
लमजुङका उत्सव घिमिरे कक्षा १२ को परीक्षामा नेपाल प्रथम हुन सफल भएका छन् । बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसी स्थायी घर भई हाल दाङ घोराहीमा बसोबास गर्दै आएका घिमिरेले सोही ठाउँमा रहेको गोर्खा स्कुलबाट ३.९६ जिपिए प्राप्त गरी नेपाल प्रथम भएका हुन् ।
२०६० सालमा कामको शिलशिलामा दाङ पुगेका घिमिरे परिवारले आफ्ना बच्चाहरुलाई पनि सोही ठाउँका विद्यालयमा नै पढाउँदै आएका थिए । कक्षा १ मा भर्ना भएदेखि कहिल्यै पनि दोस्रो नभएको उत्सवकी आमा हिन्दु घिमिरेले बताउनुभयो ।
पढाईमा निकै लगनशिल उत्सव पढाईमा मात्रै नभर्ई अन्य कार्यक्रमहरुमा पनि सधै प्रथम र द्धितिय हुने गरेका छन् ।
भविष्यमा डाक्टर बन्ने लक्ष्य लिएका उत्सवले कक्षा १२ को परीक्षा दिएर सकेसगै एम.वि.वि एस को तयारी गरिरहेको उनका बुबा उत्तम घिमिरेले बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डले गत शुक्रबार कक्षा १२ को परीक्षा सार्वजनिक गरेको थियो ।