समाचार

बाढी–पहिरोको जोखिम बढ्दै, मर्स्याङ्दी गाउँपालिकाले जारी गर्‍यो सतर्कता अपिल

लगातारको वर्षासँगै मनसुन सक्रिय बनेपछि बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न थालेको भन्दै लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले बुधबार सार्वजनिक गरेको अपिलमा विगतका वर्षहरूमा बाढी–पहिरोका कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेको स्मरण गराउँदै यस वर्ष पनि निरन्तर वर्षाका कारण जोखिम बढ्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरेको हो। अपिलमा मौसम तथा विपद्सम्बन्धी पूर्वसूचना र पूर्वानुमानलाई गम्भीरतापूर्वक पालना गर्न, अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजान तथा आफ्नो टोल–बस्तीमा निरन्तर सतर्क रहन… पुरा पढौ

२१ औँ गाउँसभाबाट ६८ करोड ८७ लाखको बजेट पारित, ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक विमोचन

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभा आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम तथा बजेट पारित गर्दै भव्य रूपमा सम्पन्न भएको छ। ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने मूल नारासहित सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु। ६८ करोड ८७ लाख १८ हजार ५ सय बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो। गाउँसभाले बजेटसँगै विभिन्न महत्त्वपूर्ण विधेयक तथा प्रस्तावहरू पनि सर्वसम्मत रूपमा पारित गरेको छ। पारित भएका विधेयकमध्ये विज्ञापन व्यवस्थापन तथा नियमन… पुरा पढौ

एक महिनाभित्र फोहर व्यवस्थापन नगरे गाडी रोक्ने चेतावनी

लमजुङको बेँसीसहरस्थित कर्पुरेश्वर टोल विकास समितिले फोहोर व्यवस्थापनमा बेँसीसहर नगरपालिकाले ठोस पहल नगरे साउन २१ गतेपछि फोहोर बोकेका गाडी सञ्चालनमा रोक लगाउने चेतावनी दिएको छ। समितिका संयोजक लोकबहादुर गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले साउन २१ गतेभित्र फोहोरको उचित व्यवस्थापन गर्न नगरपालिकालाई आग्रह गर्दै सो अवधिसम्म पनि समस्या समाधान नभए कर्पुरेश्वर–दनैफाँट क्षेत्रबाट तल नगरपालिका क्षेत्रको फोहोर बोकेका सवारीसाधनलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो। समितिका अनुसार बेँसीसहर नगरपालिका–८ अन्तर्गत मर्स्याङ्दी नदी किनारमा लामो समयदेखि अव्यवस्थित रूपमा फोहोर फालिँदै आएको छ। यसले… पुरा पढौ

लमजुङ जिल्ला अदालतको ऐतिहासिक उपलब्धि: १०५.७ प्रतिशत मुद्दा फर्स्यौट

जिल्ला अदालत लमजुङले आर्थिक वर्ष २०८२\०८३ मा वार्षिक लक्ष्यभन्दा बढी अर्थात् १०५.७ प्रतिशत मुद्दा फर्स्यौट गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ। वार्षिक लक्ष्य र प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा जिल्ला न्यायाधीश शिशिरराज ढकालले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३४९ र चालु वर्षमा दर्ता भएका ६४५ गरी कुल ९९४ मुद्दामध्ये ७९० मुद्दा फर्स्यौट गरिएको जानकारी दिनुभयो । वार्षिक लक्ष्यअनुसार ७४७ मुद्दा फर्स्यौट गर्नुपर्नेमा लक्ष्यभन्दा बढी मुद्दा टुंग्याउँदै १०५.७ प्रतिशत प्रगति हासिल भएको ढकालले बताउनुभयो । संख्यात्मक हिसाबले पहिलोपटक… पुरा पढौ

बेसीशहरमा नेवाः सार्वजनिक घाट निर्माण

लमजुङ बेसीशहरमा दाहसंस्कारका लागि उपयुक्त सार्वजनिक घाटको अभाव अन्त्य गर्ने उद्देश्यले निर्माण गरिएको नेवास् सार्वजनिक घाट निर्माण कार्य सम्पन्न भएको छ। बेसीशहर नेवार समाजको पहलमा निर्माण गरिएको उक्त घाट बेसीशहर नगरपालिका–७, भोटेफाँट जाने पुल नजिक अवस्थित रहेको छ। घाट नेवार समुदायको अग्रसरतामा निर्माण गरिए पनि सम्पूर्ण समुदायले प्रयोग गर्न सक्ने सार्वजनिक संरचनाका रूपमा सञ्चालन गरिने समाजले जनाएको छ। निर्माण समितिका अनुसार घाट निर्माणका लागि समुदायबाट २४ लाख रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको थियो। निर्माण कार्यमा करिब १९ लाख रुपैयाँ… पुरा पढौ

