राष्ट्रिय

अस्पतालमा लमजुङको ऐतिहासिकता झल्कदै

लमजुङ जिल्ला अस्पतालमा विभिन्न आकर्षक चित्र बनाइएको छ । जिल्लाका प्रशिद्ध धार्मिक, पर्यटकीय, ऐतिहासिक विरासत बोकेका स्थान र संरचनाहरूका चित्र बनाइएको हो । लमजुङका स्थापित चित्रकार बाबु साइँलाद्वारा मनमोहक चित्र बनाइदै छ । अस्पतालमा स्वास्थ्य सम्बन्धी जानकारी मूलक चित्र हुनुपर्नेमा अन्य चित्र किन बनाइएको हो भन्ने प्रश्नमा सुन्दर र मनमोहक चित्रले मानिसको मन मश्तिष्क आनन्द बनाउँछ, रोगसँग प्रतिरोध गर्ने क्षमता बढाउँछ जसले आधा रोग त यिनै चित्र अबलोकनका कारण नै निको हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले बताउनुभयो ।… पुरा पढौ

लमजुङका विद्युत सुधार हुँदै बेसीशहरका लागि छुट्टै सिटी फिडर जडान

विद्युत् तसंरचना जीर्ण भएर विद्युतमा अनियमितता हुने गरेको लमजुङमा नेपाल विद्युत् प्राधिकण वितरण केन्द्रले सुधारका कार्य अघि बढाएको छ । विद्युतलाई नियमित गराई उद्योग कलकारखाना, कार्यलय तथा व्यक्तिहरुलाई कामकाजमा सहज होस् भन्ने उद्धेश्यले केन्द्रले विद्युतको समस्या समाधान गर्न विभिन्न क्षेत्रमा संरचना निर्माण गरेको छ । पछिल्लो समय जिल्लाको बजार क्षेत्र र ग्रामीण क्षेत्रमा छुट्टाछुट्टै फिडरमार्फत विद्युत् वितरण सुरु गरेको केन्द्रले जनाएको छ । गत पुस ६ गते सदरमुकाम बेसीशहरमा नयाँ सिटी फिडर जडान गरको छ । उदीपुरको सवस्टेसनबाट विद्युत लाईन… पुरा पढौ

१९ वर्ष पछि पुनः त्रिवेणी कप उचाल्दै लालीगुराँस युवा क्लव

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी लालीगुराँस युवा क्लब भुजुङले उचालेको छ । शनिबार सदरमुकाम बेसीशहरको सहजी रगंशालामा १० औं हजार दर्शकको उपस्थितीमा भएको निकै प्रतिप्रर्धात्मक खेलमा बेसीशहर युथ सोसाइटीलाई शुन्यका विरुद्ध १ गोलले पछी पार्दै लाली गुराँस युवाक्लव भुजुङले त्रिवेणी कपको उपाधीको साथमा नगद रु ८ लाख प्राप्त गरेको छ । भुजुङले पहिलो पटक ०६१ मा त्रिवेणी कप उपाधी प्राप्त गरेको थियो । बेसीशहर युथ सोसाइटीले भने उपविजेतामा चित्त बुझाउँदै नगद… पुरा पढौ

त्रिवेणी कप प्रतियोगिता आज थप २ टिम सेमिफाइनलमा प्रवेश

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा आज थप २ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । विहिबारको पहिलो खेलमा लालिगुराँस युवाक्लब भुजुङले त्रिभुवन आर्मी क्लबलाई शुन्यका बिरुद्ध २ गोलले हराउँदै सेमिफाइनलमा प्रबेश गरेको छ । लालिगुराँस भुजुङका विशाल घलाङ र निरज चौधरीले गरेको गोलले नै भुजुङलाई सेमिफाइनको यात्रामा पुराएको हो । लालिगुराँस भुजुङ कै विशाल घलाङ म्यान अफ द म्याच समेत घोषणा भयर नगद ५ हजार प्राप्त गरेका छन् । त्यस्तै दोश्रो… पुरा पढौ

