सूचना प्रविधि

बेसीशहर नगरपालिकाद्वारा विद्यालयमा प्रविधि विस्तार र कार्यसम्पादन करार

लममजुङको बेसीशहर नगरपालिकाले पालिका भित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधि विस्तार, सामग्री हस्तान्तरण र कार्यसम्पादन करार सम्झौतालाई एकसाथ अघि बढाएको छ। नगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ का लागि शिक्षा, युवा तथा खेलकुद शाखा र सामुदायिक विद्यालयका प्रअहरु विच कार्यसम्पादन करार सम्झौता गरेको छ । सो अवसरमा अघिल्लो शैक्षिक सत्र २०८२ मा गरिएको कार्यसम्पादन करारको समीक्षा गर्दै विद्यालयहरूले हासिल गरेका उपलब्धि, देखिएका कमजोरी तथा आगामी वर्षका लागि तयार पारिएका कार्ययोजनामाथि विस्तृत प्रस्तुतिकरण गरिएको थियो। समीक्षा तथा छलफलका क्रममा विद्यालयलाई… पुरा पढौ

नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सासले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्दै

टेम्पल, टेक्सास— नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सासले आगामी मे ३, २०२६ मा टेम्पल र वेको क्षेत्रका नेपाली समुदायबीच एक विशेष मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ। “एक खेल, एक समुदाय, सँगै बलियो ” (One Game, One Community, Stronger Together) भन्ने नाराका साथ आयोजना हुन लागेको यो खेलले स्थानीय नेपाली समुदायबीचको एकता र खेलभावनालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। आयोजक नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सास महासचिव डा मुनिष शर्माका अनुसार कार्यक्रम टेम्पलस्थित क्रसरोड्स पार्क मा बिहान १० बजे सुरु… पुरा पढौ

बेसीशहरमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सचेतना

स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश को आयोजना तथा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङको समन्वयमा नसर्ने रोग तथा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना तथा प्रवद्र्धन कार्यक्रम लमजुङको बेसीशहर सम्पन्न भएको छ। कार्यक्रममा चिकित्सक सेवा महाशाखाका डा. रमेश केसी ले स्वस्थ जीवनशैली, नसर्ने रोग तथा यसको रोकथामका उपायबारे जानकारी गराउनुभयो। उहाँले मुटु स्वस्थ राख्न हप्तामा कम्तीमा १५० मिनेट वा दैनिक ३० मिनेट मध्यम खालको व्यायाम आवश्यक रहेको बताउनुभयो। साथै दैनिक करिब ४०० ग्राम सागपात तथा फलफूल सेवन गर्न, ध्यान–योग र मेडिटेसनजस्ता अभ्यास अपनाउन सुझाव दिनुभयो।… पुरा पढौ

बेसीशहर नगरपालिकाले फोहोरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्र निमार्णका लागि जग्गा खोज्दै

बेसीशहर नगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई आधुनिक र वातावरणमैत्री बनाउन “फोहोरमैला प्रशोधन तथा व्यवस्थापन केन्द्र” निर्माण गर्ने तयारी गरेको छ। सोही उद्देश्यका लागि नगरपालिकाले उपयुक्त जग्गा उपलब्ध गराउन सार्वजनिक सूचना जारी गर्दै इच्छुक पक्षलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो। नगरपालिकाका अनुसार आफ्नो क्षेत्रभित्र दैनिक रूपमा उत्पादन हुने फोहोरलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न केन्द्र स्थापना गर्न लागिएको हो। यसका लागि निजी व्यक्ति, परिवार, समूह वा संस्थाले जग्गा बिक्री वा निःशुल्क दानमार्फत उपलब्ध गराउन सक्नेछन्। त्यसका लागि सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र… पुरा पढौ

सरकारी तालिकाभन्दा अगावै लमजुङमा पठनपाठन सुरु, स्थानीय निर्णयमै कक्षा सञ्चालन

सरकारले तोकेको शैक्षिक कार्यतालिकाभन्दा अगावै लमजुङमा विद्यालयहरूमा पठनपाठन सुरु गरिएको छ। नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने र वैशाख २१ गतेबाट नियमित कक्षा सञ्चालन गर्ने संघीय सरकारको निर्णय रहे पनि जिल्लामा वैशाख १० गतेदेखि नै कक्षाहरू सञ्चालनमा ल्याइएको हो। स्थानीय तहको समन्वयमा नगरपालिका तथा गाउँपालिकाका प्रतिनिधि र विद्यालयका प्रधानाध्यापकहरूको बैठकले वैशाख १० गतेदेखि नै पठनपाठन सुरु गर्ने निर्णय गरेको स्रोतले जनाएको छ। सोही निर्णयका आधारमा जिल्लाका अधिकांश निजी तथा सामुदायिक विद्यालयहरूले कक्षा सञ्चालनमा ल्याएका हुन्। शिक्षा मन्त्रालयले देशभर… पुरा पढौ

