
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा संविधान संशोधनको विकल्प नरहेको बताउनुभएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको नवनिर्मित भवनको भुलभुलेमा उद्घाटन पश्चात मन्तव्य राख्दै गुरुङ संविधान कार्यान्वयन गर्दा कहाँ समस्या प¥यो, हामी पहिचान गर्छौं र आवश्यक परे संविधान संशोधन गछौं भन्नुभएको हो ।
१० वर्षभित्र संविधान संशोधन गर्न सकिने संवैधानिक व्यवस्था रहेको भन्दै मन्त्री गुरुङले २०८२ भित्र संविधान संशोधनको गरिसक्ने बताउनुभएको छ । उहाँले प्रतिपक्षसगँ पनि छलफल गरेर राष्ट्रिय सहमतिले नै संविधान संशोधन गरिने बताउनुभयो ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा संविधान सभाका सदस्य जमिन्द्रमान घले, जिल्ला समन्वय समितिका अध्यक्ष पूर्णबहादुर गुरुङ, बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, नेपाली काग्रेंसका जिल्ला सचिव कृष्ण बहादुर अधिकारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रशासनिक भवनको निर्माण सम्पन्न गर्ने सम्झौता भएको ६ महिना अगावै सम्पन्न भएको छ । २०८० जेठ महिनामा सम्झौता भएर २०८२ जेठ महिना २ वर्षमा सक्ने भनिएपनि डेढ वर्षमा निर्माण सम्पन्न भएर भवनको समुद्घाटन समेत भएको छ ।
सैलेन्द्र जेभी बौद्धनाथले करिव ६ करोडमा निर्माण गरेको गाउँपालिकाको भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका स्वकिय सचिव सरोज गुरुङले बताउनुभयो ।