त्रिवेणी कप प्रतियोगितामा २ टिम सेमिफाइनलमा प्रवेश

लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गतको खेलमा २ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार अभिषेक चर्च रजहर नवलपुर र सुन्दरबजार युवाक्लब लमजुङ बिच पहिलो खेल भएको थियो । खेल अबधिभर कुनै पनि तर्फबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो । ट्राईबेकरबाट सुन्दरबजार युवाक्लबलाई हराउँदै अभिषेक चर्च रजहर सेमिफाइनलमा प्रबेश गरेको छ । त्यस्तै दोश्रो खेल नेपाल पुलिस क्लब र लाङ्दी देवी युवाक्लब नाल्मा लमजुङ बिच सम्पन्न भएको छ । निकै… पुरा पढौ

नमुना अस्पतालमा १ वर्षमा १४ हजार बढीको उपचार

लमजुङको सुन्दरवजारमा रहेको एच.डी.सी.एस-नमुना सामुदायिक अस्पतालले १ वर्षको अवधिमा १४ हजार बढी बिरामीलाई उपचार सेवा प्रदान गरेको छ । गतवर्ष जनवरी १ तारिखदेखि एचडीसीएसले अस्पताल सञ्चालनको जिम्मा लिएको सोमबार १ वर्ष पुगेको छ ।यो अवधिमा १४ हजार ३ सय ६८ जना विरामीहरुलाई बहिरंग सेवा र यसमध्ये १ हजार १ सय २६ जना विरामीहरुलाई अन्तरंग सेवा प्रदान गरिएको अस्पतालले जनाएको छ । अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार अस्पतालमा आएका विरामी मध्ये २ हजार ६ सय ६४ जनालाई आकस्मिक सेवा प्रदान गरिएको… पुरा पढौ

कान्तिपुर पब्लिकेसन विरुद्ध रवि लामिछानेले हाले मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेसन विरुद्ध गाली बेइज्जतीको मुद्दा हालेका छन् । मंगलबार लामिछानेले कान्तिपुर विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् । उनले आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै अदालत गएका हुन् । सामाजिक सञ्जालमा मुद्दा दर्तापछि फोटो सार्वजनिक गर्दै उनले लेखेका छन् ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर,… पुरा पढौ

आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु

आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुती लगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन विभिन्न… पुरा पढौ

त्रिवेणी कपमा सोमबार ३ खेल सम्पन्न, सुन्दरबजारका एरोन थापाको ह्याट्रिक

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको ३१ औं संस्करण अन्तरगत सोमबार ३ वटा खेल सम्पन्न भएको छ । सोमबार भएको खेलबाट विभागीय टीम नेपाल पुलिससंगै बेसीशहर युथ सोसाइटी, सुन्दरबजार फुटबल क्लव क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । सोमबारको पहिलो खेलमा नेपाल पुलिस क्लवले चामे युवा समूह मनाङलाई शुन्यका विरुद्ध २ गोल गरेको छ । पुलिस क्लवका प्रविण थापाले खेलको दोस्रो हाफमा एक गोल गरेका थिए भने चामेका आइकिङ गोफुले गरेको आत्माघाती गोलले पुलिस क्लवलाई नै अग्रता… पुरा पढौ

शिक्षक कल्याण सहकारीको दशौं वार्षिक साधारण सभा सम्पन्न

शिक्षकहरुको हकहितका लागि स्थापना गरिएको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेसन सम्पन्न छ । कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले एक कार्यक्रमका विच सभाको उद्घाटन गर्नुभएको हो । साकोसका अध्यक्ष सुर्यप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष माधव अधिकारीले आर्थिक वर्ष २०७९⁄८० को ८४ लाख ६७ हजार ८ सय ३१ रुपैया बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा साकोसका पूर्व अध्यक्ष विष्णुमाया भण्डारी, शिक्षक संघ लमजुङका अध्यक्ष सूर्यबहादुर… पुरा पढौ