सरकारी विज्ञापनमा विभेद भएको भन्दै पत्रकारले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपाल पत्रकार महासंघ, लमजुङ शाखाले सरकारी विज्ञापन वितरणमा विभेद गरिएको भन्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र पेश गरेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो । विहिबार जिल्ला प्रशासन कार्यालयमा पुगेर बुझाइएको ज्ञापनपत्रमा हालै जारी गरिएको सरकारी निर्णय तथा परिपत्र तत्काल खारेज गर्न माग गरिएको छ। ज्ञापन पत्र बुझाउनको लागि नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेल, केन्द्रिय सदस्य कृष्ण केसी लगायत पुुर्व अध्यक्ष तथा पत्रकाहरुको उपस्थिती रहेको थियो । महासंघले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने… पुरा पढौ

अस्पतालद्वारा नसर्ने रोगहरुको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

लमजुङको सुन्दरबजार - ६ मा रहेको एच.डि.सि.एस. नमुना सामुदायिक अस्पतालले नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ। अस्पतालले मुटु, मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), मिर्गौला, कोलेस्ट्रोल, आँखा, मानसिक स्वास्थ्य तथा युरिनसम्बन्धी विभिन्न रोगहरूको निःशुल्क परीक्षण सुरु गरेको जनाएको छ। निशुल्क परीक्षणका क्रममा समस्या देखिएका विरामीहरुलाई अस्पतालमा दिइने सेवा समेत निशुल्क गरिने निर्देशक श्रेष्ठले बताउनुभयो । अस्पतालका अनुसार प्रत्येक महिनाको ५ गते उक्त परीक्षण कार्यक्रम सञ्चालन हुने गरेको छ। फागुन महिनाबाट सुरु गरिएको कार्यक्रममा पहिलो महिनामा १ सय ५… पुरा पढौ

कानुनी स्पष्टता बिना शेयर बिक्री ? मर्स्याङ्दी बचाउ अभियानको विरोधबीच दिव्य ज्योतिको कदम

लमजुङको सदरमुकाम बेसीशहर भएर बग्ने मर्स्याङ्दी नदी क्षेत्रको संरक्षणको माग गर्दै सक्रिय “मर्स्याङ्दी बचाउ अभियान” ले विरोध जनाइरहेका बेला दिव्य ज्योति हाइड्र पावर लिमिटेडले संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएको छ। बेसीसहर नगरपालिका–८ का स्थानीय तथा अभियानमा आबद्ध सुरेश कुमार प्रधानले सूचना अधिकार ऐन, २०६४ अनुसार कम्पनीसँग विस्तृत जानकारी माग गरेका छन्। उनले कम्पनीको कानुनी हैसियत, शेयर जारी गर्ने अनुमति, बोर्डको निर्णय, शेयर वितरण दर तथा मूल्य निर्धारणको आधारबारे स्पष्ट जानकारी माग गरेका हुन्। प्रधानले विशेषगरी आयोजनासम्बन्धी कानुनी र प्राविधिक… पुरा पढौ

प्रदेश अस्पताल लमजुङद्वारा अन्तरक्रिया तथा कार्यशाला गोष्ठी आयोजना

प्रदेश अस्पताल लमजुङले आफूले प्रवाह गरिरहेको स्वास्थ्य सेवाबारे जानकारी आदान–प्रदान गर्ने उद्देश्यले स्थानीय तह तथा सरोकारवालाहरूसँग अन्तरक्रिया तथा समन्वयात्मक कार्यशाला गोष्ठी आयोजना गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति लमजुङका अध्यक्ष पुरनबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शिशिर देवकोटा, सर्जन डा. विवेक पौडेल तथा डा. अमृत अधिकारीले अस्पतालले प्रदान गरिरहेका सेवा तथा हालसम्म सम्पन्न गरेका कार्यहरूको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो। बेसीशहरस्थित प्रदेश अस्पताल लमजुङ ५० शय्याको… पुरा पढौ

मर्स्याङ्दीमा सडक सुरक्षा सचेतना कार्यक्रम, ब्रेथलाइजर मेसिन हस्तान्तरण

लमजुङको मर्स्याङ्दीमा गाउँपालिकामा सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। मस्र्याङ्दी गाउँपालिकाको आयोजना तथा खुदी युथ र खुदी प्रहरी चौकीको सहकार्यमा सवारी दुर्घटना सम्बन्धी सचेतना कार्यक्रमसँगै ब्रेथलाइजर मेसिन हस्तान्तरण गरिएको हो। मस्र्याङ्दी–९ खुदीस्थित साम्बाचोकमा आयोजित कार्यक्रमका क्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीमार्फत ब्रेथलाइजर मेसिन हस्तान्तरण गरेका थिए। उक्त मेसिनले मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।… पुरा पढौ