बुद्ध युवा क्लव भोटेओडार र अभिषेक चर्च रजहर क्वाटरफाइनलमा प्रवेश

-


     भरत बाबु घिमिरे     
     पौष १६ गते २०८१ मा प्रकाशित


लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३२ औ त्रिवेणी कपको आज बुद्ध युवा क्लव भोटेओडार लमजुङ र अभिषेक चर्च रजहर क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुद्ध युवा क्लव भोटेओडार लमजुङले मस्र्याङ्दी युवा क्लव बेसीशहरलाई शुन्यका बिरुद्ध १ गोल गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । खेल सुरुवातको ३४ औं मिनेटमा बुद्ध युवा क्लव भोटेओडार लमजुङका शिव सुवेदीले गरेको गोलले नै भोटेओडारलाई विजयी बनायो ।

त्यस्तै दोस्रो खेल अभिषेक चर्च रजहर र सङ्कटा क्लव काठमाडौं बिच भएको थियो । खेल सुरुवातको २८ औं मिनेटमा अभिषेक चर्च रजहरका रोहन मगरले र त्यस लगत्तै ३२ औ मिनेटमा मिङ्गो लिम्बूले गोल गरेका थिए भने त्यस त्यसको बदलामा दोस्रो हाफ पछि सङ्कटा क्लव काठमाडौका कुलदिप कार्कीले ७२ र ७६ औं मिनेटमा लगातार गोल गरेपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टीबाट ३–५ गोल अन्तरले अभिषेक चर्च रजहर क्वाटरफाइनलमा पुगेको छ ।

जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कपमा पहिलो हुनले टिमले १२ लाख रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगितामा उपविजेता (दोस्रो पुरस्कार) लाई ६ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सेमीफाइनलमा पुगेर पराजित २ टीमलाई २्२ लाख रुपैयाँ दिइने भएको छ । अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५्२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । क्वाटर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।
त्रिवेणी युवा क्लबको आयोजना भयको प्रतियोगितामा १६ टिम सहभागी भएका छन् ।