राष्ट्रिय

आज देशभर शहीद दिवस मनाइँदै

देश र जनताको अधिकार प्राप्तिका लागि हाँसी हाँसी आफ्नो जीवन आहूति गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ । सार्वभौमिकताको रक्षा तथा जनतालाई अधिकार सम्पन्न बनाउन विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनमा ज्यान गुमाएका बीर सपुतहरुको सम्झनामा शहीद दिवस मनाउने गरिन्छ । जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको वलिदान गरेकाहरूको सम्झनामा प्रत्येक वर्ष शहीद दिवस मनाउने क्रम शुरु भएको हो । शहीद दिवसका अवसरमा सरकारी तथा विभिन्न सामाजिक… पुरा पढौ

आज कुष्ठरोग दिवस, कुष्ठरोगबारे महत्वपूर्ण जानकारी

आज जनवरी महिनाको अन्तिम आइतबार अर्थात् विश्व कुष्ठरोग दिवस । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाइँदै आएको छ । आ.व २०७९⁄०८० मा नेपालमा २ हजार ५ सय २२ जना नयाँ कुष्ट रोगी फेला परेका छन् भने गण्डकी प्रदेशमा कुष्टरोगी संख्या १ सय १९ रहेको छ , लमजुङ जिल्लामा १० जना रहेका छन् भने यो वर्ष १ जना महिला थपिएको छ । गत पुस मसान्त सम्म तोकिएका निर्देशन अनुसार ३ जनाले उपचार गरी निको भएका छन् भने ८… पुरा पढौ

लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा महेन्द्रलाल श्रेष्ठ निर्वाचित

लमजुङ जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा महेन्द्रलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शुक्रबार बेसीशहरमा भएको २४ औं बार्षिक साधारण सभा तथा अधिवेसनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । त्यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा योगेस घिमिरे, महिला उपाध्यक्षमा लक्ष्मी अधिकारी, सचिव रामजी कडेल, कोषाध्यक्षमा उमाकान्त अचार्य रहनुभएको छ । त्यस्तै सदस्यहरुमा दुर्गा बहादुर रानाभाट, सुरजकुमार श्रेष्ठ, लेखमान कतिला, विद्यादेवी श्रेष्ठ, कमला गुरुङ र विमला पौडेल रहनुभएको छ । त्यसैगरी संघको लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामचन्द्र दवाडी, सदस्यहरुमा माधवप्रसाद न्यौपाने… पुरा पढौ

सिटिजन्स बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

लमजुङको भोटेओडारमा रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राइनास नगरपालिका ८ मा रहेको वीर भक्ति मध्यमिक विद्यालय र सर्वोदय सेवाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सर्वोदय सेवाश्रमलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री र वीर भक्ति माविका प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो । विद्यालय र सेवाश्रममा आयोजित एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो… पुरा पढौ

गण्डकीमा गठबन्धनका किरण, पदम र मनरुपा विजयी

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन् । बिहीबार साँझ सार्वजनिक मतपरिणाम अनुसार अन्य क्लस्टरमा काँग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता–अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन् । श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए । अपांगता–अल्पसंख्यकतर्फ काँग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए ।… पुरा पढौ

यसरी बन्दैछ पत्रकार महासंघ लमजुङको भवन

नेपाल पत्रकार महासंघ लमजुङ शाखाको भवन निर्माणका कार्य तिब्र गतिमा अघि बढीरहेको छ । २ वर्ष अघि शिलन्यास गरि सुरु गरिएको भवनको दुई तलाको ढलान सकेर फिनिसिङको काम सुरु गरिएको हो । नेपाल पत्रकार महासंघको २०७७ सालमा निर्वाचित भएर आए पछि अध्यक्ष परमेश्वर अधिकारी नेतृत्वको समितिले भवन निर्माणको कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाएको थियो । पत्रकार महासंघका अध्यक्ष अधिकारीका अनुसार भवन निर्माणका लागि हालसम्म सञ्चार मन्त्रालयबाट दुई लाख, प्रदेश सरकारबाट ३५ लाख, सुन्दरबजार नरपालिकाबाट ८ लाख, बेसीशहर नगरपालिकाबाट… पुरा पढौ

