राष्ट्रिय

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा लमजुङमा दीप प्रज्वलन, ‘आशा जीवितै छ, विश्वास नछोडौँ’

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा लमजुङमा दीप प्रज्वलन तथा शोकसभा गरिएको छ। लमजुङ साइकलिङ संघको आयोजनामा बेंसीशहरस्थित भीमसेनस्थानमा शुक्रबार साँझ दीप प्रज्वलनसहित शोकसभा गरिएको छ। प्रकृतिको प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारका लागि प्रार्थना गरिएको हो। कार्यक्रमको मुख्य उद्देश्य विपद्को दुःखद् घडीमा पीडित परिवारप्रति एकता, सहानुभूति र साथ प्रकट गर्नुका साथै समाजमा आपसी सहयोग, सद्भाव र मानवीय एकताको सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएको छ।… पुरा पढौ

आज कृष्ण जन्माष्टमी पूजाआराधना गरिदै, बाढीका कारण रोपाइँ जात्रा स्थगित

भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक मान्यताअनुसार आज राति कृष्ण जन्मको विशेष पूजा तथा आराधना गरिन्छ। देशभरका कृष्ण मन्दिरमा बिहानैदेखि पूजा, भजनकीर्तन तथा दर्शनका लागि भक्तजन पुगेका छन्। लमजुङमा पनि विभिन्न कृष्ण मन्दिरमा विशेष पूजाआराधनाका कार्यक्रम भइरहेका छन्। भक्तजनले व्रत बसेर भगवान् कृष्णको पूजा गर्ने तथा राति जन्मोत्सव मनाउने तयारी गरेका छन्। यसैबीच, लमजुङका नेवार समुदायले कृष्ण जन्माष्टमीसँग जोडेर परम्परागत रूपमा मनाउँदै आएको… पुरा पढौ

त्रिशूली–३ ‘ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार, छाउनीमा उपचार हुँदै

काठमाडौं — रसुवाको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढी आएको १०औँ दिन आज बिहान दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका कविर महर्जन र सञ्जय साहलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याई वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ का ३० वर्षीय सञ्जय साह आयोजनाको कन्ट्रोल रुममा एचईपी फोरम्यान (मेकानिकल) का रूपमा कार्यरत थिए। उद्धारपछि सैनिक अधिकारीसँगको कुराकानीमा उनले बाढी आएलगत्तै सबैलाई बाहिर निस्कन आग्रह गरे पनि अरूलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकी सुरुङभित्रै अड्किएको… पुरा पढौ

लमजुङका पसल अब शनिबार पनि खुल्ने

लमजुङमा चाडपर्वलाई लक्षित गर्दै अब शनिबार पनि पसल तथा व्यवसाय सञ्चालन हुने भएका छन्। चाडपर्वको समयमा बजारमा उपभोक्ताको चहलपहल बढ्ने र दैनिक उपभोग्य वस्तु तथा सेवाको मागसमेत बढ्ने भएकाले सहज आपूर्तिका लागि शनिबार पनि पसल खोल्न आग्रह गरिएको लमजुङ उद्योग वाणिज्य संघले जनाएको छ। यसअघि सार्वजनिक बिदाको दिनका रूपमा शनिबार पसल तथा व्यवसाय बन्द हुँदै आएकोमा भदौ २० गते शनिबारदेखि अर्को सूचना जारी नभएसम्म शनिबार पनि व्यवसाय सञ्चालन गर्न संघले जिल्लाका उद्योगी, व्यवसायी तथा उद्यमीलाई आग्रह गरेको छ। संघका अध्यक्ष… पुरा पढौ

अस्ट्रेलियामा रहेका नेपालीको BTGN ले बाढीपीडितका लागि जुटायो १९ लाख ५० हजार

लमजुङ । विदेशमा रहेर पनि मातृभूमिमा परेको विपद्मा सहयोग गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्दै अस्ट्रेलियामा रहेका नेपालीहरूको संस्था ब्रिज द ग्याप नेपाल (BTGN ) ले बाढीपीडितका लागि करिब १९ लाख ५० हजार रुपैयाँ सहयोग जुटाएको छ। हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अस्ट्रेलियाको सिड्नीमा रहेका नेपालीहरूबाट उक्त रकम संकलन गरिएको हो। विशेषगरी लमजुङ, तनहुँ, चितवन, काठमाडौं, पाल्पा र नुवाकोटलाई आफ्नो स्थायी वा पुर्ख्यौली थलो बताउने नेपालीहरूको सहभागितामा गठन भएको द्यत्न्ल् ले… पुरा पढौ

रसुवा बाढी: ज्यान गुमाउनेको सङ्ख्या एक हजार २५२ पुग्यो, चार हजारभन्दा धेरै सम्पर्क विहीन

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्य जारी छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १८ गते राति ९ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परी १ हजार २५२ जनाको मृत्यु भएको छ भने ४ हजार १२६ जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९९३ जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले हवाई माध्यमबाट मात्रै ४ हजार ३६४ जनाको उद्धार गरेको छ, जसमा २७३ जना… पुरा पढौ

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बाढी आएको १३औँ दिन पारेर सोमबार राष्ट्रिय शोक मनाइने भएको हो। राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। यसैगरी, अघिल्लो वर्ष भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलन तथा त्यसक्रममा ज्यान गुमाएका… पुरा पढौ

बाढीपीडितको उद्धार तथा राहतका लागि बेंसीशहरका दुई संस्थाद्वारा १ लाख रुपैयाँ सहयोग

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लमजुङ बेंसीशहरका दुई सामाजिक संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख सहयोग गरेका छन्। बेंसीशहर युथ सोसाइटी सेराले रु.५० हजार र लायन्स क्लब अफ लमजुङ बेंसीशहरले रु.५० हजार गरी कुल रु.१ लाख सहयोग गरेका हुन्। दुवै संस्थाको नेतृत्व गरिरहेका अध्यक्ष रविन श्रेष्ठले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै आफ्नो तर्फबाट सहयोग गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “विपद्को समयमा पीडित परिवारलाई… पुरा पढौ

‘जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको छ’ (प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ)

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा जोखिम बढ्दै गएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको बताउनुभयो । उहाँले यस घटनाबाट सबै सचेत हुनुपर्ने र सँगसँगै जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद‍्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको बताउनुभयो । प्रधानमन्त्री शाहको सम्बोधनको पूर्णपाठ – सम्माननीय सभामुखज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय… पुरा पढौ

बाढीपीडितका लागि बेसीशहर नगरपालिकाले विपद् कोषमा ५ लाख र जनप्रतिनिधिको आधा महिनाको भत्ता सहयोग गर्ने

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकको राहत तथा उद्धारका लागि लमजुङको बेसीशहर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु। ५ लाख सहयोग गर्ने भएको छ। नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोका कारण ठूलो संख्यामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यस कठिन घडीमा प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत सामग्री वितरणको कामलाई तीव्रता दिन नगरपालिकाले सरकारको ध्यानाकर्षण समेत गराएको छ। नगर प्रमुख गुमानसिंह अर्यालका अनुसार नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु। ५ लाख नगद… पुरा पढौ