समाचार

चौँथो मेयर कपको उपाधी बेसीशहर १ उदिपुरको पोल्टामा

लमजुङ सदरमुकाम बेसीशहरमा आयोजना गरिएको चौँथो मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नं. १ उदिपूर को टिमले हात पारेको छ । सहजी खेल मैदानमा आईतबार भएको फाइनल खेलमा वडा नं. १ उदिपूरले वडा नं. १० लाई ३–२ गोल अन्तरले हराउँदै चौँथो मेयर कप २०८० वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधी हात पारेको हो । बेसीशहर १० बाँझाखेतले भने उपविजेतामा चित्त वुझाएको छ । विजेता वडा नं. १ उलिपूरलेले नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ ।… पुरा पढौ

भोज खाएर विरामी हुनेको संख्या बढ्दै

लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ८ भोटेओडार डुडकुलामा रहेको आनन्द सलाम चर्चमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने हाल सम्म ३९ जना बिरामी परेका छन् । बेशिसहर नगरपालिका वडा नं ४ पुरानोकोट स्थायी घर भई सुन्दरबजार नगरपालिका ९ भोटेओडार बस्ने बर्ष ३२ की देवी परियारको अस्पताल लैजाँदै गर्दा आईतबार बिहान बाटोमा नै मृत्यु भएको हो । मृतक देवि परियारको श्रीमान देवु परियार, १२ वर्षीया छोरी विद्या परियार सहित ३९ जना अहिले अस्पतालमा उपचारत छन् । घरका सदस्यहरु… पुरा पढौ

भाेजमा खाएकाे खाना पाेईजन भएर एक जनाको मृत्य, ३० जना बिरामी 

लमजुङमा फूड पोइजनका कारण एक जनाको मृत्यु भएको छ । अन्य ३० जना बढी बिरामी परेका छन् ।  २२ गते शुक्रबार सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमा देखिएको फूड पोइजनका कारण बेसिशहर नगरपालिका पुरानोकोट घर भई हाल सुन्दरबजार नपा– ९ बस्ने ३२ बर्षिय देवी परियारको मृत्यु भएको हो ।  घरमा नै बिरामी भएकि परियारलाई गयराती अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  सुन्दरबजार नपा– ८ स्थित क्षेत्र बहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको अवसरमा सामूहिक भोजको… पुरा पढौ

सञ्जालद्धारा महिला हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम

महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल, लमजुङले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सदरमुकाम बेसीशहरमा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै पौडेलले हिंसा भन्ने शब्द नै नराम्रो भएकोले कसैले कसैलाई पनि हिंसा गर्न नहुने बताउनुभयो । अधिकांस बालबालिका होस् वा महिला पुरुषमा होस अथवा जातजातीमा नै किन नहोस् यी सवैमा महिला नै बढी हिंसामा पर्ने गरेकोले हिंसा रोक्न… पुरा पढौ

द्धन्द पिडित महिला सञ्जाल लमजुङको अध्यक्षमा शोभा थापा चयन

द्धन्द पिडित महिला राष्ट्रिय सञ्जाल लमजुङको अध्यक्षमा शोभा थापा चयन हुनुभएको छ । शनिवार सदरमुकाम बेसीशहरमा भएको द्धन्द पिडित महिला राष्ट्रिय सञ्जालको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो । ९ सदस्यिय सञ्जालको उपाध्यक्षमा सुन्दरबजारकी हिमकुमारी सुनार, सचिवमा बेसीशहरकी मैना बानिया, कोषाध्यक्षमा राइनासकी भवानी पोखरेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मध्यनेपालबाट सरस्वती भट्टराई, दुधपोखरीबाट सुमित्रा अधिकारी न्यौपाने चयन हुनुभएको छ । जिल्लाका सबै पालिकाबाट एक एक जनाको प्रतिनिधित्व हुने गरी गठन गरिएको कार्य समितिमा मस्र्याङ्दी, दोर्दी र क्वोहोलासोथर गाउँपालिकाबाट भने… पुरा पढौ

