सुनचाँदीका गहना बनाउन सिपालु सुन्तलीका सङघर्षका कथा

-


     प्रमिशा विक,    
     मंसिर १० गते २०८० मा प्रकाशित


हसिलो अनुहार कठिन संघर्ष, पछीको सफल महिला व्यबसायीको रुपमा चिनीन सफल व्यक्तित्वकी धनी उनी हुन्, ‘‘सुन्तली सुनार ।”

सुनार विगत १५ बर्षदेखि लमजुङ जिल्लाको सदरमुकाम बेसिशहर नगरपालिका वडा नं –८ स्थित सेरा ओेरालोमा सञ्चालित सुन्तली सुनचादी पसलको प्रोपाइटरका रुपमा कृयाशिल रहदै आउनुभएको छ । धेरै समयको कठिन मेहनत पछी सुनारले २०६५ सालमा आफ्नै नाउँमा दर्ता गरेर हाल सम्म संन्चालान गर्दै आउनुभएको हो ।

तनहुँ जिल्लाको साबिक चोक गाविस ५, हाल भानु १०, अमलटारमा बुबा जीतबहादुर सुनार र आमा अन्नपूर्ण सुनारबाट २०२८ सालमा उहाँको जन्म भएको हो । सुनारको जन्मेको डेढ वर्षमै वैदेशिक रोजगारीका लागि भारततर्फ गएका बाबू कहिले फर्किएनन् बाबू नफर्किएपछि उनलाई आमाले नै हुर्काउने काम गरिन् ।

सुनारका बाबू विदेशिँदा आमा अन्नपूर्ण जम्मा २१ बर्षकि मात्रै भएको सुनारले बताउनुभयो । त्यतीबेला त्यो समाजमा छोरी पढाउने चेतना समेत नआएका कारणले सुनारले स्कुलमा शिक्षा हासिल भने गर्न नपाएको दुखेसो गर्नुभयो । फेरि परिवारमा आफू एक्लो छोरी भएकाले पनि आमालाई काममा सघाउनु पर्ने कामको जिम्वेवारी पूरा गर्नुपर्ने बाध्यता भएको समेत उहाँ बताउनुहुन्छ ।

तर पनि उमेर बढेसंगै आफ्नो पढ्ने रहर भएका कारण (माइला) बा का छोरा (भाइ)का साथमा साँझ विहान पढेर आफ्ना लागि काम चलाउ लेखपढ तथा हिसाब राख्न सक्ने भएको सुनारको भनाई छ ।

उहाँको विवाह पनि १३ बर्षकै उमेरमा लमजुङ जिल्लाको गाउँशहर गाविस ४ का निवासी रामबहादुर सुनारसगँ भएको थियो । बाल्यकालमै विवाह गरेका दम्पतीमा श्रीमान्को भने २०७२ सालमा निधन भइसकेको छ । हाल उनको चार छोरी र एक छोरा रहेका छन् । जसमा तीन छोरीको विवाह भइसकेको छ भने कान्छी छोरी र छोराको विवाह हुन बाकी रहेको सुनारको भनाई छ ।
बाल्यकालमै विवाह गरेकी सुनारको सानै देखी सुनका गहना बनाउने सोख थियो । व्यबसाय सञ्चालन गर्नु भन्दा पहिला उनको जिवन दुःखले वितेको उहाँले बताउनुभयो ।

गोठालो जाँदा एक दिन म पनि छोरा भएको भए घरमै बसेर पसल चलाएर आमालाई पालेर बस्ने थिए नि ! छोरी भएर पराइ घर आउनु पर्यो भन्ने सोचाई आयो सुन्तलीले भन्नुभयो । फेरी आफ्नो कोखबाट पनि लगातार तीन छोरीहरु जन्मदा परिवारले हेला गरेका थिए ।

