सूचना प्रविधि

सम्झौता मिति भन्दा ६ महिना अघि नै मर्स्याङ्दी गाउँपालिकाको भवन निमार्ण सम्पन्न, सञ्चार मन्त्री गुरुङद्धारा उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा संविधान संशोधनको विकल्प नरहेको बताउनुभएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको नवनिर्मित भवनको भुलभुलेमा उद्घाटन पश्चात मन्तव्य राख्दै गुरुङ संविधान कार्यान्वयन गर्दा कहाँ समस्या प¥यो, हामी पहिचान गर्छौं र आवश्यक परे संविधान संशोधन गछौं भन्नुभएको हो । १० वर्षभित्र संविधान संशोधन गर्न सकिने संवैधानिक व्यवस्था रहेको भन्दै मन्त्री गुरुङले २०८२ भित्र संविधान संशोधनको गरिसक्ने बताउनुभएको छ । उहाँले प्रतिपक्षसगँ पनि छलफल गरेर राष्ट्रिय सहमतिले नै संविधान संशोधन गरिने बताउनुभयो । लमजुङको मर्स्याङ्दी गाउँपालिका… पुरा पढौ

क्व्होलासोथार गाउँपालिकाको भवन सञ्चार मन्त्री गुरुङद्धारा उद्घाटन

सञ्चार तथा सुचना प्रविधि मन्त्री, नेपाल सरकारका प्रवक्ता माननीय पृथ्वीसुब्बा गुरुङले आगामी दिनमा क्व्होलासोथारबासीले थप सहज, छिटो छरितो, सुविधाजनक, पारदर्शी सेवा पाउने बताउनुभएको छ। बिहिबार क्व्होलासोथार गाउँ कार्यपालिकाको प्रशाकीय भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले सो धारणा व्यक्त गर्नुभएको हो। पालिकाको सुविधा सम्पन्न प्रशाकीय भवन निर्माण भईसकेकोले त्यसबाट प्रवाहित सेवासुविधा ज्यादै उत्कृष्ट हुने पनि उहाँले बताउनुभयो। अबका दिनमा गाउँपालिकाबाट दिईने सेवाहरु ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार रहित हुनुपर्ने बताउँदै यस्ता विषयमा शुन्य सहनशीलता रहने मन्त्री गुरुङले बताउनुभयो। सुचनाप्रविधिको भरपुर उपयोग गर्दै कागजात… पुरा पढौ

लमजुङ अस्पताललाई सुविधा सम्पन्न बनाइने: स्वास्थ्य मन्त्री पाठक

लमजुङ अस्पताललाई गण्डकी प्रदेशकै सुविधा सम्पन्न बनाइने गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बताउनु भयो । लमजुङ अस्पतालको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार मन्त्री पाठकले यस्तो बताउनु भएको हो । प्रदेश अस्प्तालको रेकर्ड अनुसार पनि लमजुङ अस्पताल उत्कृष्ट देखिएको मन्त्री पाठकले बताउनुभयो । त्यस्तै लमजुङ अस्पतालका लागि तत्कालै सिटिस्क्यान मेशिनको आवश्यकता खड्किएको प्रदेश सभा सदस्य भेष बहादुर पौडेलले बताउनु भयो । यहाँ विशेषज्ञ सेवा थपिए पनि सिटिस्क्यान मेशिन नहुँदा अन्यत्र रिफर गर्नु पर्ने बाध्यता रहेको हुँदा यसको व्यवस्था गर्नु पहिलो प्रथामिकता… पुरा पढौ

अस्पताल सुरु भएको ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा

लमजुङमा जिल्ला अस्पताल सुरु भएको करिव ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा आएको छ । २०४२ सालमा भवन निमार्ण गरी सुरु भएको जिल्ला अस्पतालको सेवा क्रमश विस्तार गर्ने क्रममा करिब ४ दशक पछि आइसियु कक्ष सञ्चालनमा आएको हो । आइसियु कक्षको शनिबार नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नभएको छ । सो अवसरमा मन्त्री गुरुङले नेपालको संविधानको मौलिक हकमा व्यवस्था भएको शिक्षा र स्वास्थ्य लागु गर्ने सरकारको जिम्वेवारी भएकाले त्यो पुरा गर्ने अभियानमा सरकार लागेकोे बताउनुभएको छ… पुरा पढौ

