
लमजुङ जिल्ला अस्पताल लमजुङको सार्वजनिक सुनुवाई बुधबार सम्पन्न भएको छ । अस्पताल व्यवस्थान समितिका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रम बेसशिहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारीले अस्पताललाई कसरी अझ व्यवस्थित सकिन्छ भनेर सुझाब, सल्लाह सहितको मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम नेपाली कागें्रस लमजुङका सचिव विमल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका उपसंयोजक अशोक सापकोटा, राप्रपाका उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, नेपाली काग्रेंस विपीका अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख मिनबहादुर घले, शसस्त्र प्रहरी बल रानीकुवाका प्रमुख खिमनाथ शर्मा, स्वास्थ्य कार्यालयका प्रमुख प्रविण खनाल, औषधी व्यवसायी संघका अध्यक्ष, धनबहादुर अधिकारी, लमजुङ मोडल हस्पिटलका म्यानेजिङ डाइरेक्टर कल्पना पौडेल घिमिरे, उपभोक्ता हित संरक्षण समिति लमजुङका अध्यक्ष किसान संगित, मानव सेवा आश्रमका अध्यक्ष अनिता अधिकारी, आदर्श युवाक्लव सहजीका अध्यक्ष राजेन्द्र केसी, सरोकारवाला निकाय, स्थानीय लगायत उपस्थिती रहेको थियोे ।
कार्यक्रममा अस्पतालका मेसु डा. विशाल तिवारीले अस्पतालको गत आर्थिक वर्षको आयव्यय र अस्पतालले प्रदान गर्दै आइरहेको सेवा प्रवाहका बारेमा रिर्पाेट प्रस्तुत गर्नुभएको थियो भने नयाँ दीप अनलाईनका सम्पादक सृजना बरालले अस्पतालमा गरिएको सामाजिक परीक्षणको रिर्पोट प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले अस्पताले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा आफ्नो भनाई राखेका थिए । अस्पतालमा दक्ष जनशक्ती थप गर्नुपर्ने, भएका उपकरणहरु सुचारु गरिनुपर्ने, ल्याव, फार्मेसीमा भिडभाड नियन्त्रण गर्नुपर्ने, सरसफाइमा ध्यानदिनुपर्ने, अस्पतालकै फार्मेसीमा निशुल्क र सशुल्क औषधीहरु उपलब्ध गराउनुपर्ने, छिटो छरितो र सहज रुपमा नागरिकहरुलाई सेवा दिनुपर्ने लगायतका गुनासाहरु आएका थिए ।
सहभागीहरुबाट आएका र सामाजिक परीक्षणमा आएका गुनासाहरुलाई अस्पतालका अध्यक्ष हरीजगं तामाङले प्रस्ट्याउँदै, आएका सुझाबहरुलाई आगामी दिनहरुमा पुरा गर्नको लागि सकेको पहल गर्ने बताउनुभएको थियो ।
लमजुङ जिल्ला अस्पतालको आयोजना र माया मिडिया हाउस (नयाँ दीप अनलाइन) को संयोजनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पतालका सदस्य मोहनबहादर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।