राष्ट्रिय

लमजुङको तल्लो चिप्लामा आगलागी

लमजुङकाे मर्स्याङ्दी गाउँपालिका-५ तल्लो चिप्लाका लप्टी गुरुङ घलेको घर आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । तल्लो चिप्लाको गैरीटोलस्थित सिरानमा रहेको घरमा बुधबार राति १० बजेतिर आगलागी भएको हो । आगलागीबाट घरका अन्नबाली, लत्ताकपडा, भाँडाकुँडा, नगद, गरगहना सबै नष्ट भएको पीडितले बताएका छन् । टिनले छाएको २ तले ढुंगामाटोले बनाएको पालीसहितको घर आगलागीबाट पूर्णरुपमा जलेको छ । आगलागीबाट मानवीय क्षति नभएपछि घर र घरभित्रका सबै सामान जलेको वडाअध्यक्ष घनश्याम घलेका बताए ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँका… पुरा पढौ

लमजुङ अस्पताललाई थप गुणस्तरीय बनाउन सरोकारवालाको सुझाब

लमजुङ जिल्ला अस्पताल लमजुङको सार्वजनिक सुनुवाई बुधबार सम्पन्न भएको छ । अस्पताल व्यवस्थान समितिका अध्यक्ष हरीजगं तामाङको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम बेसशिहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारीले अस्पताललाई कसरी अझ व्यवस्थित सकिन्छ भनेर सुझाब, सल्लाह सहितको मन्तव्य दिनुभएको थियो । कार्यक्रम नेपाली कागें्रस लमजुङका सचिव विमल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका उपसंयोजक अशोक सापकोटा, राप्रपाका उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, नेपाली काग्रेंस विपीका अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख मिनबहादुर घले, शसस्त्र प्रहरी बल रानीकुवाका… पुरा पढौ

विद्यार्थीहरु पढ्दै कमाउँदै

लमजुङको राइनास नगरपालिकामा वडा नं ८ मा रहेको राइनास बहु प्राविधिक शिक्षालयमा  कृषि तथा बाली विज्ञानमा अध्ययनरत तेस्रो सेमिस्टारका र तेस्रो वर्षका विद्यार्थीहरुले आलु खेती गरेका छन् । सिटिइभिटिको अभियान मै रहेको सिक, कमाउ र तिर कार्यक्रममा रहेर पढ्दै गरेका विद्यार्थीहरुलाई अहिले आलु खेती गर्न लगाएको हो । मध्यपहाडी लोकमार्ग नजिकै पर्ने स्थानीय रामजी बिलास पन्तको २ रोपनी जग्गामा ५ बर्षका लागि भाडामा लिएर आलु खेती सुरु गरिएको शिक्षालयका कृषि प्रशिक्षक भावना अर्यालले बताउनुभयो । २ रोपनि जग्गामा जनकदेव र… पुरा पढौ

लमजुङ सेवा समाज कतारको अध्यक्षमा विनोद प्रसाद बसौला निर्वाचित

लमजुङ सेवा समाज कतारको अध्यक्षमा विनोदप्रसाद बसौला निर्विरोध निर्वाचित हुनुभएको छ । २३ फेब्रुअरी २०२४ का शुक्रबारका दिन फुलबारी रेष्टुरेण्ट, अलत्तिया सनैयामा भएको १५ औं अधिवेशनबाट बसौलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । उक्त समितिको कार्यकाल २ वर्षको हुने छ । समाजको प्रथम उपाध्यक्षमा कल्याण थापा, द्वितीय उपाध्यक्षमा बिनोद थापा मगर, महिला उपाध्यक्षमा कमला गुरुङ, महासचिव रविन्द्र भण्डारी, सचिवमा प्रशान्त कुमाल, कोषाध्यक्षमा राज श्रेष्ठ, सहकोषाध्यक्षमा रविन्द्र घिमिरे निर्वाचित हुनुभएको छ । बेंसीशहर नगरपालिका संयोजकमा परशुराम थापा,… पुरा पढौ