लमजुङका उत्सवले लिए देशकै पहिलो स्थान

लमजुङका उत्सव घिमिरे कक्षा १२ को परीक्षामा नेपाल प्रथम हुन सफल भएका छन् । बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसी स्थायी घर भई हाल दाङ घोराहीमा बसोबास गर्दै आएका घिमिरेले सोही ठाउँमा रहेको गोर्खा स्कुलबाट ३.९६ जिपिए प्राप्त गरी नेपाल प्रथम भएका हुन् । २०६० सालमा कामको शिलशिलामा दाङ पुगेका घिमिरे परिवारले आफ्ना बच्चाहरुलाई पनि सोही ठाउँका विद्यालयमा नै पढाउँदै आएका थिए । कक्षा १ मा भर्ना भएदेखि कहिल्यै पनि दोस्रो नभएको उत्सवकी आमा हिन्दु घिमिरेले बताउनुभयो । पढाईमा निकै… पुरा पढौ

देशमा संकटको अवस्था आउँदा काङ्ग्रेस एमाले मिल्नुको विकल्प छैन : सञ्चार मन्त्री गुरुङ

देशमा संकटको अवस्था आउँदा देशका ठूला तथा मुख्य पार्टी नेपाली काङ्ग्रेस र नेकपा एमाले मिल्नुको विकल्प नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विगत देखि नै राष्ट्रिय घटनाक्रम अनुसार कांग्रेस–एमाले मिलेर समस्याको समाधान गर्दै आएको दावी गर्नुभयो । एक डेढ वर्षको अवधिमा २⁄३ पटक… पुरा पढौ

३ दिन सम्म पनि त्रिशूलीमा बेपत्ता यात्रु र बसको अज्ञात, विदेशबाट थप उपकरण ल्याउने तयारी

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान पहिरोमा परी त्रिशूली नदीमा खसेका दुई वटाको अवस्था अझै अज्ञात रहेको छ । त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भैरहेको गृहसचिव एकनारायण अर्यालले बताउनुभएको छ । अर्यालले सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित घटनास्थल पुग्नुभएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दूतावाससँग कुरा भइरहेको जानकारी दिनुभयो । पहिरोमा परी त्रिशूली नदीमा खसेका… पुरा पढौ

यो मनसुनमा चरम मौसमी घटनाको जोखिम

काठमाडौं । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । वर्षा धेरै हुँदाहुँदै तापक्रम पनि बढ्ने भएकाले मौसमी घटना धेरै हुनसक्ने मौसमविदहरुको चेतावनी छ । दक्षिण एसियाली जलवायु फोरम र अन्तर्राष्ट्रिय विज्ञहरुको विश्लेषणका आधारमा विभागले यस वर्षको मनसुनबारे आफ्नो प्रक्षेपण सार्वजनिक गरेको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर नै वर्षा हुने… पुरा पढौ

राइनासमा गाई पालक किसानलाई काउम्याट वितरण

लमजुङको राइनास नगरपालिका कृषि विकास शाखा तथा पशुपन्छी विकास शाखाले बुधबार गाई पालक किसानलाई काउम्याट र चापकटर वितरण गरेको छ । राइनास नगरपालिका भित्र रहेका व्यवसायिक गाई पालक किसानहरु मध्ये छनोट गरि काउम्याट चापकटर ५० प्रतिशत अनुदानमा प्रदान गरेको हो । काउम्याट अर्थात गाईलाई ओछ्याउने म्याटले गाईलाइ गोठमा बस्दा, उठ्दा लाग्ने चोटबाट जोगाउने, चिसोबाट बचाउने साथै दुधाालु गाईको दुध उत्पादन क्षमतामा बृद्धी हुने बताइएको छ । चापकटरले घाँस पराललाई मसिनो बनाएर काट्ने हुदा खेर नजाने र गाईवस्तुले राम्रोसगँ खान सक्ने… पुरा पढौ

लमजुङका कहाली लाग्दा भिरहरुमा ‘हनी हन्टिङ’ गरिदै

यतिबेला लमजुङका कहाली लाग्दा भिरहरुमा ‘हनी हन्टिङ’ अर्थात मह शिकार गरिदै छ । मर्स्याङदी गाउँपालिकाको वडा नं ४ मा रहेको मिप्राको छोप्ली भिरमा र ताघ्रिङको कोइम्रोमा ‘हनी हन्टिङ’ गरिएको छ । मह शिकार गरेर एक छोप्ली भिरबाट मात्रै २ सय ४० लिटर मह निकालिएको छ भने ताघ्रिङको कोइम्रोबाट १२० लिटर मह जम्मा गरिएको छ । यसरी निकालिएको मह गाउँले सबैलाई बराबर भाग लगाएर बाडिने स्थानीय प्रदिप गुरुङले जानकारी दिनुभयो । भिर मौरीको मह प्रति लिटरको २ हजार देखि २५ सय… पुरा पढौ