राष्ट्रिय

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशमा नयाँ समिति

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सातौं बार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनबाट स्याङ्जाकी माया गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा रामजी पौडेल कास्की, प्रथम उपाध्यक्षमा आरसी पौडेल पर्वत, द्वितिय उपाध्यक्षमा होम गुरुङ गोरखा, महिला उपाध्यक्षमा मञ्जु विक लमजुङ निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा निर्वाचित मञ्जु विक समितिको कोषाध्यक्षमा सविना गुरुङ कास्की, सचिव कृष्ण सुवेदी पर्वत, महिला सचिव सुनिता नेपाली स्याङ्जा, सहसचिव टेक क्षेत्री कास्की, सहकोषाध्यक्षमा सपना परियार नवलपुर र अन्य… पुरा पढौ

समानुपातिकतर्फ आज मात्रै ३३ दल दर्ता, आगामी चुनावमा एक सय दुई दलले एक्ला एक्लै प्रतिस्पर्धा गर्ने

आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ३३ दल दर्ता भएका छन् । निर्वाचन आयोगले आइतबारदेखि समानुपातिकतर्फको चुनावी कार्यक्रम शुरू गर्दै दल दर्ता आह्वान गरेकोमा आजै ३३ वटा दल दर्ता भएका हुन् । आयोगका अनुसार फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सहभागी हुन पर्सि २३ गते मङ्गलवार दिउँसो ४ बजेसम्ममा निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मङ्सिर २६ गतेसम्म स्वीकृत गरिनेछ भने आउँदो पुस १३ र १४ गते समानुपातिकतर्फका उम्मेद्वारको… पुरा पढौ

गाउँशहर महायज्ञको खर्च कटाएर ५० लाख ४२ हजार रुपैयाँ बचत

बेसीशहर नगरपालिका ३ गाउँशहर स्थित धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थल लमजुङ दरबार र कालिका मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सवको आम्दानीबाट ५० लाख ४२ हजार रुपैँया बचत भएको छ । मंसिर २ देखि १० गतेसम्म आयोजित महायज्ञमा विभिन्न दाताहरुबाट प्राप्त दान सहयोग ६९ लाख ४२ हजार छ सय २२ र कलश बिक्रीबाट ५६ हजार गरि कूल ६९ लाख ९८ हजार छ सय २२ रुपैयाँ आम्दानी भएको हो । महायज्ञ मूल आयोजक लमजुङ कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन… पुरा पढौ

प्रदेश अस्पताल करिब ४ महिनादेखि नेतृत्व विहिन, अब योग्यताका आधारमा नेतृत्व चयन हुने

प्रदेश अस्पताल लमजुङ करिव ४ महिना देखि व्यवस्थापन समिति विहिन बनेको छ । गत भदौ महिनाको १२ गते देखि तत्कालिन व्यवस्थापन समितिको म्याद सकिएपछि अस्पतालमा नयाँ समिति बन्न नसकेको हो । प्रदेश अस्पताल बेसीशहर लमजुङमा तत्कालिन भैरहेको व्यवस्थापन समितिको २०८२ भदौ १९ गते देखि म्याद सकिने भएपनि गण्डकी प्रदेश सरकारले भदौ ३ गते नै आफ्ना मातहत रहेका सबै अस्पतालहरुको व्यवस्थापन समिति खारेज गर्ने निर्णय गरेको थियो । नयाँ संरचना अनुसार अस्पतालको शैया संख्या अनुसार फरक–फरक व्यवस्थापन समिति गठन गरिने भए… पुरा पढौ

पुर्व प्रहरी हवल्दार महिला हत्या गर्ने पुरुष ८ महिना पछि पक्राउ

लमजुङको बेसीशहर २ भकुन्डेमा बसोबास गर्ने महिलालाई हत्या गर्ने पुरुष ८ महिना पछि पक्राउ परेको छ । चितवन जिल्लाको रत्न नगरपालिका वडा नं ७ घर भएका ४७ वर्षका बुद्धी राम दरैलाई मंसिर १८ गते सिद्धार्थ नगर पालिका बेलैया रुपन्देहीबाट सिआईविको टोलिले पक्राउ गरेको हो । शुक्रबार जिल्ला प्रहरी कार्यालय लमजुङले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पिडक दरैलाई सार्वजनिकि गरेको हो । दरैले नेपाल प्रहरीमा कार्यरत पुर्व प्रहरी हवल्दार ४७ बर्षकी सीता कँडेललाई हत्या गरी भारत पुगेका थिए । मृतक सीता… पुरा पढौ

