राष्ट्रिय

काठमाडौंको घर बेचेर गाउँमा लगानी

पछिल्लो समय गाउँमा भएको घर खेतहरु बेचेर काठमाडौं, पोखरा तथा चितवन लगायतका ठाउँहरुमा बसाईसराई गर्नेको जमात बढ्दै गैरहेको छ । विस्तारै गाउँघर खाली हुदैँ जानथालेका छन् । तर २ दशक अघिदेखि काठमाडौंमा सुविधा सम्पन्न घर बनाएर बसोबास गर्दै गरेका व्यक्तिले आफ्नो घर बेचेर गाउँमा नै लगानी गरेको छ भनेको सुन्दा भने नौलो नै लाग्न सक्छ । यस्तै मध्येकी एक हुन् गिता अधिकारी पाण्डे । लमजुङ र तनहुँ जिल्लाको सिमाना नजिकै अर्चलधाराबाट करिव १ किलोमिटर माथि उहाँले ग्रिन हिमालय फार्म स्टे… पुरा पढौ

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यतालाई अर्घ दिइयो

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यतालाई अर्घ दिइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरू अहिले छठघाटमै पूजा आराधना गरिरहेका छन् । व्रतालुहरूले आज पोखरी तथा नदी किनारमा बनाइएका छठघाटमै रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिनेछन् । उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा शख्खर… पुरा पढौ

हिमालपारीको जिल्ला मनाङमा पर्यटकको घुँइचो

यतिबेला हिमाल पारीको जिल्ला मनाङ, मुस्ताङ लगायतका ठाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।लमजुङको बेसीशहर हुँदै हिमाली जिल्ला मनाङ भएर जाने चक्रिय अन्नपूर्ण पदमार्गको भ्रमण गर्ने आन्तरिक तथा विदेशी पर्यटकको आगमन यतिवेला ह्वात्तै बढेको छ । तिहारको विदा अघि र पछि मात्रै दैनिक हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु मनाङ पुगेका छन् ।दशैँ, तिहार, छठलगायत चाडपर्वको लामो बिदामा विद्यार्थी, युवा, कर्मचारी, बैंक तथा वित्तीय संस्था र चाडपर्व मनाउन विदेशबाट जन्मथलो आएकाको रोजाइमा हिमाली जिल्लाहरु पर्ने गरेका छन् ।… पुरा पढौ

वंशावली खोज्न धादिङका दनैहरु लमजुङमा

आफ्नो वंशावली खोज्न धादिङ जिल्लाका दनैहरु लमजुङ आएका छन् । आफ्ना पुर्खाहरुको बारेमा बुझ्न दनैहरुको बसोबास रहेको लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ दनाई गाउँमा धादिङका दनाईहरु आएका हुन् । कार्तिक ८ गते पहिलो दिनको छलफल कार्यक्रम बेसीशहरको करपुरेश्वर पार्कमा र दोश्रो दिन ९ गतेको कार्यक्रम दनाई गाउँमा भएको हो । धादिङ र लमजुङका दनाईहरुको भेलाले वंशवली बारे छलफल गरी भावी दिनमा सम्पूर्ण दनाई समाजको सम्बन्ध प्रगाढ बनाउदै नेपाल भरी छरिएका दनाई वन्धुहरूको खोजी गरी राष्ट्रिय भेला गराउने निर्णय गरेको… पुरा पढौ

बालकल्याण माविको स्वर्ण महोत्सवको तयारी तिब्र, हालसम्म १९ लाख संकलन

लमजुङको बेसीशहर नगरपालिका–२, भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयको आगामी पौष २५ गते मनाउन लागिएको स्वर्ण महोत्सवका अवसरमा आयोजना गरिएको स्वर्ण कोषका लागि हालसम्म नगद १२ लाख ६५ हजार र सहयोग प्राप्त भएको छ । त्यस्तैगरी करिव ७ लाख रुपैँया स्वर्ण महोत्सवसम्म सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाउने समेतगरी करिब १९ लाख संकलन भएको छ । हालसम्म सबैभन्दा धेरै बेसीशहर नगरपालिका–२, भकुण्डे निवासी विद्यालयका संस्थापक तथा आर्थिक संकलन उपसमितिका संयोजक कोषलेन्द्र कंडेलले दुई लाख ११ हजार एक सय ११ रुपैया सहयोग गर्नु… पुरा पढौ

