जनकल्याण माविको वार्षिकोत्सवमा विद्यार्थीहरुद्धारा पञ्चेबाजा बजाई प्रभातफेरी

-


     सृजना बराल    
     पौष ८ गते २०८१ मा प्रकाशित


लमजुङको जिल्लाको बेसीशहर नगरपालिका वडा नं १ मा रहेको जनकल्याण माध्यमिक विद्यालयको ७३ औं बार्षिक उत्सवत तथा ४५ औं अभिभावक दिवशको अवसरमा विद्यार्थीहरुले पञ्चेबाजा बजाएर देखाएका छन् । सोमबार विद्यालयको परिषरमा आयोजित कार्यक्रममा आधारभूत तहमा अध्ययनरत बालबालिकाहरुले पञ्चेबाजा सहित झाँकी प्रस्तुत गरेका हुन् ।

विद्यार्थीहरुलाई पढाईसगै बाजा बजाउने सिप पनि सिकाईको र उनीहरुले सिकेको सिपलाई वार्षिकोत्सवमा प्रर्दशन गरिएको विद्यालयलका प्र.अ सूर्य बहादुर अधिकारीले बताउनुभयो ।

कार्यक्रममा बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालको प्रमुख आतित्थ्यता तथा उपप्रमुख पद्मा गुरुङको विषेश आतित्थ्यता रहेको थियो ।

विद्यालयक प्रधानाध्यापक सूर्य बहादुर अधिकारीले विद्यालयको विद्यालयका गतिविधी, समस्या, चुनौती र भावी लक्ष्य तथा योजना समेटिएको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा शिक्षक गोविन्दप्रसाद अधिकारीले १ करोड ८४ लाख बराबरको आयव्यय रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष तथा सल्लाहकार कृष्णप्रसाद अधिकारी, वडा नं १ का अध्यक्ष दुर्गाबहादुर बुढाथोकी, अक्षयकोषदाता हरीप्रसाद अधिकारी, भक्ति नमुन माविका शिक्षक नवराज अधिकारी, विद्यालयका सल्लाहकार बलराम श्रेष्ठ, संघ संस्थाको तर्फबाट शोभा खवास, विद्यार्थीहरु यसुफ गुरुङ र सलिना मोक्तान लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका विभिन्न शिक्षक, विद्यार्थी, तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो । जसमा वर्ष उत्कृष्ट शिक्षकहरुमा बद्रीनाथ खनाल, कृष्णचन्द्र पौडेल र सीता अधिकारीलाई सम्मान गरिएको छ भने वर्ष उत्कृष्ट अभिभावकहरुमा लक्ष्मी सेढाई र विष्णु बहादुर पाण्डेलाई सम्मान गरिएको छ ।

त्यस्तै एस ई.ई. र कक्षा १२ मा उत्कृष्ट नजीजा ल्याउने विषयगत शिक्षकहरु क्रमश पुरुषोत्तम अधिकारी र क्षितिज अधिकारी त्यस्तै वर्ष उत्कृष्ट विद्यार्थीमा कक्षा १० की छात्रा अनुपा जोसीलाई सम्मान गरिएको छ । यसैगरी यसवर्ष विद्यालयबाट एस ई.ई मा उत्कृष्ट ३.६५ जिपिए ल्याउने अन्सु विष्ट र कक्षा १२ मा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय तर्फ उत्कृष्ट जिपिए ल्याउने सुवास श्रेष्ठलाई प्रतिव्यक्ति नगद रु ५ हजार ५ सय ५५ रुपैया सम्मान सहित पुरस्कार दिइएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमका साथै पिटी प्रर्दशन गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संकर पन्तको अध्यक्षतामा भएको थियो ।

स्वागत मन्तव्य माध्यमिक तहका इन्चार्ज रामप्रसाद अधिकारीले गर्नुभएको थियो भने सहजीकरण शिक्षक बद्री नाथ खनालले गर्नुभएको थियो ।