बेसीशहर नगरपालिकामा छैटौं नगर कप सुरु

लमजुङ सदरमुकाम समेत बेसीशहर नगरपालिकामा छैटौं नगर कप वडा स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विहिवार एक कार्यक्रमका विच बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंङ अर्यालले उद्घाटन गर्नुभयो । नगरप्रमुख अर्यालले प्रतियोगितामा सहभागी खेलाडीलाई नियमपूर्वक, अनुशासित र लगनशिल भएर खेल खेल्न आग्रह गर्नुभयो । यस प्रतियोगिताले स्थानिय खेलाडीलाई अवसर प्रदान गर्नुका साथै उत्कृष्ट खेलाडी पहिचानमा सहयोग पुग्ने नगरप्रमुख अर्यालले वताउनुभयो । नगर खेलकुद समितिका अध्यक्ष सिजन श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपप्रमुख पदमा गुरुङ, प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डे, बेसीशहर… पुरा पढौ

लमजुङका दुईवटा कार्यालयको एकिकृत सेवा सुरु

गण्डकी प्रदेश सरकार अन्तर्गत लमजुङका दुईवटा कार्यालयको एकिकृत सेवा सुरु भएको छ । प्रदेश सरकारले यसअघि दुई वटा कार्यालय एकिकृत गर्ने निर्णय गरेअनुसार जिल्लामा रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालयको एकिकृत सेवा शुरु भएको हो । दुवै कार्यालयको साविकको नाम परिवर्तन गरी गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, एकीकृत सेवा कार्यालय नामाकरण भएको छ । उक्त कार्यालयको सोमबार एक कार्यक्रमका विच गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रि डा. टकराज… पुरा पढौ

गाउँशहर महायज्ञमा आज बेलुकी लाखबत्ती बाल्ने विशेष कार्यक्रम

बेसीशहर नगरपालिका ३ गाउँशहर स्थित लमजुङदरबार र कालिका मन्दिर परिसरमा मंसिर २ गतेदेखि भईरहेको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको सुरुवात देखि नै संकलित दान रकमले दिनहुँ अघिल्लो दिनको रेकर्ड तोडिरहेको छ। छैटौंदिन आईतबार पौने बाह्रलाख रुपैयाँ दान संकलन भएकोमा सातौंदिन सोमबार झण्डै १३ लाख रुपैयाँ दान संकलन भएको छ। सोमबार मात्रै १२ लाख ९५ हजार चारसय २५ रुपैयाँ दान संकलन भएको छ। आईतबारसम्म संकलित रकम २९ लाख ४९ हजार ३५ रुपैयाँ २५ पैसा रहेकोमा सोमबारको रकम थपिँदा सोमबारसम्म महायज्ञमा कूल… पुरा पढौ

गाउँशहरको पर्यटन प्रवद्र्धन गर्न महायज्ञमा पर्यटन परिसंवाद

बेसीशहर नगरपालिका ३ गाउँशहरोस्थित लमजुङ दरबार र कालिका मन्दिर परिसरमा आयोजित श्रीमद्भावगत सप्ताह ज्ञान महायज्ञ अन्तर्गत शुक्रबार ग्रामिण पर्यटन परिसंवाद कार्यक्रम गरिएको छ । ऐतिहासिक, धार्मिक, पर्यटकीयस्थल गाउँशहर क्षेत्रको प्रचारप्रसार एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महायज्ञका अवसरमा काउलेपानी होमस्टेमा ग्रामीण पर्यटन, होमस्टे सञ्चालन सिकाई परिसंवाद कार्यक्रम गरिएको हो । महोत्सव अन्तर्गत पर्यटन प्रवद्र्धन उपसमितिको आयोजनामा भएको कार्यक्रममा जिल्लाका विभिन्न होमस्टे सञ्चालक, जनप्रतिनिधि, पर्यटनकर्मी, स्थानीय अगुवा र पर्यटक प्रतिनिधिका विच अन्तर्कृया गरिएको छ । कार्यक्रममा जिल्लामा पर्यटनको अवस्था, होमस्टे सञ्चालनको… पुरा पढौ

स्थानीयको बिरोधपछि मर्स्याङ्दी बेसी निर्माणको काम बन्द

लमजुङको बेसीशहर नगरपालिका–६, बेलौती बिसौनामा निर्माण गर्न लागिएको ५० मेगावाटको दिव्यज्योती हाइड्रोपावर आयोजनाको काम स्थानीयको बिरोधका कारण बन्द गरिएको छ । सम्पूर्ण तयारी पुरा गरी मंसिर ५ गतेदेखि निर्माण कार्य सुरु गर्ने तयारी गरेको आयोजनाले बेसीशहरका स्थानीयले विरोध गरेपछि तत्कालका लागि निर्माण कार्य बन्द गरेको हो । मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाको बेलौती बिसौनामा जलाशय र बेसीशहर नगरपालिका–१०, सालडाँडामा विद्युत गृह रहने दिव्यज्योती हाइड्रोपावर लिमिटेडमार्फत निर्माण गर्न लागिएको थियो । यता बेसीशहरका नगरबासीले स्थानीयसगँ कुनै पनि अनुमती तथा सल्लाह विना लमजुङको… पुरा पढौ