यशोबह्म माध्यमिक विद्यालयको ६२ औं बार्षिक उत्सव तथा ६१ औं अभिभावक दिवश सम्पन्न

बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको यशोबह्म माध्यमिक विद्यालयको ६२ औ बार्षिक उत्सव तथा ६१ औं अभिभावक दिवश सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथि पौडेलले विद्यालयमा गुणस्तरीय शिक्षा कायम राख्न शिक्षक, विद्यार्थी र अभिभावक तीन पक्षको महत्वपूर्ण भूमिका रहने त्यसलाई समाज र सरकारको काम क्रियाकलापले समेत प्रभाव पार्ने बताउनुभएको थियो । त्यस्तैगरी विद्यालयमा शैक्षिक वातावरण कायम राख्नको लागि समाजमा रहेका सम्पूर्ण वर्गहरु जिम्वेवारी बन्नुपर्ने… पुरा पढौ

लमजुङको दोर्दीमा जीप दुर्घटना, तीन घाइते

लमजुङको दोर्दी गाउँपालिकामा आज साँझ जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा पुर्णबहादुर तामाङ, गङ्गामाया गुरुङ र मुन्नीकुमारी तामाङ रहेका छन् । दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीका अनुसार घाइतेमध्ये एकजनाको अवस्था चिन्ताजनक रहेको छ । सबै घाइतेहरूलाइ उपचारका लागि जिल्ला अस्पताल लमजुङमा ल्याइँदै छ । सदरमुकाम बेसीशहरबाट दोर्दीको कामचोक जाँदै गरेको ग १ज ७५६१ नम्बरको बालेरो जीप आज साँझ ५.४० बजे सिमल बिसौनी भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । जीपमा चालकसहित… पुरा पढौ

विभिन्न कार्यक्रम गर्दै सम्पन्न भयो लाईन्स क्लवको क्याबिनेट बैठक

लमजुङको सदरमुकाम बेसीशहरस्थित फुलबारी मञ्चमो लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट बैठक सम्पन्न गरिएको छ । क्याबिनेट बैठकमा अन्तराष्ट्रिय सञ्जाल लाईन्स क्लवमा आवद्ध देशभरका युवाहरु भेला भएका थिए ।कार्यक्रममा देश भरका एकसय ८० वटा लाईन्स क्लवबाट एकहजार भन्दा बढिको सहभागिता रहेको आयोजकले जनाएको छ ।कार्यक्रममा सहभागी भएका देशभरका एकहजार भन्दा धेरै आगन्तुकहरुबाट जिल्लाको पर्यटन प्रवद्र्धन, व्यपार, व्यवसाय र समग्र जिल्लाको प्रचार प्रसारमा विशेष सहयोग पुग्ने आयोजकले अपेक्षा लिएको छ । विशेष गरी जिल्लाको ग्रामिण पर्यटन, होमस्टे, कृषि पर्यटन,… पुरा पढौ

शिक्षक संघको संघिय, प्रदेश र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक सम्पन्न

नेपाल शिक्षक संघ संघिय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ । संघीय अध्यक्ष सोमनाथ गिरीको अध्यक्षता र नेपाली कागं्रेसका सहमहामन्त्री बद्री पाण्डेको प्रमुख आतित्थ्यतामा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा पुस २७, २८ र २९ गते बैठक बसेको थियो । बैठकले बिभिन्न प्रश्नावलीहरुका मध्यमबाट जिल्लागत सांगठनिक अबस्था बारे तथ्याङ्क संकलन गर्ने, महिला बिभाग, अर्थ बिभाग, संगठन बिभागको कार्ययोजना विभाजन, बिधान अनुरुप निर्माण गरिएको पदिय आचरण र आचार संहितालाई लागु गर्ने, साङ्गठनिक क्रियाशिलताको मूल्याङ्कन… पुरा पढौ