सूचना प्रविधि

लमजुङ महोत्सवको तयारी तिब्र, राष्ट्रपतीले उद्घाटन गर्ने

आगामी चैत्र २३ गते देखि सुरु हुने आठौँ लमजुङ महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सवको राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ । लमजुङ उद्योग बाणिज्य संघको हलमा आइतबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी ७५ प्रतिशत पुरा भएको जानकारी गराइएको हो । तयारी अन्र्तगत २०१ वटा स्टलहरु सबै बुकिङ भैसकेको, बजार सजावट अन्र्तगत विजुलीका पोलहरुमा झिलिमिली बक्ति जडान गर्ने कार्य भै रहेको, मञ्च व्यवस्थापन, तथा प्रचारप्रसारका कार्यहरु तिब्र रुपमा भै रहेको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष… पुरा पढौ

लमजुङमा कफी उत्पादन घट्दै, माग बढ्दै

लमजुङमा कफी उत्पादनमा बृद्धी हुन सकेको छैन । किसानहरुलाई उपयुक्त तालिम, अनुदान, मल, सिंचाईको अभाव तथा उत्पादित कफीको बजारको सहजता लगायतमा सहयोग भनएपछि उत्पादनमा पनि कमी हुन थालेको हो । विगत १ दशक अघि लमजुङका किसानहरु कफी खेती तर्फ निकै हौसिएका थिए । आफ्नो खाली रहेको जग्गा तथा खेतबारीमा समेत कफी खेती सुरु गरेका किसानहरुले पछिल्लो समय कफी खेती प्रति निराश भई विस्तार गर्न सकेका छैनन् । लमजुङको हावापानी कफी खेतीका लागि उपयुक्त मानिन्छ तर सहज तथा सहुलियत ऋणको उपलब्ध… पुरा पढौ

दोर्दीमा भएको निःशुल्क आँखा शिविरमा करिव १२ सय जनाको उपचार

लमजुङको दोर्दी गाउँ पालिकामा भएको निःशुल्क आँखा शिविरमा करिब ११ सय ९४ जनाले उपचार गराएका छन् । यहि चैत १ गते देखि सुरु शिविर दोर्दी गाउँपालिका र शान्ति मिलन युवा क्लव नौथर शेराको आयोजना, नेपाल आँखा अस्पताल काठमाडौंको प्राबिधिक सहयोग र मुटु फाउन्डेसन काठमाडौंको सहयोगमा भएको हो । शिविर शनिबार सम्म सञ्चालन हुने भनिए पनि अत्याधिक मात्रामा विरामी आए पछि चैत ४ गते आइतबार सम्म सञ्चालन हुने भएको छ । शिविरमा उपचारका लागि आएका मध्ये पहिलो दिन ३५ जना, दोस्रो… पुरा पढौ

लमजुङ अस्पताललाई थप गुणस्तरीय बनाउन सरोकारवालाको सुझाब

लमजुङ जिल्ला अस्पताल लमजुङको सार्वजनिक सुनुवाई बुधबार सम्पन्न भएको छ । अस्पताल व्यवस्थान समितिका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम बेसशिहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारीले अस्पताललाई कसरी अझ व्यवस्थित सकिन्छ भनेर सुझाब, सल्लाह सहितको मन्तव्य दिनुभएको थियो । कार्यक्रम नेपाली कागें्रस लमजुङका सचिव विमल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका उपसंयोजक अशोक सापकोटा, राप्रपाका उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, नेपाली काग्रेंस विपीका अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख मिनबहादुर घले, शसस्त्र प्रहरी बल रानीकुवाका… पुरा पढौ

जिल्लाव्यापी विज्ञान प्रर्दशनीमा विद्याज्योति मावि प्रथम

लमजुङमा जिल्लाव्यापी विज्ञान प्रर्दशनी प्रतियोगिताको आयोजना गरिएको छ । बेसीशहरको बालकल्याण माविमा आयोजना गरिएको विज्ञान प्रर्दशनीमा सुन्दरबजार नगरपालिका खहरेको विद्याज्योति माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै आदर्श बाल माध्यमिक विद्यालय सुन्दरबजार द्धितीय भएको छ भने ल्याण्डस्टार बोर्डिङ बेसीशहर तृतीय र बालकल्याण मावि भकुन्डे सान्त्वना भएका छन् । विजेता हुने प्रथमले १५ हजार द्धितीयले १३ हजार, तृतीयले ११ हजार र सान्त्वनाले ५ हजार पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्नुभएको हो ।… पुरा पढौ