जनताले सरकार भएको अनुभुती गर्न पाएका छैनन् : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको सरकार पछि नेपालमा सरकार छ कि छैन भन्ने जनताले अनुभुती गर्न नपाएको बताउनुभएको छ । शुक्रबार लमजुङको सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटीमा नेकपा एमालेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओली यस्तो बताउनुभएको हो । नेकपा एमालेको पालामा गरेका बिकास निर्माणका कामले निरन्तरता पाउन नसकेको गुनासो गर्दै जनताले सरकार भएको महसुस गर्न पाएका छैनन् ओलीले भन्नुभयो । ओलीले विकास निर्माणका कामहरु ठप्प जस्तै भएकोले रोजगारी सिर्जना हुननसकेको बताउनुभयो । एमालेको सरकार हुँदा दैनिक… पुरा पढौ

लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम

लमजुङको बेसिशहर नगरपालिका वडा नं १० बाँझाखेतमा लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गरिएको छ । लैङ्गकि हिंसा विरुद्धका १६ दिने अभियान अन्तरगत बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बेसिशहर नगरपालिका उपप्रमुख पद्मम गुरुङ रहनुभएको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपप्रमुख गुरुङले समाजमा हुने विभिन्न हिंसाका कारण महिलाहरुको अकालमै ज्यान जाने गरेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथी वडा नं १० का वडाध्यक्ष गंगा बहादुर थापा, बेसिशहर नगरपालिका कार्यापालिकाका सदस्य… पुरा पढौ

नवराज विक हत्या प्रकरणमा २४ जनालाई जन्मकैद

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत रुकुम पश्चिमका न्यायाधीश खड्कबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जना र बाहिर रहेका १ जना गरि २४ जनालाई जन्मकैदको सजाय सुनाएका हुन् । उक्त घटनामा संलग्न रहेका २३ पूर्पक्षका लागि कारागारमा थिए । बाहिर रहेका ११ जना मध्ये एक जनालाई जन्मकैद, अन्य २ जना नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय… पुरा पढौ

बेसीसहर-खुदी सडकमा कालोपत्रेको काम सुरु, गुणस्तरमा प्रश्न

लमजुङको सदरमुकाम बेसीसहर देखि उत्तर तर्फको क्षेत्र जाने सडकमा लामो कालोपत्रेको काम सुरु भएको छ । निकै लामो समयदेखि निमार्ण कार्यमा ढिलाई भएको बेसीशहर खुदी सडकको पिच गर्ने काम सुरु भएको हो । हिमाली जिल्ला मनाङ तर्फ जाने एक मात्रै प्रमुख द्धारको रुपमा रहेको बेसीशहर खुदीको जल्किनी सम्मको ७.८ किलोमिटर सडकमा कालोपत्रे गरिदैछ । गत असार मसान्त सम्ममा नै कालोपत्रे काम सम्पन्न गरिसक्नु पर्ने भएपनि निरन्तर काम नभई ढिलाई भएपछि ०८१ सालको असार मसान्त सम्म निर्माणको लागि म्याद थपिएको थियो… पुरा पढौ

दोषीलाई संरक्षण गरेको भन्दै प्रहरी हिरासतभित्रै अनसन

सहकारीको रकम हिनामिनाको विषयलाई लिएर प्रहरीले पक्राउ गरि हिरासतमा रहेका मिलन शर्मा दनाई अनसनमा बस्नुभएको छ । निर्दाेष व्यक्तिहरुलाई समातेर दुख दिने र संस्थाका रकम हिनामिना गर्ने भनिएका मुख्य आरोपितलाई संरक्षण गरी पक्रन नसकेको भन्दै गत शुक्रबारदेखि दनाईले अनसन सुरु गरेको बताइएको छ । लमजुङको सदरमुकाम बेसीशहरमा मुख्य कार्यालय रहेको कालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित ६ जनालाई गत मंसिर १० गते अनुसन्धानका लागि पक्राउ गरेको थियो । ८ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कालिका सहकारीका पूर्व… पुरा पढौ