समाचार

लमजुङे हिरो अभय बरालद्धारा अभिनित फिल्म ‘जिग्री’ फागुन ४ मा आउने

काठमाडौं । सुस्केरा आर्ट्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले तीन फरक पोस्टर सार्वजनिक गर्दै फागुन ४ गतेलाई रिलिज मिति घोषणा गरेका हुन् । ‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन राख्दै फिल्म उक्त मितिमा आउने जानकारी दिइएको छ । कमेडी, क्राइम र एक्सन ड्रामा विधामा बनेको फिल्ममा लमजुङका अभय बराल, आकाश मगर, सुशीलराज पाण्डे, र पशुपति राईको मुख्य भूमिका छ । फिल्ममा सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल,… पुरा पढौ

आजबाट श्री स्वस्थानी ब्रत कथा सुरु

आजबाट हिन्दु धर्मावलम्बीहरुको श्री स्वस्थानी ब्रतकथा सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एकमहिना विधिपूर्वक स्वस्थानी व्रत गरी श्रीस्वस्थानीको कथा श्रवण गरि माघ स्नान गरिन्छ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । श्री स्वस्थानी बैत नेपाली महिलाहरूले गर्ने कठीन ब्रतको पर्व हो । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी बैत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ। विशेषगरि… पुरा पढौ

गण्डकीमा गठबन्धनका किरण, पदम र मनरुपा विजयी

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सार्वजनिक मतपरिणाम अनुसार अन्य क्लस्टरमा काँग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता–अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । अपांगता–अल्पसंख्यकतर्फ काँग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए ।… पुरा पढौ

यसरी बन्दैछ पत्रकार महासंघ लमजुङको भवन

नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका कार्य तिब्र गतिमा अघि बढीरहेको छ । २ वर्ष अघि शिलन्यास गरि सुरु गरिएको भवनको दुई तलाको ढलान सकेर फिनिसिङको काम सुरु गरिएको हो । नेपाल पत्रकार महासंघको २०७७ सालमा निर्वाचित भएर आए पछि अध्यक्ष परमेश्वर अधिकारी नेतृत्वको समितिले भवन निर्माणको कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको थियो । पत्रकार महासंघका अध्यक्ष अधिकारीका अनुसार भवन निर्माणका लागि हालसम्म सञ्चार मन्त्रालयबाट दुई लाख, प्रदेश सरकारबाट ३५ लाख, सुन्दरबजार नरपालिकाबाट ८ लाख, बेसीशहर नगरपालिकाबाट… पुरा पढौ

लमजुङको दोर्दी जिप दुर्घटनामा घाइते भएकाको मृत्यु

सदरमुकाम बेसीशहरबाट दोर्दी गाउँपालिका–४ नौथर सेरा हँुदै कामचोक जाँदै गर्दा दुर्घटना परी गम्भिर घाइते एक जनाको मृत्यु भएको छ । आइतबार साझँ दुर्घटनामा परेर गम्भीर घाइते ५० वर्षीय पूर्णबहादुर तामाङको मृत्यु भएको हो । ग १ ज ७५६१ नम्बरको बालेरो जीप आज साँझ ५.४० बजे दोर्दीको सिमल बिसौनी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । साँझ पौने ६ बजेतिर भएको जिप दुर्घटनामा परेर ३ जना घाइते भएकोमा उनको अवस्था गम्भीर थियो । दोर्दी–४, बाँसबोटका तामाङलाई उपचारको… पुरा पढौ

यशोबह्म माध्यमिक विद्यालयको ६२ औं बार्षिक उत्सव तथा ६१ औं अभिभावक दिवश सम्पन्न

बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको यशोबह्म माध्यमिक विद्यालयको ६२ औ बार्षिक उत्सव तथा ६१ औं अभिभावक दिवश सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि पौडेलले विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्न शिक्षक, विद्यार्थी र अभिभावक तीन पक्षको महत्वपूर्ण भूमिका रहने त्यसलाई समाज र सरकारको काम क्रियाकलापले समेत प्रभाव पार्ने बताउनुभएको थियो । त्यस्तैगरी विद्यालयमा शैक्षिक वातावरण कायम राख्नको लागि समाजमा रहेका सम्पूर्ण वर्गहरु जिम्वेवारी बन्नुपर्ने… पुरा पढौ

लमजुङको दोर्दीमा जीप दुर्घटना, तीन घाइते

लमजुङको दोर्दी गाउँपालिकामा आज साँझ जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा पुर्णबहादुर तामाङ, गङ्गामाया गुरुङ र मुन्नीकुमारी तामाङ रहेका छन् । दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका अनुसार घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ । सबै घाइतेहरूलाइ उपचारका लागि जिल्ला अस्पताल लमजुङमा ल्याइँदै छ । सदरमुकाम बेसीशहरबाट दोर्दीको कामचोक जाँदै गरेको ग १ज ७५६१ नम्बरको बालेरो जीप आज साँझ ५.४० बजे सिमल बिसौनी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । जीपमा चालकसहित… पुरा पढौ

विभिन्न कार्यक्रम गर्दै सम्पन्न भयो लाईन्स क्लवको क्याबिनेट बैठक

लमजुङको सदरमुकाम बेसीशहरस्थित फुलबारी मञ्चमो लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक सम्पन्न गरिएको छ । क्याबिनेट बैठकमा अन्तराष्ट्रिय सञ्जाल लाईन्स क्लवमा आवद्ध देशभरका युवाहरु भेला भएका थिए ।कार्यक्रममा देश भरका एकसय ८० वटा लाईन्स क्लवबाट एकहजार भन्दा बढिको सहभागिता रहेको आयोजकले जनाएको छ ।कार्यक्रममा सहभागी भएका देशभरका एकहजार भन्दा धेरै आगन्तुकहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धन, व्यपार, व्यवसाय र समग्र जिल्लाको प्रचार प्रसारमा विशेष सहयोग पुग्ने आयोजकले अपेक्षा लिएको छ । विशेष गरी जिल्लाको ग्रामिण पर्यटन, होमस्टे, कृषि पर्यटन,… पुरा पढौ

लमजुङमा आगलागीमा ४४ बर्षिय महिलाको मृत्यु

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा न ४ स्याँगेमा गएराती घरसहित पसलमा आगोलागी हुँदा महिलाको मृत्यु भएको छ । ४४ वर्षिया सन्तमाया श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तमायाका श्रीमान् ४५ वर्षीय राजेन्द्र श्रेष्ठ भने आगलागीपछि माथिल्लो तलाबाट हाम फालेर बाच्न सफल भएका थिए । सटर बन्द रहेको अवस्थामा राजेन्द्रकी श्रीमती सन्तमाया आगलागीबाट बाहिर निस्कन नसकेर निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । आगलागीबाट महिलाको शव पूरै जलेको अवस्थामा भेटिएको छ । बेसीशहर नगरपालिका–२, गैरीडाँडा घर भएका श्रेष्ठ… पुरा पढौ

आज माघे संक्रान्ति पर्व

प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य… पुरा पढौ