नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सासले मैत्रीपूर्ण फुटबल खेलको आयोजना गर्दै

-


     नयाँ दीप    
     वैशाख १५ गते २०८३ मा प्रकाशित


टेम्पल, टेक्सास— नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सासले आगामी मे ३, २०२६ मा टेम्पल र वेको क्षेत्रका नेपाली समुदायबीच एक विशेष मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ।

“एक खेल, एक समुदाय, सँगै बलियो ” (One Game, One Community, Stronger Together) भन्ने नाराका साथ आयोजना हुन लागेको यो खेलले स्थानीय नेपाली समुदायबीचको एकता र खेलभावनालाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

आयोजक नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सास महासचिव डा मुनिष शर्माका अनुसार कार्यक्रम टेम्पलस्थित क्रसरोड्स पार्क मा बिहान १० बजे सुरु हुनेछ। खेलका लागि टेम्पल र वेको दुवै क्षेत्रका युवा तथा खेलप्रेमीहरू उत्साहपूर्वक तयारीमा जुटिरहेका छन्। आयोजकका अनुसार, यो खेल केवल प्रतिस्पर्धा मात्र नभई समुदायलाई नजिक ल्याउने, नयाँ पुस्तालाई खेलकुदप्रति प्रेरित गर्ने र आपसी सहयोगको भावना बढाउने उद्देश्यले आयोजना गरिएको हो।

नेपाली सोसाइटी अफ सेन्ट्रल टेक्सासले “अधिकतम सहभागिता, अधिकतम एकता” भन्ने सन्देशसहित सबैलाई खेल हेर्न, सहभागी हुन र समुदायको साथमा रमाउन आह्वान गरेको छ। पहिलो पटक आयोजना गरिएको उक्त कार्यक्रममा परिवारसहित सहभागी हुन मिल्ने गरी खुला राखिएको छ, जसले समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।