आयोजक त्रिवेणी युवाक्लव र एन आर. टि. फुटवल क्लव क्वाटरफाइनलमा प्रवेश

-


     भरत बाबु घिमिरे     
     पौष १४ गते २०८१ मा प्रकाशित


लमजुङको सदरमुकाम बेसीशहरमा जारीे त्रिवेणी कपमा आईतबार आयोजक त्रिवेणी युवाक्लव र .एन आर. टि. (न्यू रोड) फुटवल क्लव काठमाडौ विजयी हुदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आजको पहिलो खेल आयोजक त्रिवेणी युवाक्लव बेसीशहरले शुन्यका विरुद्ध २ गोल गर्दै सुन्दरबजार फुटबल क्लव सुन्दरबजार लमजुङलाई हराएको छ । घरेलु मैदानमा खेल्दै त्रिवेणी युवाक्लवका सवि गुरुङले दोस्रो हाफ सुरु भएको १४ औं मिनेटमा र २७ औं मिनेटमा लगातार २ गोल गरेपछि सुन्दरबजारले पराजय भोग्नु पर्यो ।

त्यस्तै दोस्रो खेल चामे युवाक्लव मनाङ र एन. आर. टि. (न्यू रोड ) फुटवल क्लव काठमाडांै विच भएको थियो । निर्धारित समयमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरबाट ४ का विरुद्ध ५ गोल गर्दै एन. आर. टि. (न्यू रोड ) फुटवल क्लव काठमाडांै विजयी भएको हो ।

भोली पुस १५ गते सामाना युवाक्लव तुरतुरे तनुहँ र ए.पि.एफ फुटबल क्लव काठमाडौं विच हुने छ ।

जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कपमा पहिलो हुनले टिमले १२ लाख रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगितामा उपविजेता (दोस्रो पुरस्कार) लाई ६ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सेमीफाइनलमा पुगेर पराजित २ टीमलाई २्२ लाख रुपैयाँ दिइने भएको छ । अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५्२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । क्वाटर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।

त्रिवेणी युवा क्लबको आयोजना भयको प्रतियोगितामा १६ टिम सहभागी भएका छन् ।