सूचना प्रविधि

करिव एक महिनापछि एकतर्फी खुल्यो लमजुङको मुख्य बाटो

सुख्खा पहिरो खसेर भत्किएको करिब १ महिनापछि लमजुङ उदिपुरको बाटो एकतर्फी खुलाईएको छ । गत असार २४ बेँसीसहर–डुम्रे सडकअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१, उदीपुर नजिकै अँधेरी खोलामा सुक्खा पहिरो खसेर जोखिम बढेपछि सडक आंशिक बन्द गरिएको थियो । अहिले सडकको तल्लो भागमा जालमा ढुङ्गा भर्ने काम सकिएकाले यातायात सञ्चालनका लागि एकतर्फी बाटो खुलाईएको हो । ग्याविन जाली भरेर बाँकी रहेको खाली ठाउमा कङ्क्रिटले भर्ने र त्यो सेटभएपछि त्यसको केही दिनमा दुईतर्फि बाटो सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताउनुभयो ।… पुरा पढौ

लमजुङमा खेतीयोग्य जमिन र उत्पादन बर्षेनी घट्दै

लमजुङ जिल्लामा खेतीयोग्य जमिन र उत्पादन बर्षेनी घट्दै गएको छ । कृषि ज्ञान केन्द्रको तत्थ्याङ अनुसार विगतका केही वर्षहरुको तुलना गर्दा क्रमश खेतीयोग्य जमिन घट्दै गएको हो । लमजुङको  ४५ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन मध्ये ९ हजार ३ सय १ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोे छ भने गतवर्ष लगभग ३१ हजार १ सय ५८ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७⁄०७८ मा लमजुङमा १४ हजार २ सय ६० हेक्टर जमिनमा धान खेती गरिएको थियो, जसबाट करिब… पुरा पढौ

नागरिकलाई ५७ लाख रुपैयाँ बराबरको निशुल्क सेवा

लमजुङको सुन्दरबजारमा रहेको नमूना सामुदायिक अस्पतालले झण्डै ५७ लाख रुपैयाँ बराबरको निशुल्क सेवा दिएका छ ।अस्पताले सो अवधिमा कूल २१ हजार विरामीलाई सेवा दिएकोमा झण्डै ६ हजार विरामीले निःशुल्क सेवा पाएका र ती बिरामीहरुले ५६ लाख ८२ हजार ७ सय ७० रुपैयाँ बराबरको निःशुल्क सेवा पाएका हुन् । निशुल्क सेवा पाउनेमा ३ हजार ४ सय ४५ महिला र २ हजार १ सय १९ पुरुष रहेका छन् । गत आर्थिक बर्षमा अस्पतालको बहिरंग विभागबाट १७ हजार ५ सय १२, अन्तरंग विभागबाट… पुरा पढौ

प्रदेश अस्पताल लमजुङमा इन्डोस्कोपी तथा इको सेवा उदघाटन

प्रदेश अस्पताल लमजुङले दिन थालेको इन्डोस्कोपी तथा इको सेवाको आइतवार औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उक्त सेवाको रिबन काटेर उदघाटन गर्नुभएकोे हो । सुरुमा लमजुङ अस्पताल बेसीशहरको भीमसेन स्थान चोकका एक जना एचएको भरमा सामान्य रुपमा दिइएको थियो अहिले थुप्रै उपकरणहरुका साथ ३० जना डाक्टरले सेवा दिएको कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेलले बताउनुभयो । यस अस्पताललाई छिटै सय शैयाको बनाउने र सुविधा सम्पन्न भवन निर्माणका लागि प्रदेश सरकारद्वारा रकम समेत विनियोजन… पुरा पढौ

सम्झौता मिति भन्दा ६ महिना अघि नै मर्स्याङ्दी गाउँपालिकाको भवन निमार्ण सम्पन्न, सञ्चार मन्त्री गुरुङद्धारा उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा संविधान संशोधनको विकल्प नरहेको बताउनुभएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको नवनिर्मित भवनको भुलभुलेमा उद्घाटन पश्चात मन्तव्य राख्दै गुरुङ संविधान कार्यान्वयन गर्दा कहाँ समस्या प¥यो, हामी पहिचान गर्छौं र आवश्यक परे संविधान संशोधन गछौं भन्नुभएको हो । १० वर्षभित्र संविधान संशोधन गर्न सकिने संवैधानिक व्यवस्था रहेको भन्दै मन्त्री गुरुङले २०८२ भित्र संविधान संशोधनको गरिसक्ने बताउनुभएको छ । उहाँले प्रतिपक्षसगँ पनि छलफल गरेर राष्ट्रिय सहमतिले नै संविधान संशोधन गरिने बताउनुभयो । लमजुङको मर्स्याङ्दी गाउँपालिका… पुरा पढौ

