आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लमजुङ सदरमुकाम बेसीसहरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। कार्यालयको उद्घाटन न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, पारदर्शी, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो। निर्वाचन सफल बनाउन सबै सरोकारवाला निकाय जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाइ थियो। जिल्ला निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी यादवराज आचार्यका अनुसार कार्यालय स्थापना भएसँगै निर्वाचनका सम्पूर्ण आवश्यक…
पुरा पढौ