राष्ट्रिय

गण्डकी प्रदेश सभामा मेरो एक वर्ष

- यशोदा रिमाल प्रदेश सभा सदस्य, गण्डकी प्रदेश सभा सुन्दर हिमाल, कलकल वग्ने झर्ना, अनि हरियाली मनोरम दृश्य । लमजुड सदरमुकाम बेंसीशहरदेखि उत्तरी भेग, त्यही एउटा गाउँमा जन्मिएकी छोरी म । - माध्यमिक शिक्षा गाउँ नजकैको विद्यालयबाट प्राप्त गरेँ । विद्यालयदेखि नै सामाजिक न्याय, समानता र प्रजातन्त्रप्रति तीव्र आकर्षण थियो । भर्खरै बहुदलीय व्यवस्था घोषणा भएको थियो । उन्मुक्त वातावरणमा विद्यालयबाटै अनेरास्ववियुमा लागेँ । अध्ययन साथसाथै सामाजिक कार्य रुची थियो, निरन्तरता दिएँ । वैवाहिक जीवन सुरु भयो । परिवारिक जीवन,… पुरा पढौ

बालकुमारी घटनामा रास्वपाले माग्यो जवाफ, मृतकका परिवारलाई १०\१० लाख रूपैयाँ दिने निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला बनाएर रास्वपाको ¥याट विभागले ‘जवाफ चाहियो सरकार’ कार्यक्रम सञ्चालन गरेको हो । त्यस क्रममा रास्वपाले प्रधानमन्त्री र गृहमन्त्रीलाई केही प्रश्न गरेको छ । ज बनाउने काममा कोरिया जानका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षाका लागि पनि फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार ईपीएस कोरिया शाखाको कार्यालयबाहिर प्रदर्शन गरेका थिए । त्यस… पुरा पढौ

त्रिवेणी कप सुरु, पहिलो खेलमा सुन्दरबजार विजयी

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको ३१ औं संस्करण सुरु भएको छ । सदरमुकाम बेसीशहरको सहजी खेल मैदानमा बिहिवार एक समारोहका बिच गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले रेफ्रिलाई बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गर्नुभयको हो । उत्घाटन खेलमा आयोजक त्रिवेणी युवा क्लव बेसिशहर र सुन्दरबजार युवा क्लब सुन्दरबजार बिच भएको छ ।खेलमा आयोजक त्रिवेणी युवाक्लव बेसीशहरलाई १ का विरुद्ध ३ गोल गर्दै सुन्दरबजार युवाक्लव सुन्दरबजार विजयी भएको छ । त्रिवेणी कप फुटबल प्रतियोगिताको उत्घाटन कार्यक्रम… पुरा पढौ

जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप प्रतियोगीताको तयारी पुरा

लमजुङमा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको त्रिवेणी कप राष्ट्रब्यापी फुटवल प्रतियोगीताको तयारी पुरा भएको छ । पुस १२ गतेबाट सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ । यो बर्ष नेपाल आर्मी क्लब र र महेन्द्र पुलिस क्लब सहित देशभरका २१ टिमले खेलमा सहभागिता जनाउने क्लबका अध्यक्ष राजकुमार घिमिरेले बताउनुभयो । खेलको तयारीका लागि मैदान सम्याउने, दर्शकका लागि बसेर हेर्न मिल्ने प्याराफिटको ब्यवस्था मिलाउने, मञ्च निर्माण गर्ने, टिम दर्ता गर्ने लगायतका सम्पूर्ण काम सम्पन्न भएको अध्यक्ष… पुरा पढौ

अत्याधिक चिसोले मनाङ रित्तिदै

अत्यधिक चिसो बढेपछि हिमाली जिल्ला मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको माथिल्लो भेगबाट चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेकाले बस्ती रित्तिँदै गएको हो । चिसोले जमेपछि खोलानालाको पानीसमेत जम्ने र धारामा समेत पानी आउन छाडेको छ । चिसो बढेपछि माथिल्लो मनाङको नार्पा भूमि गाउँपालिकाको कार्यालय पनि अस्थायी रूपमा सदरमुकाम चामेबाट सञ्चालन गरिएको छ । गाउँपालिकाका सबै वडा सदरमुकाम चामेबाट सञ्चालन गरिएको नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो । चिसो बढेपछि चक्रीय अन्नपूर्ण पदयात्रामा आउने पर्यटक घटेका छन् । केही दिनदेखि… पुरा पढौ