दोर्दीको भगवान आधारभुत विद्यालयलाई कम्प्युटर सहयोग

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ६ किर्तिपुरमा रहेको भगवान आधारभुत विद्यालयलाई फोरपोज च्यारिटी अर्गनाइजेशनले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । विद्यालयको शैक्षिक हितका लागि पोखरा ८ कास्कीमा रहेको उक्त अर्गनाइजेशनले आईतवार शैक्षिक सामाग्री हरुतान्तरण गरेको हो । लमजुङको विकट ठाउँमा रहेको उक्त विद्यालयको शैक्षिक प्रगतिको लागि विद्यालमा ५ थान डेक्सटप कम्युटर र एक थान रङगिन प्रिन्टर लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष कृष्णबहादुर भोलेन, उपाध्यक्ष शेरबहादुर क्षेत्री, सदस्य सचिव नविनकुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक वर्तमान घलेलाई हस्तान्तरण गर्नुभएको… पुरा पढौ

नमुना अस्पतालमा १ वर्षमा १४ हजार बढीको उपचार

लमजुङको सुन्दरवजारमा रहेको एच.डी.सी.एस-नमुना सामुदायिक अस्पतालले १ वर्षको अवधिमा १४ हजार बढी बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । गतवर्ष जनवरी १ तारिखदेखि एचडीसीएसले अस्पताल सञ्चालनको जिम्मा लिएको सोमबार १ वर्ष पुगेको छ ।यो अवधिमा १४ हजार ३ सय ६८ जना विरामीहरुलाई बहिरंग सेवा र यसमध्ये १ हजार १ सय २६ जना विरामीहरुलाई अन्तरंग सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार अस्पतालमा आएका विरामी मध्ये २ हजार ६ सय ६४ जनालाई आकस्मिक सेवा प्रदान गरिएको… पुरा पढौ

बेसीसहर-खुदी सडकमा कालोपत्रेको काम सुरु, गुणस्तरमा प्रश्न

लमजुङको सदरमुकाम बेसीसहर देखि उत्तर तर्फको क्षेत्र जाने सडकमा लामो कालोपत्रेको काम सुरु भएको छ । निकै लामो समयदेखि निमार्ण कार्यमा ढिलाई भएको बेसीशहर खुदी सडकको पिच गर्ने काम सुरु भएको हो । हिमाली जिल्ला मनाङ तर्फ जाने एक मात्रै प्रमुख द्धारको रुपमा रहेको बेसीशहर खुदीको जल्किनी सम्मको ७.८ किलोमिटर सडकमा कालोपत्रे गरिदैछ । गत असार मसान्त सम्ममा नै कालोपत्रे काम सम्पन्न गरिसक्नु पर्ने भएपनि निरन्तर काम नभई ढिलाई भएपछि ०८१ सालको असार मसान्त सम्म निर्माणको लागि म्याद थपिएको थियो… पुरा पढौ

सुत्केरी मृत्यु प्रकरणमा विज्ञ टोलीले गर्योे छानविन

लमजुङ जिल्ला अस्पतालमा सुत्केरी र शिशुको मृत्यु भएको घटनाको विषयलाई लिएर लमजुङ आएको उच्च स्तरीय छानविन टोलीले अनुसन्धान गरेको छ । शुक्रबार टोलीले जिल्लाको छानविन तथा अनुसन्धान कार्य सम्पन्न गरेको छ । छानविनका क्रममा पिडित पक्षसगँ, उपचारमा संलग्न डाक्टर, अस्पताल व्यवस्थापन समिति र अस्पतालका मेसु डा. विशाल तिवारीसगँ छुट्टाछुट्टै छलफल गरेको छ । अस्पतालमा गरिएको प्रारम्भिक छानविनमा गर्भवती विकको शल्यक्रिया गाइनोलोजिस्ट डाक्टरले नै गरेकाले उपचारमा कुनै त्रुटि नभेटिएको निर्णय गरेको छ । त्यस्तै अस्पतालमा आइसियु कक्षको व्यवस्था भएको भए उपचारमा… पुरा पढौ

सुनचाँदीका गहना बनाउन सिपालु सुन्तलीका सङघर्षका कथा

हसिलो अनुहार कठिन संघर्ष, पछीको सफल महिला व्यबसायीको रुपमा चिनीन सफल व्यक्तित्वकी धनी उनी हुन्, ‘‘सुन्तली सुनार ।” सुनार विगत १५ बर्षदेखि लमजुङ जिल्लाको सदरमुकाम बेसिशहर नगरपालिका वडा नं –८ स्थित सेरा ओेरालोमा सञ्चालित सुन्तली सुनचादी पसलको प्रोपाइटरका रुपमा कृयाशिल रहदै आउनुभएको छ । धेरै समयको कठिन मेहनत पछी सुनारले २०६५ सालमा आफ्नै नाउँमा दर्ता गरेर हाल सम्म संन्चालान गर्दै आउनुभएको हो । तनहुँ जिल्लाको साबिक चोक गाविस ५, हाल भानु १०, अमलटारमा बुबा जीतबहादुर सुनार र आमा अन्नपूर्ण सुनारबाट… पुरा पढौ