
शुक्रबार देखि लमजुङको सदरमुकाम बेसीशहरमा सुरु भएको त्रिवेणी कपमा शनिबार २ खेल सम्पन्न भएको छ । शनिबारको खेलमा मछिन्द्र क्लव काठमाडौं र टोखा भगवती क्लव काठमाडौं विजयी भई क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
खेल पहिलो हाफमा लाली गुराँस युवा क्लवका बिदेशी खेलाडी ग्लोरिले टिमलाई गोल दिलाएका थिए भने खेलको दोस्रो हाफ सुरु भएपछि प्रतिद्वन्दी मछिन्द्र क्लवका अनिल राना मगरले गोल फर्काएपछि खेल बराबरीमा टुङ्गियो र ट्राईबेकरबाट ७ का विरुद्ध ८ गोल गर्दै मछिन्द्र क्लव काठमाडौ विजयी भयो । योसगै गतवर्ष त्रिवेणी कपको विजेता लाली गुराँस युवाक्लव भुजुङ त्रिवेणी कपबाट बाहिरिएको छ ।
त्यस्तै दोस्रो खेल ठाडाराई अधिकारी समाज दिहिथोक बेसीशहर लमजुङ र टोखा भगवती फुटवल क्लव काठमाडौ विच भएको खेलमा १ का बिरुद्ध २ गोल गर्दै टोखा भगवती विजयी भएको छ ।
खेल सुरुको ३ मिनेटमै टोखा भगवतीका रिचार्ड अवेकले गोल गरे भने त्यस लगत्तै पाचौं मिनेटमा ठडाराई अधिकारीका हेन्ड्रीले गोल गरी खेललाई बराबरी बनाए । निकै प्रतिश्पर्धात्मक रहेको खेलको दोस्रो हाफमा टोखा भगवतीका निशान्त माझिले गोल गरेपछि टोखा भगवती विजयी भयको हो ।
शुक्रबार त्रिभुवन आर्मी फुटवल क्लव काठमाडौं विजय भैसकेको छ ।
आईतबारको पहिलो खेल आयोजक त्रिवेणी युवाक्लव बेसीशहर र सुन्दरबजार फुटबल फुटवल क्लव सुन्दरबजार लमजुङ विच हुने छ भने दोस्रो खेल चामे युवाक्लव मनाङ र एन. आर. टि.फुटवल क्लव काठमाडांै विच हुने छ ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कपमा पहिलो हुनले टिमले १२ लाख रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगितामा उपविजेता (दोस्रो पुरस्कार) लाई ६ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सेमीफाइनलमा पुगेर पराजित २ टीमलाई २्२ लाख रुपैयाँ दिइने भएको छ । अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५्२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । क्वाटर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।
त्रिवेणी युवा क्लबको आयोजना भयको प्रतियोगितामा १६ टिम सहभागी भएका छन् ।