प्रदेश अस्पताल लमजुङमा विरामीको चाप बढ्दो

प्रदेश अस्पताल लमजुङमा यतिबेला विरामीको चाप ह्वातै बढ्को छ । अस्पतालले विभिन्न सेवाहरु थप गरेपछि जिल्ला बाहिर जाने विरामीको संख्यामा कमी भई प्रदेश अस्पतालमै बेसीशहरमा विरामीको संख्या बढेको हो । प्रदेश अस्पताल लमजुङले दिनप्रतिदिन आफ्नो सेवाहरु विस्तार गर्दै लगेकाले जिल्ला भित्र र छिमेकी जिल्ला मनाङ, गोर्खा र तनहुँका केही भागका विरामीहरु समेत उपचारको लागि आउने गरेका छन् । गतवर्ष देखि मृगौलाका विरामीहरुलाई डायलासिस सेवा उपलब्ध गराउँदै आएको अस्पतालले एक वर्षको अवधिमा दुर्गम क्षेत्रका नागरिकहरुलाई लक्षित गरी टेलिमेडिसिन सेवा, इन्डस्कोपी सेवा… पुरा पढौ

भाइटीकाको साईत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा

यस वर्षको भाइटीकाको शुभ साइत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। कार्तिक १ गतेदेखि सुरु यमपञ्चक सोही दिन धन त्रयोदशी र धनतेरस पर्व मनाइएको छ । भाइटीकामा ज्येष्ठको क्रमानुसार दाजुभाइलाई टीकाटाला गर्ने परम्परा शास्त्रीय मान्यतामा आधारित छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात तिहार पर्व मनाइन्छ। यस अवधिमा यमदीपदान गरिँदै परिवारका सदस्यहरूको नाम उच्चारण गरेर यमदीप दान गरिन्छ। भने कार्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कार्तिक ३ गते सोमबार… पुरा पढौ

बालकल्याण मावि स्वर्ण महोत्सवको तयारीमा

लमजुङको बेसीसहर नगरपालिका–२, भकुण्डेमा रहेको बालकल्याण माध्यमिक विद्यालयले स्थापनाको ५० वर्ष पुगेको अवसरमा यही पौष २५ गतेसम्म स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ । स्वर्ण महोत्सवको तयारीसँगै विद्यालयले शुक्रबार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी विभिन्न योजना र कार्यक्रमबारे जानकारी दिएको हो । स्वर्ण महोत्सवको तयारी स्वरूप विद्यालयले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं बेसीशहर–२ का वडा अध्यक्ष मदन रानाको संयोजकत्वमा ५ सय ३५ सदस्यीय मूल समारोह समिति, २३ सदस्यीय सल्लाहकार समिति, ३९ सदस्यीय सचिवालय र विभिन्न उपसमितिहरू गठन गरिसकेको छ… पुरा पढौ

लमजुङका किसानहरुलाई अलैंची थन्क्याउने चटारो

लमजुङका अलैंची किसान यतिवेला अलैंची टिप्न ब्यस्त छन् । असोज लागेपछि अलैंची टिप्न योग्य हुुनेभएपछि गाउँभन्दा बाहिर गएर पढ्न र बालबच्चा पढाउन शहर झरेका परिवारका सदस्यहरु पनि अलैंची टिप्न गाउँ गाउँ फर्कीएका छन् । जिल्लाको सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको हो। यतिबेला जिल्लाको छिनखोलाल, बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडा लगायतका ठाउँमा अलैंची टिप्ने व्यस्तता छ। जिल्लामा लगाइएको डम्बरशाही, जिर्मले र साउने जातको अलैंची टिप्न सुरु गरिएको नेपाल अलैंची व्यावसायी महासंघ गण्डकी प्रदेशका… पुरा पढौ

घिमिरे कुलायन मन्दिर मर्मतका लागि सहयोग प्राप्त, कुश्माखर घिमिरेको शालिक निर्माण गरिने

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ देउपुजेमा रहेको घिमिरे बन्धुहरुको घिमिरे कुलदेवता गुठी मन्दिर मर्मतका लागि सहयोग प्राप्त भएको छ । हाल विदेशमा रहनुभएका घिमिरेहरुले कुलायन मन्दिरको संरक्षण तथा मर्मतको लागि सहयोग रकम पठाउनुभएको हो । कुलदेवता मन्दिरका लागि बेसीशहरको वडा नं ३ मा घर भई हाल अमेरिकामा रहनुभएको सोमराज घिमिरेले २ लाख दुई हजार २ सय २२ रुपैँया न्यूजिल्याण्डमा रहनुभएकोे बुद्धिसागर घिमिरेले १ लाख २२ हजार २ सय २२ रुपैँया सहयोग प्रदान गनुभएको छ । सो रकमबाट कुलदेबता गुठी… पुरा पढौ