क्व्होलासोथार गाउँपालिकाको भवन सञ्चार मन्त्री गुरुङद्धारा उद्घाटन

सञ्चार तथा सुचना प्रविधि मन्त्री, नेपाल सरकारका प्रवक्ता माननीय पृथ्वीसुब्बा गुरुङले आगामी दिनमा क्व्होलासोथारबासीले थप सहज, छिटो छरितो, सुविधाजनक, पारदर्शी सेवा पाउने बताउनुभएको छ। बिहिबार क्व्होलासोथार गाउँ कार्यपालिकाको प्रशाकीय भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले सो धारणा व्यक्त गर्नुभएको हो। पालिकाको सुविधा सम्पन्न प्रशाकीय भवन निर्माण भईसकेकोले त्यसबाट प्रवाहित सेवासुविधा ज्यादै उत्कृष्ट हुने पनि उहाँले बताउनुभयो। अबका दिनमा गाउँपालिकाबाट दिईने सेवाहरु ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार रहित हुनुपर्ने बताउँदै यस्ता विषयमा शुन्य सहनशीलता रहने मन्त्री गुरुङले बताउनुभयो। सुचनाप्रविधिको भरपुर उपयोग गर्दै कागजात… पुरा पढौ

लमजुङ अस्पताललाई सुविधा सम्पन्न बनाइने: स्वास्थ्य मन्त्री पाठक

लमजुङ अस्पताललाई गण्डकी प्रदेशकै सुविधा सम्पन्न बनाइने गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले बताउनु भयो । लमजुङ अस्पतालको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिबार मन्त्री पाठकले यस्तो बताउनु भएको हो । प्रदेश अस्प्तालको रेकर्ड अनुसार पनि लमजुङ अस्पताल उत्कृष्ट देखिएको मन्त्री पाठकले बताउनुभयो । त्यस्तै लमजुङ अस्पतालका लागि तत्कालै सिटिस्क्यान मेशिनको आवश्यकता खड्किएको प्रदेश सभा सदस्य भेष बहादुर पौडेलले बताउनु भयो । यहाँ विशेषज्ञ सेवा थपिए पनि सिटिस्क्यान मेशिन नहुँदा अन्यत्र रिफर गर्नु पर्ने बाध्यता रहेको हुँदा यसको व्यवस्था गर्नु पहिलो प्रथामिकता… पुरा पढौ

अस्पताल सुरु भएको ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा

लमजुङमा जिल्ला अस्पताल सुरु भएको करिव ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा आएको छ । २०४२ सालमा भवन निमार्ण गरी सुरु भएको जिल्ला अस्पतालको सेवा क्रमश विस्तार गर्ने क्रममा करिब ४ दशक पछि आइसियु कक्ष सञ्चालनमा आएको हो । आइसियु कक्षको शनिबार नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नभएको छ । सो अवसरमा मन्त्री गुरुङले नेपालको संविधानको मौलिक हकमा व्यवस्था भएको शिक्षा र स्वास्थ्य लागु गर्ने सरकारको जिम्वेवारी भएकाले त्यो पुरा गर्ने अभियानमा सरकार लागेकोे बताउनुभएको छ… पुरा पढौ

लमजुङका उत्सवले लिए देशकै पहिलो स्थान

लमजुङका उत्सव घिमिरे कक्षा १२ को परीक्षामा नेपाल प्रथम हुन सफल भएका छन् । बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसी स्थायी घर भई हाल दाङ घोराहीमा बसोबास गर्दै आएका घिमिरेले सोही ठाउँमा रहेको गोर्खा स्कुलबाट ३.९६ जिपिए प्राप्त गरी नेपाल प्रथम भएका हुन् । २०६० सालमा कामको शिलशिलामा दाङ पुगेका घिमिरे परिवारले आफ्ना बच्चाहरुलाई पनि सोही ठाउँका विद्यालयमा नै पढाउँदै आएका थिए । कक्षा १ मा भर्ना भएदेखि कहिल्यै पनि दोस्रो नभएको उत्सवकी आमा हिन्दु घिमिरेले बताउनुभयो । पढाईमा निकै… पुरा पढौ

देशमा संकटको अवस्था आउँदा काङ्ग्रेस एमाले मिल्नुको विकल्प छैन : सञ्चार मन्त्री गुरुङ

देशमा संकटको अवस्था आउँदा देशका ठूला तथा मुख्य पार्टी नेपाली काङ्ग्रेस र नेकपा एमाले मिल्नुको विकल्प नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभएको छ । लमजुङ सदरमुकाम बेसीशहरमा आयोजित राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विगत देखि नै राष्ट्रिय घटनाक्रम अनुसार कांग्रेस–एमाले मिलेर समस्याको समाधान गर्दै आएको दावी गर्नुभयो । एक डेढ वर्षको अवधिमा २⁄३ पटक… पुरा पढौ