नयाँ कार्यकालको सुरुवातसँगै लायन्स क्लबहरूको संयुक्त वृक्षारोपण

वर्ष २०२६ र २७ लायन्सको नयाँ कार्यकालको पहिलो दिन लायन्स क्लब अफ लमजुङ बेँसीसहर, लायन्स क्लब अफ लमजुङ टुगेदर वी क्यान, लायन्स क्लब अफ लमजुङ दरबार र लायन्स क्लब अफ लमजुङ टुगेदर वी सर्भले संयुक्त रूपमा बेसीशहर ७ चण्डीडाँडा गुम्बा क्षेत्रको तलपट्टि वृक्षारोपण कार्यक्रम सम्पन्न गरेका छन्। विश्वभर नै प्रत्येक वर्ष जुलाई १ देखि लायन्स क्लबको नयाँ कार्यकाल सुरु हुने परम्पराअनुसार लमजुङका चारवटै क्लबले नयाँ नेतृत्वको सुरुआत वातावरण संरक्षणसँग जोडिएको सामाजिक कार्यबाट गरेका हुन्। कार्यक्रममा करिब २५ वटा बिरुवा रोपिएको… पुरा पढौ

नेपाल पत्रकार महासंघ लमजुङको १७ औँ साधारणसभाबाट ६ बुँदे घोषणापत्र जारी

नेपाल पत्रकार महासंघ लमजुङ शाखाको १७ औँ साधारणसभाको बन्दसत्रले संस्थागत तथा आर्थिक प्रतिवेदन पारित गर्दै ६ बुँदे घोषणापत्र जारी गरेको छ। सुन्दरबजार नगपालिकाकामा भएको कार्यक्रममा महासंघका अध्यक्ष सन्देश पौडेलले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष निरज अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि व्यापक छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको हो। साधारणसभाले जारी गरेको घोषणापत्रमा सञ्चारकर्मीको हक–हित, पेशागत सुरक्षा, उचित पारिश्रमिक र स्वास्थ्य बीमाका विषयमा संस्थागत रूपमा निरन्तर काम गर्ने, नयाँ पत्रकार उत्पादन तथा क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता,… पुरा पढौ

नेपाल पत्रकार महासङ्घ लमजुङको १७ औँ साधारणसभा सम्पन्न

नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १७ औँ साधारणसभा सुन्दरबजारमा सम्पन्न भएको छ। महासङ्घ लमजुङका अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तथा प्रदेशसभा सदस्य टकबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साधारणसभामा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुरबहादुर गुरुङ, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे, राइनास नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङ, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङ,… पुरा पढौ

एआई प्रविधिमा शिक्षकलाई दक्ष बनाउँदै युनिभर्सल एकेडेमी, विशेष कार्यशाला सम्पन्न

लमजुङ, बेसीसहर नगरपालिका–७ स्थित युनिभर्सल एकेडेमीले शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता ९एआई० सम्बन्धी एकदिने प्रशिक्षण तथा कार्यशाला सम्पन्न गरेको छ। शिक्षण–सिकाइलाई आधुनिक, प्रविधिमैत्री र थप प्रभावकारी बनाउने लक्ष्यसहित आयोजित कार्यशालामा विद्यालयका शिक्षकहरूले एआईको शैक्षिक प्रयोगबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका छन्। कार्यशालामा पाठ योजना तयार गर्ने, आकर्षक शिक्षण सामग्री निर्माण गर्ने, विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्ने, सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने तथा दैनिक कक्षाकोठा व्यवस्थापनमा एआईको सुरक्षित, जिम्मेवार र प्रभावकारी प्रयोग गर्ने विषयमा प्रशिक्षण दिइएको थियो। सहभागी शिक्षकहरूले… पुरा पढौ

स्मार्ट कक्षा सुरु भएपछि विद्यार्थी भन्छन् अब घोक्नुपर्दैन, भिडियो हेरेरै बुझिन्छ,परम्परागत शिक्षण शैलीमा भयो ब्रेकथ्रु

आफ्नो स्कुलमा डिजिटल कक्षा सुरु भएपछि लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरू निकै उत्साहित देखिएका छन्। कक्षा १० मा अध्ययनरत छात्र अरुण बिकले आफ्नो अनुभव सुनाउँदै भन्छन्, पहिला सरहरूले बोर्डमा लेखेर वा भनेर पढाउँदा कतिपय कुरा बुझिँदैनथ्यो र दिमागमा पनि बस्दैनथ्यो। अहिले स्मार्ट कक्षामा सिनेमा हेरेझैँ भिडियोमार्फत पढ्न पाइन्छ। गणितमा पहिला सूत्रहरू घोक्नुपथ्र्यो, अहिले त्यो सूत्र कसरी बन्यो भनेर ‘भिजुअलाइजेशन’ गर्न सकिन्छ। विज्ञानका रासायनिक प्रतिक्रिया र इतिहासका घटनाहरूलाई आँखा अगाडि भिडियोमा हेरेर अनुभव गर्न पाउँदा सिकाइ सजिलो भएको… पुरा पढौ