
लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर ६ किर्तिपुरमा रहेको भगवान आधारभुत विद्यालयलाई फोरपोज च्यारिटी अर्गनाइजेशनले शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । विद्यालयको शैक्षिक हितका लागि पोखरा ८ कास्कीमा रहेको उक्त अर्गनाइजेशनले आईतवार शैक्षिक सामाग्री हरुतान्तरण गरेको हो ।
लमजुङको विकट ठाउँमा रहेको उक्त विद्यालयको शैक्षिक प्रगतिको लागि विद्यालमा ५ थान डेक्सटप कम्युटर र एक थान रङगिन प्रिन्टर लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष कृष्णबहादुर भोलेन, उपाध्यक्ष शेरबहादुर क्षेत्री, सदस्य सचिव नविनकुमार अधिकारीले विद्यालयका प्रधानाध्यापक वर्तमान घलेलाई हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष नन्दराज घलेले विद्यालयको शैक्षिक उन्नतिका लागि समाजका सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो । शैक्षिक सामाग्री सहयोग गर्ने फोरपोज च्यारिटी अर्गनाइजेशनका प्रतिनिधिलाई विकट ठाउँको शैक्षिक स्तर उकास्नका लागि सहयोग गर्नुभएको धन्यवाद व्यक्त गर्नुभएको थियो ।
त्यस्तै अर्गनाइजेशनका अध्यक्ष कृष्णबहादुर भोलेनले उपलब्ध स्रोत साधनको उच्चतम सदुपयोग गरि शैक्षिक लाभ लिन आग्रह गर्नुभयो । उक्त सामाग्री स्टिचीङ नेपाल र वल्र्ड भिजनको सहयोगार्थमा उपलब्ध भएको जानकारी दिनुभयो ।
कार्यक्रममा निवर्तमान प्रधानाध्यापक तथा दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यहरु अभिभावक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो