बालिका अपहरण गरी भारत लैजादै गर्दा २ जना भारतिय पक्राउ

-


     सृजना बराल     
     पौष १६ गते २०८१ मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ मा बसोबास गर्ने एक बालिकालाई अपहरण गरी भारत तर्फ लैजाने क्रममा २ जना भारतिय नागरिकलाई प्रकाउ गरिएको छ ।

बेसीशहर की १४ बर्षिय ३८(११) कुमारीलाई भारत तर्फ लैजादै गर्दा नर्गेश खान र उनकी ४० बर्षिय पत्नी सेख सईतुलालाई नेपाल भारत सिमानामा पक्राउ गरेको हो ।

भारतको मोतिहारी जिल्ला घोडासान थाना बकुलिया ५ घर भई हाल लमजुङको बेसीशहर वडा नं ७ मा बस्दै आएका दम्पतीले बालिकालाई प्रलोभनमा पारेर ललाई फकाइ अपहरण गरेर लगेको जिल्ला प्रहरी कार्यलय लमजुङका प्रमुख निशान्त श्रीवास्तवले बताउनुभयो ।

गत मंसिर २४ गतेबाट हराएकी बालिकालाई बन्धक बनाई राखेको अवस्थामा नेपाल भारत सिमानामा प्रहरीले पुस १५ गते पक्राउ गरेको थियो । पक्राउ परी जिल्ला प्रहरी कार्यालय लमजुङ ल्याइएपछि बालिकालाई परिवारको जिम्मा लगाईएको छ भने अपहरण गर्ने २ जना विरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धि कसुर मुद्धामा लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । उनीहरुको साथमा छोरा समेत भएको बालक भएको कारण रउसको कुनै विवरण नखुलाईएको प्रहरीको भनाई छ ।