समाचार

लमजुङमा तमु ल्होसार धुमधामका साथ मनाइयो

लमजुङका गुरुङ समूदायले तमु नयाँ वर्षको रुपमा तामझामका साथ ल्होसार पर्व मनाएका छन् । बर्गचक्र फेरिएसँगै गुरुङ समूदायले सप्रिप्ल्हो अर्थात सर्प वर्गलाई विदाई गरी त ल्हो अर्थात घोडा वर्गलाई स्वागत गर्दै ल्होसार मनाएका छन् । गुरुङ समुदायले शुभकामना आदानप्रदान, चियापान, सम्मान, स्योकै र सांस्कृतिक कार्यक्रम गरी ल्होछारको स्वागत गरेका हुन् । ल्होसारको मुख्य दिन मंगलबार तमु ह्युला छोँज धि गुरुङ राष्ट्रिय परिषद् बेसीशहर इकाईले तमु संग्रहालयमा शुभकामना आदानप्रदान, सम्मान दिवा भोज तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । इकाईका अध्यक्ष… पुरा पढौ

लक्ष्मी बालमन्दिरका ६३ जना बालबालिकालाई न्यानो सामाग्री वितरण

लमजुङको सदरमुकाम बेसीशहर बजारमा रहेको श्री लक्ष्मी बालमन्दिर प्रा.वि.मा अध्ययनरत ६३ जना बालबालिकाहरुलाई जाडोको लागि न्यानो सामाग्री वितरण गरिएको छ । सामाजिक क्षेत्रमा सक्रिय तीनवटा संस्था बेसीशहर युथ सोसाइटी सेरा, लायन्स क्लब अफ लमजुङ र युनिभर्सल एकेडेमी बोर्डिङ स्कुल बेसीशहरले करिब ३५ हजार रुपैया बराबरका न्यानो टोपी, जुत्ता एवम् मोजा बितरण गरेको हो । मुख्य प्रायोजन गरेको बेसीशहर युथ सोसाईटी सेराले १० हजार ४ सय ४० रुपैँया, यूर्निर्सल एकेडमीले ५ हजार र बाँकी रकम लायन्स क्लवको सदस्यहरुले संकलन गरी बालबालिकालाई… पुरा पढौ

त्रिवेणी कपमा सोमबार २ टिम क्वाटर फाइनलमा प्रवेश

लमजुङको बेसीशहरमा शनिबारदेखि सुरु ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीता सोमबार दुई खेल सम्पन्न भएको छ । सोमबारको भएको पहिलो खेलमा लालीगुराँस युथ क्लब, भुजुङले ‘ए’ डिभिजन क्लब सातदोबाटो युथ क्लबलाई २–१ ले पराजित गर्दै त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब लालीगुराँसले सेमिफाइनल प्रवेश गर्न ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड र बुद्ध युथ क्लबबीचको विजेतासँग खेल्नेछ। त्यस्तै सोमबारको दोस्रो खेलमा ठाडाराई अधिकारी समाज लमजुङ र समाज कल्याण विच भएको खेलमा निर्धारित समयसम्म दुवै टिमबाट… पुरा पढौ

लमजुङ मर्स्याङ्दी युवाक्लव ३३ औँ त्रिवेणी कपको क्वाटर फाइनलमा प्रवेश

लमजुङका बेसीशहमा शनिबारदेखि सुरु ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिता आइतबार भएको पहिलो खेलमा भानु युनाइटेड (चक्रपथ, काठमाडौं) लाई एनआरटी काठमाडौंले १–० गोल अन्तरले हराएको छ। आइतबारको पहिलो खेल बिहान ११ बजे एनआरटी काठमाडौं र भानु युनाइटेड (चक्रपथ, काठमाडौं) बीच प्रतिस्पर्धा भएको थियो, जहाँ एनआरटीले संघर्षपूर्ण जित निकाल्न सफल भयो। आइतबार भएको दोस्रो खेलबाट लमजुङ मस्र्याङ्दी युवाक्लवले ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। त्रिवेणी युवा क्लब, बेसीशहर लमजुङको आयोजनामा त्रिवेणी रंगशालामा आइतबार सम्पन्न खेलमा लमजुङले चितवनको… पुरा पढौ

३३ औँ त्रिवेणी कप सुरु, पहिलो खेलमा एपिएफ ५ गोल गर्दै विजयी

लमजुङको बेसीशहर ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगीता सुरु भएको छ । कार्यक्रमका प्रमुुख अतिथीे गण्डकी प्रदेशका वन तथा बातावरण मन्त्री भेषबहादुर पौडेलले सहजी खेल मैदानमा प्रतियोगिताका उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, वडा नं ८ अध्यक्ष पवित्रा राना, त्रिवेणी क्लवका संस्थापक अध्यक्ष कृष्णबहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम क्लवका अध्यक्ष टेकजगं गुरुङको अध्यक्षतामा भएको थियो भने पुर्व अध्यक्ष विनोद गुरुङले सञ्चालन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङ,… पुरा पढौ