छोरा र छोरीमा भेदभाव गर्ने त्यतीबेलाको समाजमा एक जना छिमेकीले तेरो लोग्नेले अब अर्कि विहे गरेर बेसिशहरमा गरगहनाको पसल गरेर बस्छ, त सधै यहि गोठालो हुने त हो नि ! भनिदिएछन् । त्यसपछि आफू झल्यास्स भएको र त्यस्तो हो भने त म आफै गहना बनाउने काम किन नसिक्ने भन्ने कुरा मेरो मनमा लाग्यो उहाँले भन्नुभयो ।

त्यतीबेला उहाँ सुत्केरी भएको एक महिना मात्रै भएको थियो । महिना दिनको सुत्केरी भएपनि ढोका थुनेर सुनचााँदीको काम सिक्न थालेको सुनारले बताउनुभयो । घरको ढोका लगाएर बुहारी के गर्छे भनेरे ससुराले बुझ्न आउँदा ढोका खोलेर डराइ डराइ ‘‘सुनचाँदीको काम सिक्न लागेको बा भने” उहाँले भन्नुभयो । त्यो सुनेर ससुराबाले राम्रो काम गर्न लाज डराउनु पर्दैन तलाई सिक्न मन छ भने बाहिरै बसेर सिक्दा हुन्छ भन्नुभयो, त्यसपछी मैले घरको पिढिमा नै त्यो काम सिक्न थालेको र सिकेको चार महिनामा सिक्री बनाउन सकेको उहाँले भन्नुभयो । त्यसपछि क्रमश तिलहरी, रिङ, टप, आदि बनाउन सिकेको सुनारको भनाई छ ।
गरगहना बनाउनको लागि आफूले कुनै तालिम लिएर गुरु मान्नु नपरेको, घरमै ससुराबाले गरेको काम हेरेरै आफ्नो प्रयासले गहना बनाउन जानेको सुन्तलीले बताउनुभयो ।

केही समय पछि आफ्नो श्रीमान वैदेशिक रोजगारबाट फर्केर आएपछि फेरी विदेश नजाने निर्णय गरेपछि उनीहरु मिलेर बेसिशहरमा पसल खोलेर बसेको उनको भनाई छ । केही समयपछि छोरा पनि जन्मियो ।

२०६९ सालमा श्रीमान्को निधन भयो तर सुरुवात गरेको व्यसायलाई आफू एक्लैले सम्हादै आएको सुनार बताउँछिन् । महिला भएपनि साहास र हिम्मतले भरिएकी सुनारले आफ्नी आमालाई पनि ल्याएर आफ्नै साथमा १५ बर्षसम्म पालेको स्मरण गर्नुभयो । आफ्नै साथमा भएकी आमाको पनि ६९ बर्षको उमेरमा निधन भयो ।

श्रीमान् नहुँदा आमाको मुख हेरेकी थिए, आमाले पनि छाडेर गएपछि भने मन सम्हाल्न गाह्रो भयो उहाँले भन्नुभयो तर पनि आफ्नो छोरा छोरीको मुख हेरेर मन बुझाएको छु ।

हिजो धेरै दुःख गरे पनि आज छोराछोरी पढाउने काम पनि पसलकै कमाइले भएको उहाँको भनाई छ ।

आफ्ना सुखका अनुभुती बारे बताउदै अहिले उहाँले भन्नुभयो श्रीमान् र आमाको साथ छैन अरु सबै कुरा राम्रो छ । सुन्तलीले सुनचाँदीको काम ३१ बर्षको उमेर हुँदा सुरु गर्नुभएको थियो । यो संगै आफुले मात्रै नभई अरु धेरैलाई पनि काम सिकाएको गर्भका साथ भन्नुभयो ।

जिल्लाको सदरमुकाम बेसिशहरमा महिला सुनचाँदी व्यबसायको रुपमा उहाँको धेरै चर्चा हुनेगर्छ । महिला त्यसमा उनी लगनशील, मेहनती, अनुशासित, मिलनसार, भएकै कारण टाढा टाढाका अन्य महिला दिदिबहिनीहरु पनि आफूलाई नै खोज्दै आउने गरेको सुन्तलीको भनाई छ ।