२०८० को दशक तीव्र विकासको दशक हुने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले अब २०८० को दशक तीव्र विकासको दशक हुने बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै मंगलबार प्रधानमन्त्री दाहालले नागरिकले महसुस गर्ने गरी विकास गरिने बताए । ’यस वर्ष सात सय ७६ दशमलव ६१ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ भने पाँच सय ८७ दशमलव ५ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ, यसै अवधिमा एक सय ८१ दशमलव २९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलिएको छ, थप एक लाख ६२ हजार सुरक्षित… पुरा पढौ

अपाङ्गता भएकी युवतीलाई जबरजस्ती गर्ने एक पुरुष पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले २२ बर्षिय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ । शारीरिक अपाङ्गता भएकी युवतीमाथी जबरजस्ती गरेको अभियोगमा उक्त पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं. ७ बस्ने ५२ बर्षका शेरबहादुर भाट रहेका छन् । अभियुक्त भाटले सो युवतीलाई दिउँसो घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई मंसिर २४ गते आइतबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जवरजस्ती करणी गर्ने उद्योगमा अदालतबाट ७… पुरा पढौ

पैसा लिएर वडाध्यक्षको हत्या गर्नका लागि बन्यो योजना

लमजुङको एक वडाध्यक्षलाई हत्या गर्नको लागि योजना बनेको खुलासा भएको छ । मध्यनेपाल नगरपालिका वडा नं १ का वडाध्यक्ष सुदीप थापालाई हत्या गर्ने योजना बनेको पत्ता लागेको शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । वडाध्यक्ष थापाको विरुद्धमा आफ्नै गाउँका नाताले काका पर्ने बाबुराम थापा र नाताले भाई उनका छोरा सागर थापाले आफ्नो ज्यान मार्नको लागि योजना बनाइएको पत्रकार सम्मेलनमा वडाध्यक्ष थापाले बताउनुभएको छ । पत्रकार भेटघाट कार्यक्रममा जिता गाउँको ४⁄ ५ घरमा लगातार सुनका गहना चोरी घटना हुन… पुरा पढौ

७ वर्ष अघिदेखि साङ्लोमा बाँधिएका मेघराजको उद्धार

लमजुङको दुधपोखरी गाउँपालिकामा विगत ७ वर्ष अघिदेखि मानसिक सन्तुलन गुमाएर साङ्लोमा बाँधिएका मेघराज गुरुङको उद्धार गरिएको छ । मानवसेवा आश्रम बेसीशहर शाखाले बुधबार ३० वर्षिय गुरुङलाई साङ्लो मुक्त गरी उद्धार गरेर बेसीशहर ल्याएको हो ।गोर्खा जिल्लाको अजिरकोट गाउँपालिका २ केप्रुङ घर भएका गुरुङ दुधपोखरी गाउँपालिका वडा नं २ भूम्लीचोक मावली घरमा रहेका थिए । उनी सानै हुँदा बाबु बेपत्ता भएका कारण उनकी आमाले उनलाई लिएर माइत आइन् र उनीहरु त्यही बस्न थाले ।हुँर्कदै गएका गुरुङ कमाउनको लागि कतार गए र… पुरा पढौ

७ वर्ष अघिदेखि साङ्लोमा बाँधिएका मेघराजको उद्धार

लमजुङको दुधपोखरी गाउँपालिकामा विगत ७ वर्ष अघिदेखि मानसिक सन्तुलन गुमाएर साङ्लोमा बाँधिएका मेघराज गुरुङको उद्धार गरिएको छ । मानवसेवा आश्रम लमजुङ बेसीशहर शाखाले बुधबार ३० वर्षिय गुरुङलाई साङ्लो मुक्त गरी उद्धार गरेर बेसीशहर ल्याएको हो । गोर्खा जिल्लाको अजिरकोट गाउँपालिका २ केप्रुङ घर भएका गुरुङ दुधपोखरी गाउँपालिका वडा नं २ भूम्लीचोक मावली घरमा रहेका थिए । उनी सानै हुँदा बाबु बेपत्ता भएका कारण उनकी आमाले उनलाई लिएर माइत आइन् र उनीहरु त्यही बस्न थाले ।हुँर्कदै गएका गुरुङ कमाउनको लागि कतार… पुरा पढौ