय डम्बरकुमारी… पुरा पढौ

आज गणतन्त्र दिवस: देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज १७ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन २०६२\६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनलाई गणतन्त्र दिवसको रुपमा मनाइँदै आइएको छ । यस दिनलाई निरंकुश एकात्मक… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त, पाण्डेलाई नियुक्ति गर्न परमादेश

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ । सर्वोच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बदर गरेको हो । सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र सुनील पोखरेलको इजलासले खगराजलाई पदमुक्त गर्दै गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको हो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको मत पाएको घोषणा गरेका थिए । जबकी संविधान अनुसार ३१… पुरा पढौ

मिलिजुली सहकारीले महिलाहरुलाई आत्मनिर्भर बनाउने

लमजुङको राइनास नगरपालिका वडा नं ८ हर्राबोटमा रहेको मिलिजुली कृषि ताजा तरकारी उत्पादक सहकारी संस्थाले शनिबार १९ औँ वार्षिक साधरण सभा सम्पन्न गरेको छ । सहकारीकी अध्यक्ष विष्णुमाया धितालको अध्यक्षतामा भएको कार्यक्रममा राइनास नगरपालिकाका नगरप्रमूख खड्गबहादूर गुरुङ प्रमुख अतिथी रहनुभएको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङले मिलिजुली ताजा तरकारी उत्पादन सहकारीले यस क्षेत्रमा रहेका नागरिकको जिविकोपार्जनमा महत्तवपूर्ण भूमिका खेलेको भन्दै आभार व्यक्त गर्नुभएको थियो । साथै प्रमुख अतिथी गुरुङले महिलाहरुद्धरा सञ्चालित सहकारी भएकाले महिलाहरुलाई थप आत्मनिर्भर बनाउन सहकारी… पुरा पढौ

शैक्षिक उन्नयन स्मारिका २०८१ विमोचनको तयारीमा

नेपाल शिक्षक संघ लमजुङले स्मारिका प्रकाशनको तयारी तिब्र बनाएको छ । यहि जेठ १५ गते गणतन्त्र दिवशको अवसरमा संघले स्मारिका प्रकाशन गरी विमोचन गर्ने तयारी गरेको हो । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति लमजुङले आफ्नो स्थापना दिवशको उपलध्यक्षमा प्रकाशन गर्न लागेको स्मारिकाको सबै तयारी पूरा भएको र अब छपाईको काम मात्रै बाँकी रहेका संघ अध्यक्ष सूर्य केसीले बताउनुभयो । “शैक्षिक उन्नयन स्मारिका २०८१” नामक स्मारिका शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरीको प्रमुख आतित्थ्यतामा विमोचन गरिने प्रकाशन समितिका संयोजक तिर्थराज… पुरा पढौ

लमजुङका गुरुङ बस्तीमा यतिबेला घाटु नाचको रौनक

लमजुङका विभिन्न गुरुङ बस्तीमा यतिबेला सती घाटु नाच सुरु भएको छ । विशेषगरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच वैशाख पूर्णिमामाको दिन देखि तीन दिन नाचेर समापन गरिन्छ । विशेषगरी गुरुङ समुदायमा घाटुनाच बढी प्रचलित छ । गुरुङबाहेक दुरा र मगर समुदायले पनि घाटु नाच्ने, गाउने गरेको पाइन्छ । घाटु एक शास्त्रीय नाच हो । जानकारहरूका अनुसार १६औँ शताब्दी तिर लमजुङका एक दम्पती राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगलको सिकार, पुत्रबढाई, लडाइँ र अन्ततः मृत्युसम्मको कथा नै घाटुको… पुरा पढौ

आज बैशाख शुक्ल पूर्णिमा, २५६८ औं बुद्ध जयन्ती मनाइँदै

आज बैशाख शुक्ल पूर्णिमा । एशियाका ज्योति, शान्तिका अग्रदूत शाक्यमुनी भगवान बुद्धको २५६८ औं जन्म जयन्ती आज देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति, निधन वैशाख शुक्ल पूर्णिमामै भएको थियो । मान्छेले जीवनमा पाउने दुःख पीडा दिक्क भएका उनी राजदरबारको सुखसयले छोडेर २९ बर्षको उमेरमा सिद्धार्थ गौतमले पत्नी र छोरा अनि राजदरबार त्यागेर शान्तिको खोजीमा भौंतारिए । भारतको गयामा उनले ठूलो तपस्या गरी ज्ञान प्राप्त गरे । उनले ज्ञान प्राप्त गरेको ठाउँ भएकाले भारतको गयासमेत… पुरा पढौ