
आगामी चैत्र २३ गते देखि सुरु हुने आठौँ लमजुङ महोत्सवको तयारी तिब्र पारिएको छ । महोत्सवको राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
लमजुङ उद्योग बाणिज्य संघको हलमा आइतबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी ७५ प्रतिशत पुरा भएको जानकारी गराइएको हो ।
तयारी अन्र्तगत २०१ वटा स्टलहरु सबै बुकिङ भैसकेको, बजार सजावट अन्र्तगत विजुलीका पोलहरुमा झिलिमिली बक्ति जडान गर्ने कार्य भै रहेको, मञ्च व्यवस्थापन, तथा प्रचारप्रसारका कार्यहरु तिब्र रुपमा भै रहेको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो ।

महोत्सव कार्य सम्पादनका लागि ३ सय ५१ वटा मूल समारोह समिति, ५१ जना सल्लाहकार समिति, २२ जना संयोजन समिति, ९ जना कार्यसम्पादन समिति र विभिन्न १७ वटा उपसमितिहरु गठन गरी सबैले आ आफ्नो जिम्मेवारीका साथ काम गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
महोत्सव संचालनका लागि ९७ लाख २० हजार आयव्यय हुने अनुमान गरिएको बताइएको छ । जिल्लामा रहेका परम्परागत कला संस्कृतिको जगेर्ना, व्यवसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत क्षेत्रमा लगानी मैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रबद्र्धन गर्ने एवं स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरी जिल्लाको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको लमजुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेश थापाले बताउनुभयो । महोत्सव उद्घाटनका दिन लमजुङ भ्रमण पर्ष २०८१ को समेत घोषणा गरिने थापाले बताउनुभयो ।
महोत्सवका अवसरमा होमस्टेसहित जिल्लाका पर्यटकीय स्थानहरुको प्रचार प्रसार गरी समग्र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, जिल्लामा औद्योगिक, व्यवसायिक कृषि, पशुपालन र जडिबुटीको प्रवद्र्धन गरी जिल्लालाई आत्मनिर्भर तुल्याई समग्र जिल्लाको आर्थिक बिकासमा टेवा पु¥याउने लगायतका उद्देश्य रहेका छन् ।
महोत्सवमा विभिन्न जातजातीको झाँकी तथा र्याली, औद्योगिक तथा व्यापारीक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला, गण्डकी प्रदेशभित्रका उद्योग तथा व्यवसायीक प्रतिष्ठानहरुको बिशेष प्रदर्शनी, कृषि, जडिबुटि, बृत्तचित्र प्रदर्शनी गरिने संघका महासचिव विपिन श्रेष्ठले बताउनुभयो ।
यस्तै जातीय संग्रालय, बाल उद्यान, आन्तरिक पर्यटन प्याकेज टुर, सरकारी तथा गैह्रसरकारी निकायको गतिविधि प्रदर्शनी र गृहिणी नृत्य लगाएतका प्रतियोगीता गरिने आयोजकले जनाएको छ । कार्यक्रम लमजुङ उद्योग बाणिज्य संघ अध्यक्ष भरत श्रेष्ठको अध्यक्षतामा भएकोे थियो ।