फलफूल, जडिबुटी र लाभदायक वृक्षरोपणमा जोड दिनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा वृक्षरोपण गर्दा फलफूल, जडिबुटी र लाभदायक वृक्षारोपण गर्नुपर्ने बताउनुभएको छ । आफ्नो जन्मदिनको अवसरमा ललितपुर काे च्यासल स्थित पार्टी कार्यालय परिसरमा वृक्षरोपण गर्दै ओलीले पर्यावरण संरक्षण पहिलो प्राथमिकता भएकाले वातावरण संरक्षणमा जन्मदिनमा वृक्षरोपण अभियान नेपालले ठुलो योगदान गरेको धारणा राख्नुभयो । पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा उहाँले वृक्षरोपण गर्नुभएको हो । ओली पहिलो पटक २०७८ साल फागुन ११ गते आफ्नो निवास बालकोटमा जन्मदिनमा वृक्षरोपण अभियानमा सरिक हुनुभएको थियोे । वृक्षरोपण… पुरा पढौ

आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा,… पुरा पढौ

किशोरीहरुलाई आत्मरक्षा गर्न सिकाईदै

लमजुङको सुन्दरबजार नगरपालिका वडा नं ९ मा रहेको भक्ति नमुना माध्यामिक विद्यालयमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धीे तालिम प्रदान गरिएको छ । सामाजिक विकास कार्यलयको अयोजनामा मगंलबारबाट तालिम संचालन गरिएको हो तालिममा जिल्लाका सुन्दरबजार नगरपालिका ,दोर्दी गाँउपालिका र राइनास नगरपालिका भित्रका ६ विद्यालयका ३० जना किशोरीहरुको सहभागिता रहेको छ । तालिममा किशोरीहरुले आत्मरक्षाका लागि कस्ता कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने विषयमा मस्र्याङदी कराँते डोजोका प्रेमबहादुर गुरुङले प्रशिक्षण गराउनु भएको थियो । पछिल्लो समय महिला हिंसा बढ्दै गएकोले यस्ता हिसाँ न्युनिकरणको लागि यस… पुरा पढौ

विद्यालय व्यवस्थापन समितिमा आउन हानाथाप, हुन सकेन सहमती

लमजुङको बेसीशहर ३ बाहुनबेसीमा रहेको यशोब्रह्म माध्यमिक विद्यालयको व्यवस्थापन समिति छनोटमा दलित कोटामा सहमती हुन नसकेपछि स्थगित गरिएको छ । मगंलबार विद्यालयमा आयोजना गरिएको अभिभावकहरुको भेलाले खुल्ला सदस्य २ जना, महिला तर्फबाट १ जना छनोट गरेको छ भने दलित सदस्यमा भने सहमती नभएपछि छनोट गर्न नसकिएको हो । विद्यालय व्यवस्थापन समितिको खुल्ला सदस्यहरुमा तिलक दुलाल, कृष्णबहादुर भुजेल र महिलातर्फबाट तारा परियारलाई चयन गरिएको छ । त्यस्तै एक जना दलित सदस्य छनोेट हुनुपर्नेमा ७ जनाले नाम दर्ता गराएका थिए । ७… पुरा पढौ

जिल्लाव्यापी विज्ञान प्रर्दशनीमा विद्याज्योति मावि प्रथम

लमजुङमा जिल्लाव्यापी विज्ञान प्रर्दशनी प्रतियोगिताको आयोजना गरिएको छ । बेसीशहरको बालकल्याण माविमा आयोजना गरिएको विज्ञान प्रर्दशनीमा सुन्दरबजार नगरपालिका खहरेको विद्याज्योति माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै आदर्श बाल माध्यमिक विद्यालय सुन्दरबजार द्धितीय भएको छ भने ल्याण्डस्टार बोर्डिङ बेसीशहर तृतीय र बालकल्याण मावि भकुन्डे सान्त्वना भएका छन् । विजेता हुने प्रथमले १५ हजार द्धितीयले १३ हजार, तृतीयले ११ हजार र सान्त्वनाले ५ हजार पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्नुभएको हो ।… पुरा पढौ