ज्येष्ठ नागरिक दिवसमा हेरचाहकर्तालाई सम्मान

लमजुङको बेसीशहर नगरपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिक हेरचाहकर्तालाई सम्मान गरेको छ । नगरपालिकाले पालिका भित्रका ११ वटै वडा बाट छनौट गरी ५० जना जेष्ठ नगारिक हेरचाहकर्तालाई प्रशंसापत्र र नगद ५ हजार रुपैया प्रदान गरी सम्मान गरेको हो । हाम्रो साझा अभियानः ज्येष्ठ नागरिक प्रति श्रद्धा र सम्मान भन्ने नाराका साथ शुक्रवार पाँचौ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बृद्ध अवस्थाका आमा वुवालाई सम्मानका साथ स्याहारसुसार र पालन पोषण गर्ने व्यक्तिहरुलाई सम्मान गरेको हो । आफ्ना सन्तानलाई हुर्काउन र लालनपालनमा बाआमाले जुन… पुरा पढौ

दोर्दीका होमस्टे सञ्चालकलाई होमस्टे व्यवस्थापन तालिम

लमजुङको दोर्दी गाउँपालिकामा होमस्टे सञ्चालन सुरु गरेका होमस्टे सञ्चालकलाई होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम दिन सुरु गरिएको छ । दोर्दी गाउँपालिका ७, माथिल्लो दैलुङमा बुधबारबाट सुरु भएको ५ दिने तालिममा दोर्दी गाउँपालिका वडा नं. १, ४ र ५ बाहेक होमस्टे सुरु गरेका गाउँका होमस्टे सञ्चालकहरु सहभागी भएका छन् । तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दोर्दी गाउँपालिकामा यसअघि होमस्टेलाई प्रवद्र्धन गर्न ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रमको सुरुवात भएकोमा अहिले होमस्टे सञ्चालकलाई व्यवस्थापन तथा खाना… पुरा पढौ

प्रदेश अस्पताल लमजुङका नवनियुक्त अध्यक्ष गुरुङद्धारा पदभार ग्रहण

प्रदेश अस्पताल लमजुङका नवनियुक्त अध्यक्ष विजय गुरुङले पदभार ग्रहण गर्नुभएको छ । अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष गुरुङलाई एक कार्यक्रमका विच गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले पदभार ग्रहण गराउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै आर्थिक मामिला मन्त्री डा. गुरुङले स्वास्थ्य सेवा प्रवाह गर्ने सन्दर्भमा प्रदेश अस्पताल लमजुङले गरेका प्रयासहरु निकै उपलव्धीमुलक रहेको उल्लेख गर्नुभयो । उहाँले गुणस्तरिय सेवा प्रवाह र थप व्यवस्थित बनाउन सक्दो पहल गर्ने वताउनभयो । पदभार ग्रहणपछि बोल्दै अध्यक्ष विजय गुरुङले अस्पतालको सेवा विस्तार… पुरा पढौ

कास्की कारागारबाट फरार थुनुवा लमजुङमा पक्राउ

कर्तव्य ज्यानको कसुरमा थुनामा रही कास्की कारागारबाट फरार एक जना थुनुवा साढेँ तीन महिनापछि लमजुङबाट पक्राउ परेका छन् । गत भदौ २४ गते कास्की कारागारबाटे फरार भएका लमजुङको दूधपोखरी गाउँपालिका–५, कोल्कीका ४५ वर्षीय मनबहादुर गुरुङलाई प्रहरीले मगंलबार पक्राउ गरेको हो । उनलाई प्रहरी चौकी गौंडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई कानुनी प्रक्रियापछि कास्की कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । गत भदौ २४ गते कास्की र तनहुँ कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म लमजुङमा ४६ जनालाई पक्राउ… पुरा पढौ

किराना पसलको आवरणमा अवैध धन्दाः तिन नाबालिकाको उद्धार

किराना पसल तथा होटल संचालन गरि नाबालिकाहरुलाई अनैतिक कृयाकलापमा संलग्न गराउने पसले लाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको बेसिशहर वडा नं ८ ठाडो लाईन स्थित किराना पसल संचालक ४५ की कोपिला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । बालबालिकाहरुलाई अनैतिक कार्यमा संलग्न गरिएको भन्ने उजुरीका आधारमा खटिएको प्रहरी टोलिले खोजतलासी गरेको थियो । सोही क्रममा आर्थिक अवस्था कमजोर भएका नाबालिकाहरुलाई आफ्नो किराना पसलमा काम गर्ने भनि राखी पसलको पछाडि भागमा छुट्टै कोठा व्यवस्था गरि पुरुष ग्राहकहरुसँग शारिरीक सम्पर्क गर्न लगाउने… पुरा पढौ