
३२ औं त्रिवेणी कप फुटवल प्रतियोगगिताको गण्डकी प्रदेशका वन तथा बाताबरण मन्त्री भेषबहादुर पौडेलले उद्घाटन गर्नु भयको छ । शुक्रबार लमजुङको सदरमुकाम बेसिशहर स्थित सहजीमा रहेको त्रिबेणी रङ्गशालामा रेफ्रिलाई बल हस्तान्तरण गर्दै मन्त्री पौडेलले त्रिवेणी कपको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा त्रिवणी क्लवका पुर्र्व अध्यक्ष समेत रहेका मन्त्री पौडेलले तीन दशक देखि लगातार एउटै प्रतियोगिता हुनु निकै ठुलो कुरा भयको र सुरुका दिनमा कुखुराको भालेबाट सुरु भएको पुरस्कार हाल १२ लाख ठुलो राशी भएको बताउनुभयो ।

उद्घघाटन पछि पहिलो खेल लाङ्दी देवि युवा क्लव नाल्मा र त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं विच भएको छ ।
खेलमा पहिलो हाफ सम्म दुवै तर्फबाट कुनै गोल हुन सकेन । दोस्रो हाफ सुरु भएपछि लाङ्दी देवि युवा क्लव नाल्मालाई शुन्यका विरुद्ध २ गोलले हराउँदै त्रिभुवन आर्मी फुटवल क्लवले विजयको सुरुवात गरेको छ ।

शनिबारको पहिलो खेल लालीगुराँस युवा क्लव भुजुङ लमजुङ र मछिन्द्र क्लव काठमाडौं विच हुने छ भने दोस्रो खेल ठाडाराई अधिकारी समाज दिहिथोक बेसीशहर लमजुङ र टोखा भगवती फुटवल क्लव विच हुने छ ।
जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको त्रिवेणी कपमा यो वर्ष फेरि ४ लाख रुपैयाँ थप गरि १२ लाख रुपैयाँ बनाइएको छ ।
प्रतियोगितामा उपविजेता (दोस्रो पुरस्कार) लाई ६ लाख रुपैयाँ, रजतपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगितामा सेमीफाइनलमा पुगेर पराजित २ टीमलाई २\२ लाख रुपैयाँ दिइने भएको छ । अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र, सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई २५\२५ हजार रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । क्वाटर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ दि म्याच प्रदान गरिने आयोजकले जनाएको छ ।

क्वाटरफाइनलबाट आमन्त्रित टीम सहभागी हुने र यसमा विभागीय समेतको नेपालका ‘ए’ डिभिजनका टीमहरु सहभागि हुने आयोजकले जनाएको छ ।
राष्ट्रिय देखि अन्तर्राष्ट्रिय खेलाडीहरु समेतको उपस्थिती रहेको त्रिवेणी कपमा उद्घाटको पहिलो दिनमा नै हजारौं दर्शकको उपस्थिति रहेको थियो । मैदान परिषरमा १० हजार जनाले हेर्न मिल्ने अस्थायी प्याराफिट निर्माण गरिएको छ ।
उद्घाटन कार्यक्रम आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा भएको थियो । प्रतियोगितामा १६ टिम सहभागी भएका छन् ।