राष्ट्रिय

संविधानले आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछ : राष्ट्रपति पौडेल

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने उल्लेख गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँले संविधान प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन, आयातमुखी अर्थतन्त्रलाई विस्थापन गरी राष्ट्रिय अर्थतन्त्रलाई दह्रो र सबल बनाउनु नै आजको मुख्य चुनौती र जिम्मेवारी भएको बताएका छन् राष्ट्रपति पौडेलले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र… पुरा पढौ

संविधान बनेको ८ वर्ष पूरा

संविधानसभाबाट संविधान जारी भएको बुधबार आठ वर्ष पूरा भएको छ । तर, संविधान कार्यान्वयनका लागि महत्वपूर्ण सबै कानुन अझै निर्माण हुन सकेका छैनन् । ३ असोज ०७२ मा संविधान जारी भएको हो । विशेष गरी संविधानले अँगालेको संघीयता कार्यान्वयनसम्बन्धी कानुन लामो समयसम्म निर्माण नहुँदा व्यवस्थाप्रति नै नागरिकका गुनासा छन् । संसद् सत्ता राजनीतिको दाउपचे गर्ने थलो हुँदा कानुन निर्माण ओझेलमा पर्ने गरेका छन् । सरकारी तथ्यांकअनुसार संविधान निर्माणपछि एक सय ९१ वटा ऐन निर्माण भएका छन् । यसमा केही नेपाल… पुरा पढौ

आज विश्वकर्मा पूजा एवम् वास्तु दिवस मनाइँदै

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।… पुरा पढौ

आज हरितालिका तीज

आज हरितालिका तीज, हरित (हरण गरिएकी) आलिका (शखीद्वारा) अर्थात् सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दू धर्ममा पाइन्छ। हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरूले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको… पुरा पढौ

प्रधानमन्त्री पुष्पकलम दाहाल अमेरिका प्रस्थान

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिन शनिबार प्रधानमन्त्री दाहाल न्युयोर्क प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । असोज २ गते राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री दाहाल सहभागी हुनेछन् ।न्युयोर्कमा रहँदा दाहालले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ । संयुक्त राष्ट्रसङ्गको ७८ औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन पश्चात् प्रधानमन्त्री दाहाल आगामी… पुरा पढौ

समितिमा बस्न चाहने आकाक्षीं बढेपछि त्रिवेणी युवा क्लवको बन्द सत्र स्थगीत

लमजुङ जिल्लाकै पुरानो र चर्चित क्लव त्रिवेणी युवाक्लवको बन्द सत्र स्थगीत भएको छ । शुक्रबारबाट बेसीशहर क्लवको १२ औ अधिवेसन सुरु भएको थियो । शनिबार क्लवको नयाँ कार्य समिति चयन गर्ने कार्य तालिका भए पनि क्लवमा बस्न चाहने आकांक्षीको संख्या बढेसगँै बन्द सत्र केहि दिनको लागि पछाडी सारिएको बताइएको छ । १३ सदस्यिय कार्य समितिको लागि अध्यक्षमा ३ जना उपाध्यक्षमा २ जना र कोषाध्यक्षमा २ जनाको उमेदवारी परेको थियो । अध्यक्षको लागि हाल सम्म भैरहेका अध्यक्ष विनोद गुरुङ, टेकजगं गुरुङ… पुरा पढौ

काठमाडौंमा एकै परिवारका ३ सहित ४ जनाको सामुहिक हत्या

३० भदौ, काठमाडौं । काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य सःमिल भित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्रा वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८… पुरा पढौ

राजकीय सम्मान सहित सुवास नेम्वाङको अन्त्येष्टि गरिंदै

सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ । नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ । एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ । नेम्वाङको मुन्धुम र हिन्दू परम्परा अनुसार अन्त्येष्टि गर्ने तय भएको छ । पुरा पढौ

आज कुशे औंसी/बावुको मुख हेर्ने दिन, मोती जयन्ती

हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने उपत्यकाको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ । त्यस्तै, बेत्रावती उत्तरगया लगायत पवित्र स्थलमा आजकै दिन पितृप्रति सम्मानका… पुरा पढौ

सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय, अन्त्यष्टीको दिन सार्वजनिक बिदा

काठमाडौं, ह्दयघातका कारण मगंलबार विहान निधन भएका सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ । आज बसेको आकस्मिक बैठकले उनलाई राजकीय सम्मान दिने र उनको अन्त्यष्टीको दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको आज बिहान निधन भएपछि मन्त्रीपरिषदको आकस्मिक बैठक बसेको थियो । सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक बिदाको निर्णय भएको पुष्टी गरिन् । सरकारले नेम्वाङको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ । नेम्वाङका छोराहरु हाल विदेश… पुरा पढौ